• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    औषधिको मुल्य वृद्धिमा व्यवसायीको भूमीका छैनः औषधि व्यवसायी संघ

    औषधिको मुल्य वृद्धिमा व्यवसायीको भूमीका छैनः औषधि व्यवसायी संघ

    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    औषधिको मुल्य वृद्धिमा व्यवसायीको भूमीका छैनः औषधि व्यवसायी संघ


    काठमाडौं ।  नेपाल औषधी व्यवसायी संघले औषधिको मुल्य वृद्धिमा संघको कुनै पनि हात नहुने प्रष्ट पारेको छ । 
    आज एक विज्ञप्ती जारी गर्दै संघले संघको तर्फबाट आफूखुसी औषधिको मूल्यवृद्धि नभएको बताएको छ । 
    संघका अध्यक्ष मृगेन्द्र मेएर श्रेष्ठले औषधिको मुख्य वृद्धिमा व्यवसायीको कुनै पनि भूमीका नहुने जानकारी गराउनुभयो । उहाँले केही मिडियाले औषधि वृद्धिमा संघको ठूलो भूमीका रहेको भनि प्रकाशन तथा प्रशारण गरेकोमा त्यसको भत्र्सना गर्नुभयो । 
     संघले विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यमहरुमा औषधिको मूल्यवृद्धि सम्बन्धी समाचारहरु आइरहेको भन्दै त्यसमा औषधी व्यवसायीहरुको समेत नाम जोडिएकोमा संघको गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । 
    संघका अध्यक्ष  श्रेष्ठले औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था भएकोले व्यवसायीहरुले आफूखुसी औषधिको मुल्य तोक्ने अधिकार नहुने बताउनुभयो । उहाँले औषधि ऐन अनुसार हाल देशमा ९६ प्रकारका  औषधिहरुको  मूल्य निर्धारण गरिएको भन्दै नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन रहेको बताउनुभयो । 
    नेपालमा आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनिले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरि आयात गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । विद्यमान कानूनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन तथा प्रसारण भएका समाचारमा सत्यता नभएको संघले जनाएको छ । संघले औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार