काठमाडौ । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले उपलब्ध गराउने फाइजर खोप कार्तिक सोमबार आइपुग्ने छ ।
यो खोप १२ देखि १८ वर्षसम्मका बालबालिकाहरुले समेत लगाउन मिल्छ ।
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराउन लागेको हो ।खोप शाखा प्रमुख सागर दाहालले गाभीले एक लाख डोज खोप उपलब्ध गराउन लागेको बताउनुभयो ।
उक्त खोप कुन समूहलाई दिने भन्ने अहिले सम्म निश्चित छैन । तर सरकारले माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकोले अस्पतालमा गम्भीर बिरामीहरुलाई लगाउने बताएको थियो । फाइजरको खोपको गाइडलाइन समेत हालसम्म बनेको छैन ।
उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।