• शुक्रबार, ३० असोज २०८३
  • images

    चितवनमा देउराली जनताको छुट्टै कम्पनी निर्माण हुँदै, ४७५ करोड लगानी 

    चितवनमा देउराली जनताको छुट्टै कम्पनी निर्माण हुँदै, ४७५ करोड लगानी 

    ५५० जनालाई प्रतक्ष रोजगारी

    मंगलबार, माघ २० २०८२
    मंगलबार, माघ २० २०८२
    चितवनमा देउराली जनताको छुट्टै कम्पनी निर्माण हुँदै, ४७५ करोड लगानी 

    काठमाडौँ, २० माघ । देउराली जनता फर्मास्युटिकल्स प्रालिले ४७५ करोड लगानीमा चितवनमा छुट्टै औषधि कम्पनी सञ्चालनमा आउँदैछ । 
    आगामी दुई वर्षभित्र कम्पनीले भवन निर्माण सम्पन्न गरी औषधि उत्पादन गर्ने छ ।  
    मङ्गलबार कम्पनीको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरीभक्त शर्माले चितवनमा स्थापना गर्न लागेको कम्पनीले कम्त्तिमा ५५० जना जनशक्तिलाई प्रतक्ष रोजगार दिने बताउनुभयो । 

    djpl press.jfif

    images

    उहाँले कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरु र विभिन्न दिर्घ रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्युड तथा पाउडरको उत्पादन गर्ने बताउनुभयो । कम्पनीले २९६ प्रकारका जीवन रक्षक औषधिहरु उत्पादन तथा अनुसन्धान गर्ने जानकारी दिदै उहाँले उत्पादित औषधिको गुणस्तर कायम गर्ने तथा अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न कारखाना निर्माण गरि अन्तर्राष्ट्रिय स्तरमा समेत निर्यात गर्ने लक्ष्य लिइएको बताउनुभयो ।  विश्वका विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहमा कार्यरत ६७५ जना जनशक्तिलाई हाल प्रतक्ष रोजगारी दिएको उहाँको भनाइ छ । अध्यक्ष शर्माले कर्मचारी सिप, परिश्रम र नवीन सोचले नै देउराली–जनता फर्मास्युटिकल्सलाई हरेक नेपालीको विश्वास रहेको बताउनुभयो । 

    अध्यक्ष शर्माले देउराली–जनता फर्मास्यूटिकल्सले विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित रहदै आएको उल्लेख गर्नुभयो । 
    उहाँले नेपालकै अग्रणी औषधि उद्योगका रूपमा स्थापित रहँदै आएको जानकारी दिनुभयो । 
    कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने आफ्नो उदेश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नेतर्फ अग्रसर रहेको बताउनुभयो । 

    उहाँले विगतका अनुभवको उपयोग गर्दै औषधिको गुणात्मक स्तरवृद्धि गरी राष्ट्रलाई औषधिमा आत्मनिर्भर बनाउन योगदान गर्न हामी संकल्प बोकेर लागि परेको बताउनुभयो । 
    अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक नयाँ कारखाना निर्माण गर्न लागेका छौँ,देउराली जनता फर्मास्युटिकल्सका अध्यक्ष शर्माले भन्नुभयो,“प्रस्तावित नयाँ कारखाना दुई वर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य राखिएको छ ।” 
    उहाँले देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सयौं औषधिहरु नेपालमा पहिलो पटक विकास र उत्पादन गरि सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको दाबी गर्नुभयो । 
    कम्पनीका निर्देशक आयुशभक्त पौडेलले कम्पनीले सुस्वास्थ्य, आरोग्य, निरोग, दिव्यम, आरम्भ लगायतका डिभजनको स्थापना गरी औषधि उत्पादन गर्दै आएको बताउनुभयो । निर्देशक शर्माले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अन्तर्राष्ट्रियस्तरको कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिन जिएमपी प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीको रुपमा परिचित रहेको बताउनुभयो । 

    देउराली जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित भएको बताउनुभयो । 
    उहाँले कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने प्रमाणीकरणहरु कम्पनीले पुरा गरेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार