• शनिबार, १ कात्तिक २०८३
  • images

    काठमाडौँका तीन जनालाई हैजा देखियो

    काठमाडौँका तीन जनालाई हैजा देखियो

    हैजा पुष्टि हुने संख्या १४ पुग्यो

    आइतबार, साउन १३ २०८१
    आइतबार, साउन १३ २०८१
    काठमाडौँका तीन जनालाई हैजा देखियो

    काठमाडौँ, १३ साउन । काठमाडौँका तीनजना पुरुषमा हैजा देखिएको छ ।

    जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालिमाटी क्षेत्रका तीनजना पुरुषमा जीवाणु देखिएको  हो ।

    images

    जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षत्रका ३ जनालाई हैजा देखिएको बताए ।

    यसअघि ललितपुरमा ७ र कैलालीमा ३ जनामा हैजा देखिएको थियो ।
    ऊनीरूलाई टेकु अस्पतालमा उपचारका लागी भर्ना गरिएको छ ।यस्तै ललितपुरका थप एक जनामा हैजा पुष्टि भएको छ । यसअघि हैजा पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा  उपचार गराइरहेका १६ वर्षीय कशोरकी आमालाई पनि हैजा पुष्टि भएको हो ।

    ललितपुर महालक्ष्मी नगरपालिका लुभुकी ४५ वर्षीया महिला यही साउन ९ गते टेकु अस्पताल भर्ना भएकी थिइन् । आज आएको उनको कल्चरको रिपोर्टमा हैजा पुष्टि भएको अस्पतालका चिकित्सकले जानकारी दिएका हुन्
    अब ललितपुरमा ८ जना , कैलालीमा ३ र काठमाडौंमा ३ गरि १४ जनालाई हैजा  पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार