भरतपुर, ४ माघ । भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ ।
मन्त्री स्तरीय निर्णय गर्दै डा पौडेललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
उहाँ वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुनुहुन्छ ।
यसअघि समितिको अध्यक्ष राजु पौडेलको कार्यकाल गत पुस ७ गते सकिएपछि डा. ढुण्डीराज पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो ।