• शनिबार, १ कात्तिक २०८३
  • images

    युवक युवती मृत फेला

    युवक युवती मृत फेला

    हेल्दीखबर
    शुक्रबार, वैशाख १ २०८०
    हेल्दीखबर
    शुक्रबार, वैशाख १ २०८०
    युवक युवती मृत फेला

     


    दार्चुला १ वैशाख । दार्चुलामा  युवक र युवती मृत फेला परेका छन्। 
    जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३÷२४ वर्षका युवक र युवती  मृत फेला परेका हुन् । 
    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको जानकारी दिदै युवकको शव भिरमा अडकिएको अवस्थामा फेला परेको बताउनुभयो ।
     प्रवक्ता सिंहले युवतीको परिचय खुलेको जानकारी दिदै  मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताउनुभयो । उहाँको शव भन्दा करिब ४०÷५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा रहेको छ।
    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    images

    किशोरको सनाखत हुन सकेको छैन। यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फोन फेला परेको हो। 
     इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार