एक करोड ४२ लाख बजेट छुट्याइयो
काठमाडौं, १५ जेठ । सरकारले निःशुल्क स्यानिटरी प्याड खरिदका लागि एक करोड ४२ लाख बजेट विनियोजन गरको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै करिब १० लाख किशोरी लाभान्वित हुनेगरि निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेट विनियोजन गरेको बताउनुभयो ।
त्यस्तै सरकारले डोम, मुसहर लगायत अल्पसंख्यक एवं दलितका लागि चिकित्सा शिक्षा अध्यापन गराउन दिँदै आएको छात्रवृत्तिलाई पनि निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ ।