• बुधबार, ४ कात्तिक २०८३
  • images

    रेणु दाहालको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिएका छोरीलाई एकलाखको निःशुल्क जीवन बीमा

    रेणु दाहालको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिएका छोरीलाई एकलाखको निःशुल्क जीवन बीमा

    हेल्दीखबर
    बुधबार, जेठ ११ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ ११ २०७९
    रेणु दाहालको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिएका छोरीलाई एकलाखको निःशुल्क जीवन बीमा


    भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको निःशुल्क जीवन बीमा गरिदिने निर्णय गर्नुभएको छ । मेयर दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै  सरकारी स्वास्थ्य संस्था या सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गर्नुभएको हो । मेयर दाहालले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने  निर्णय गर्नुभएको छ ।  त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार