काठमाडौं,६ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा विकास गौचनले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।
डा गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट हुनुभएको छ ।
उक्त अवाडसँगै डा गौचनले ३५ सय अमेरिकन डलर ग्रान्टको पुरस्कार राशी प्राप्त गर्नुहुनेछ ।
उहाँ हाल प्रतिष्ठानमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभागमा प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।
डा गौचनले स्वास्थ्य क्षेत्रको प्रणाली सुधारको लागि प्राथमिक उपचारमा सरकारले नै नीति निर्माणमा ध्यान दिएर स्वास्थ्य बीमा बलियो र सबैको पहुँचमा विस्तार गर्न एमडीजीपी विशेषज्ञ चिकित्सकहरुको स्थायी दरबन्दी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राथमिक र इमरजेन्सी चिकित्सा प्रणाली सुधार गरेर स्वास्थ्यमा व्यक्तिगत खर्चको भरमा कमी ल्याउनु नै अहिलेको स्वास्थ्यको प्राथमिकता हुनुपर्ने उनले बताउनुभयो ।
विश्वभरीका एमडीजीपी चिकित्सकहरुको संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का) को दक्षिण एसियाको कार्यकारिणी समितिको कोषाध्यक्ष, विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल) दक्षिण एसिया तर्फको सहअध्यक्ष, वन्का लेखा समिति सदस्य र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सक संघ नेपालका महासचिव समेत हुनुहुन्छ ।