• सोमबार, १५ भदौ २०८३
  • images

    कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा   डा. चन्द्रभाल झा नियुक्त

    कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा   डा. चन्द्रभाल झा नियुक्त

    शुक्रबार, जेठ २९ २०८३
    शुक्रबार, जेठ २९ २०८३
    कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा   डा. चन्द्रभाल झा नियुक्त

    काठमाडौं, २९ जेठ । विराटनगरस्थित कोशी अस्पतालको नेतृत्व फेरि परिवर्तन गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. चन्द्रभाल झालाई अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त गरिएको छ। 
    मन्त्रालयले उहाँलाई अस्पतालको समग्र प्रशासनिक, आर्थिक तथा प्राविधिक नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो।

    डा. झा कोशी अस्पतालमा ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्टका रूपमा कार्यरत रहँदै आउनुभएको छ। 
    उहाँ लामो समयदेखि पूर्वी नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह, अस्पताल व्यवस्थापन तथा चिकित्सकीय नेतृत्वमा सक्रिय रहनुभएको छ ।

     यसअघि पनि उहाँले कोशी अस्पतालको नेतृत्व सम्हालिसक्नुभएको थियो। २०८० साल असारमा स्वास्थ्य मन्त्रालयले उहाँलाई पहिलोपटक कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको थियो।

    स्वास्थ्य मन्त्रालयका अनुसार डा. झालाई अस्पताल सञ्चालनसँग सम्बन्धित आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रदान गरेको छ।
     कोशी अस्पतालको नेतृत्व सम्हाल्नुअघि उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत रहनुभएको थियो। यस्तै उहाँले सिन्धुपाल्चोकस्थित चौतारा अस्पताल तथा धादिङ अस्पतालमा समेत नेतृत्वमा बसेर काम गर्नुभएको थियो ।


    विराटनगरस्थित कोशी अस्पतालले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभालगायत जिल्लाका हजारौँ बिरामीलाई दैनिक रूपमा सेवा प्रदान गर्दै आएको छ। 

    नवनियुक्त मेसु डा. झाले अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउँदै नागरिकको विश्वास थप मजबुत बनाउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार