• शुक्रबार, ३० असोज २०८३
  • images

    स्वास्थ्य व्यवसायी परिषद् र डेन्टल हाईजेनिस्टबीच सहमति, आन्दोलन फिर्ता

    स्वास्थ्य व्यवसायी परिषद् र डेन्टल हाईजेनिस्टबीच सहमति, आन्दोलन फिर्ता

    बुधबार, वैशाख २ २०८३
    बुधबार, वैशाख २ २०८३
    स्वास्थ्य व्यवसायी परिषद् र डेन्टल हाईजेनिस्टबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौं, २ वैशाख । विभिन्न माग राख्दै आन्दोलनरत डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपाल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच अन्ततः पाँच बुँदे सहमति भएको छ। 

    सहमतिपछि परिषद्का अध्यक्षको कार्यकक्षमा लगाइएको तालाबन्दी खोलिएको छ।

    images

    एसोसिएसनले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले चैत २७ गतेदेखि आन्दोलन सुरु गर्दै परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो। त्यसपछि परिषद्ले चैत ३० गते औपचारिक रूपमा वार्ताका लागि आह्वान गरेको थियो। सोही अनुरूप वैशाख २ गते भएको वार्तामा दुवै पक्षबीच सहमति जुटेको हो।

    सहमति अनुसार, पहिलो बुँदामा उल्लेखित विषय समाधानका लागि परिषद्ले नेपाल मेडिकल काउन्सिलसँग आवश्यक समन्वय गर्ने भएको छ। दोस्रो बुँदासम्बन्धी मागबारे परिषद्ले सार्वजनिक सूचना जारी गरिसकेको र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग पनि आवश्यक पत्राचार गरिएको जनाएको छ।

    त्यस्तै, तेस्रो बुँदाको कार्यान्वयनका लागि सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग समन्वय गर्ने सहमति भएको छ। चौथो बुँदाअनुसार परिषद्का पूर्व रजिस्ट्रारहरू तथा सम्बन्धित विषय समितिको संयुक्त बैठक आयोजना गरिनेछ।

    पाँचौं बुँदाको कार्यान्वयनका लागि गृह मन्त्रालयलाई पत्राचार गरिने र स्वास्थ्य मन्त्रालयलाई बोधार्थ दिइने सहमति गरिएको छ।

    सहमतिपत्रमा एसोसिएसनका अध्यक्ष माइकल देवकोटा र परिषद्का रजिष्ट्रार रविकान्त मिश्रले हस्ताक्षर गरेका छन्। सहमतिसँगै आन्दोलन फिर्ता लिँदै तालाबन्दीसमेत हटाइएको छ।

    Health1-1776257935.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार