काठमाडौं, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आज सपथ लिदैहुनुहुन्छ।
सपथपछि उहाँले आजै स्वास्थ्य मन्त्रालयमा गएर पदवहाली पनि आजै गर्नुहुनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको सपथ दिउसो ३ बजे राखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार स्वास्थ्य मन्त्री बस्नेत सहित तीन जना मन्त्रीमा नियुक्त गर्नुभएको थियो।
बस्नेत संगै कांग्रेस उपसभापति धनराज गुरुङ कानुन र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएको थियो।