• बुधबार, २८ असोज २०८३
  • images

    स्वास्थ्य वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन सुरु

    स्वास्थ्य वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन सुरु

    हेल्दीखबर
    मंगलबार, चैत २८ २०७९
    हेल्दीखबर
    मंगलबार, चैत २८ २०७९
    स्वास्थ्य वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन सुरु

    काठमाडौं, २८ चैत। स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन  आजदेखि काठमाडौंमा हुँदैछ । ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ सम्मेलन सुरु हुन लागेको हो ।
    सम्मेलन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजनामा  बुधबारसम्म चल्नेछ ।

    परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनमा एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् । यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ ।

    नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसङ्ख्याविदहरु तथा नीति निर्माणकर्ताहरुलाई सम्लग्न गराई, उनीहरुको विज्ञताको उच्च सम्मान गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनप्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धान सम्बोधन गर्न मार्ग निर्देशन गर्नु सम्मेलनको उद्देश्य रहेको ज्ञवलीले जानकारी  दिनुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार