• आइतबार, १ कात्तिक २०८३
  • images

    डेंगु संक्रमित व्यक्तिको मृत्यु

    डेंगु संक्रमित व्यक्तिको मृत्यु

    मंगलबार, साउन २२ २०८१
    मंगलबार, साउन २२ २०८१
    डेंगु संक्रमित व्यक्तिको मृत्यु

    काठमाडौं, २१ साउन । डेंगु संक्रमणबाट तनहुँको दमौलीमा एकजनाको मृत्यु भएको छ। 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले डेंगुबाट तनहुँ  दमौलीका ५० वर्षका  एकजनाको मृत्यु भएको पुष्टि गरे ।

    images


    घिमिरेका अनुसार अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले  तनहुँका ५० वर्षीय  एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको बताए ।

    गत जनावरी देखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ। 


    हालसम्म ५ जिल्लामा एकसय भन्दा बढीमा डेंगु पोजिटिभ आइसकेको महाशाखाको तथ्यांकले देखाउँछ। काठमाडौंमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा डेंगु देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार