काठमाडौँ, ४ जेठ । बाल दन्तरोग विशेषज्ञहरुको संस्था ‘नेप्लीज एसोसिएशन अफ पेडियाट्रिक डेन्टीस्ट्री’ को छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेपाल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गत शुक्रबार देखि सुरु भएको सम्मेलन संगै अधिवेशन शनिबार सम्पन्न भएको हो ।
एसोसिएशनका अध्यक्ष प्राडा परजिता दीक्षितले पहिलो दिनको कार्यक्रम नेपाल मेडिकल कलेजमा आयोजना गरिएको थियो । जहाँ पहिलो सत्रमा डा दीपेश प्रजापति र डा उज्ज्वल जोशीले पीजी रेजिडेन्टहरूको लागि कार्यशाला सञ्चालन गर्नुभएको थियो ।
त्यसपछि दोस्रो सत्रमा बाल दन्त चिकित्सासँग सम्बन्धित प्रतिस्पर्धात्मक कार्यपत्र प्रस्तुति गरिएको थियो ।
दोस्रो दिन भने सम्मेलन अरण्य बुटिक होटलमा सम्पन्न भएको थियो । जसमा करिब ५० प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष प्राडा प्रणय शाक्यले गर्नुभयो । उहाँले नेपालको परिदृश्यमा बाल दन्तचिकित्सकको महत्त्वमाथि प्रकाश पार्नुभयो ।
एसोसिएशनकी अध्यक्ष प्राडा दीक्षितले नेपालमा बाल दन्त चिकित्सकहरूको प्रमुख भूमिकामाथि प्रकाश पार्दै सस्थाले बालबालिका र विशेष स्वास्थ्य सेवाको आवश्यकता भएका बालबालिकाको मौखिक स्वास्थ्य आवश्यकताको ख्याल राख्ने कुरामा विश्वास गर्ने बताउनुभयो । प्राडा दीक्षितले नेपालमा विशेष स्वास्थ्य सेवाको आवश्यकता भएका बालबालिकाको मौखिक स्वास्थ्य सेवा व्यवस्थापन गर्न प्रशिक्षित रहेको भन्दै सम्पूर्ण दन्त समुदायलाई हात मिलाएर काम गर्न अनुरोध गर्नुभयो ।
नेपालमा मौखिक स्वास्थ्य समस्याहरूको स्तर बढेको छ । दाँत किरा लाग्ने दर उच्च देखिएको छ। उनले बालबालिकाको सुधारको लागि नेपालका सबै प्रदेशहरूमा बाल दन्त चिकित्सकहरूको दरबन्दी बढाउनु पर्नेमा जोड दिनुभयो ।
सो बीचमा ८ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्ना आठ प्रस्तुति दिएका थिए ।
भारतबाट आएका बाल दन्त चिकित्सकहरू एम्स दिल्लीका डा मोरंकर राहुल र राजस्थानका डा दीपेश प्रजापथले बाल दन्त चिकित्सासँग सम्बन्धित हालसालैका वैज्ञानिक अनुसन्धान र हालसालैका प्रगतिहरूमाथि प्रकाश पार्नुभयो ।
अवनी फाउन्डेसनकी संस्थापक प्रज्ञा प्रधानले नेपालमा अटिजम भएका बालबालिकाका लागि राम्रो वातावरण सिर्जना गर्न काम गरिरहेको भन्दै प्रस्तुति दिनुभयो । उहाँले नेपालमा ९३ मध्ये १ बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर रहेको तथ्य र यी बालबालिकाहरूको राम्रो मौखिक स्वास्थ्य आवश्यकताको महत्त्वमाथि पनि प्रकाश पार्नुभयो । सम्मेलनमा प्राडा सुमन गौतम नेपाल मेडिकल कलेजको कन्जरभेटिभ डेन्टीस्ट्री र एन्डोडोन्टिक्स विभागका प्रमुख, प्राडा पराजीता दीक्षित कान्तिपुर डेन्टल कलेजको बाल दन्तचिकित्सा विभागका प्रमुख प्राडा सुनिता उपाध्याय काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेलको बाल दन्तचिकित्सा विभागका प्रमुख डा अमिता राई पिपुल्स डेन्टल कलेज र डा रसना श्रेष्ठ काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल० ले पनि प्रस्तुति दिनुभयो ।
सो अवसरमा पेपर प्रस्तुतिकरणमा सहभागीमध्ये तीन जना पीजी रेजिडेन्टस्हरुलाई पुरस्कृत गरिएको थियो । पेपर प्रस्तुतिकरणमा प्रथम डा दृष्टि श्रेष्ठ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, दोस्रो डा पूजा सेढाई काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल र तेस्रो डा श्रीजा जोशी पिपुल्स डेन्टल कलेज काठमाडौँ उत्कृष्ट हुनुभयो ।
यसैबीच विश्वविद्यालय परीक्षामा पेडिटारिक डेन्टीस्ट्री (स्नातक कोर्स) विषयमा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई दिईदै आएको एकेडेमिक एक्सिलेन्ट अवार्ड पिपुल्स डेन्टल कलेजकी डा मोनिका कुमालले प्राप्त गर्नुभयो । सो पुरस्कार वीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानकी प्राडा बन्दना कोइरालाले स्थापित गर्नुभएको हो ।
अतिथिहरुलाई सम्मेलन आयोजक समिति अध्यक्ष प्राडा संस्कृति खनालले स्वागत गर्नुभयो । यस्तै आयोजक समिति सचिव डा मेघा प्रधानले धन्यवाद ज्ञापन गर्नुभयो ।