काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा नर्सको भूमिका उच्च रहेको बताउनुभएको छ ।

शनिबार स्वास्थ्यमन्त्री पौडेलले कार्डियोथोरासिक भास्कुलर नर्सेज समाज नेपालले आयोजना गरेको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य सेवामा नर्सको भुमिका उच्च रहेको बताउनुभएको हो ।

मन्त्री पौडेलले राज्यले स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमतालाई अभिवृद्धि गर्न लगानी गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले विधागत क्षमता एक–अर्कामा तालिम दिएर विकास गर्नुपर्ने भन्दै जनशक्ति अभाव तथा राज्यको स्वास्थ्य सेवामै थप सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रका विभिन्न विधाका जनशक्तिलाई एक–अर्कोमा क्षमता अभिवृद्धि गर्न जरुरी भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य जनशक्ति योग्य र थप सक्षम हुने कुरा व्यक्तिगत नभई राज्यकै विकास भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नर्सको भूमीका महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सेवामूलक कार्य भएपनि सेवा दिनले गुजारा नै नहुने गरी सेवा दिन नसक्ने बताउनुभयो । यसका लागि थप तीन प्रदेशमा मुटु उपचारसँग सम्बन्धित मेसिन तथा उपचार यन्त्रहरू खरिद गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले राज्य र सरोकारवालाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नयाँ आर्थिक वर्षमा मुटु उपचार केन्द्रहरू विस्तार गर्ने योजना ल्याइएको भन्दै सातै प्रदेशमा विस्तार गरिने जानकारी गराउनुभयो ।

कोर्डियोथोरासिक भास्कुलुर नर्सेज समाजकी अध्यक्ष जमुना ताम्राकार सायमीले विभिन्न सामाजिक सेवाका साथै विशेषगरी मुटुरोगसँग सम्बन्धित उपचारमा नर्सहरूको क्षमता अभिवृद्धिमा कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालमा नर्सहरूले उत्कृष्ट सेवा दिँदै आइरहेको बताउनुभयो । उहाँले मुटुरोग उपचारमा भइरहेका अभ्यास तथा वैज्ञानिक खोजहरूकाबारे जानकारी आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मुटुरोग उपचारमा नर्सहरूको भूमिका बुझाउन पनि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
उहाँले समाज मुटुरोगसँग सम्बन्धित सेवामा कार्यरत तथा त्यस सेवामा अनुभव हासिल गरेका नर्सहरूको संस्था भएको बताउनुभयो । उहाँले
सम्मेलनमा चारसय कार्डियाक नर्सहरुको सहभागिता रहेको छ ।