• बुधबार, २८ असोज २०८३
  • images

    म्याग्नस फार्माले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

    म्याग्नस फार्माले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

    बुधबार, माघ १७ २०८०
    बुधबार, माघ १७ २०८०
    म्याग्नस फार्माले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

     

    काठमाडौं, १७ माघ । म्याग्नस फार्मा प्रालि कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। 
    द एचआरएम नेपालले  फर्मास्युटिकल विधामा म्याग्नसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित गरेको हो।

    अवार्ड ग्रहण गर्दै म्याग्नस फार्माका म्यानेजिङ डाइरेक्टर सुधीर प्रकाश मास्केले कम्पनीमा काम गर्ने सबैको सामुहीक मिहेनत र निरन्तरको परिश्रमले नै यो अवार्ड पाउन सफल भएको बताए। 


    सन् २००७ मा बाराको जितपुर सिमरामा उद्योग स्थापना गरि २००८ मा उत्पादन शुरु गरेदेखी म्याग्नस फर्मा निरन्तर प्रगती उन्मुख छ।

    म्याग्नस फर्माले नयाँ–नयाँ औषधिहरु नेपालमै उत्पादन गरी देशको औषधिमाथिको परनिर्भरता कम गर्न भूमिका खेल्दै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार