• आइतबार, २ कात्तिक २०८३
  • images

    ललितपुरमा हैजा फैलियो, १६ वर्षीय बालकमा पुष्टि

    ललितपुरमा हैजा फैलियो, १६ वर्षीय बालकमा पुष्टि

    थप चारजनाको आरडीटी पोजेटिभ

    मंगलबार, साउन ८ २०८१
    मंगलबार, साउन ८ २०८१
    ललितपुरमा हैजा फैलियो,  १६ वर्षीय बालकमा पुष्टि

    काठमाडौँ, ८ साउन । पुर्नस्थापना केन्द्रमा रहेका १६ बर्षिय बालकमा हैजा पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक पुर्नस्थापना केन्द्रका १६ वर्षिय बालकलाई हैजा पुष्टि भएको हो ।
    स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले बालकलाई हैजा पुष्टि भएको जानकारी दिए । उनले जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।  जनस्वास्थ्य कार्यालय प्रमुख पौडेलले पुर्नस्थापना केन्द्रमा रहेका चारजनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको बताए । उनका अनुसार थप कल्चरको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । डा.पौडेलले बाँकी चार जनाको कल्चरको रिपोर्ट आउन समय लाग्ने बताए ।
    उक्त पुर्नस्थापना केन्द्रमा भएका सात जनालाई लक्षण देखिएपछि थप उपचारको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरिएको छ ।
    जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले पुर्नस्थापना केन्द्रमा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ, डा.पौडेलले भने ,“हैजा खानेपानी, खानेकुराबाट फैलिएको हुनसक्छ ।”

    प्रतिक्रिया दिनुहोस
    थप समाचार