काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।
भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा हालै आरजुको शल्यक्रिया गरिएको हो। आरजु राणाको पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको बताइएको छ। उहाँले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्राडा हरित चतुर्वेदी र डा कन्किता बत्रा मोदीलाई धन्यबाद दिनुभएको छ ।