• आइतबार, १४ भदौ २०८३
  • images

    कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

    कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

    हेल्दीखबर
    शनिबार, साउन १४ २०७९
    हेल्दीखबर
    शनिबार, साउन १४ २०७९
    कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख
    नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरी

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।  यसअघि उहाँको उपचार भारतमा भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार