• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्य  मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    स्वास्थ्य  मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    आइतबार, कात्तिक २ २०८२
    आइतबार, कात्तिक २ २०८२
    स्वास्थ्य  मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,२ कार्तिक  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त  सचिव डा. संगीता कौशल मिश्रन विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


    स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उहाँमाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो ।

    images

    अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले मिश्रासहित १५ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो।

    स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप मिश्रामाथि छ।

     उहाँको केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्न सिफारिस समेत भइसकेको थियो ।
    डा मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।


    उहाँ स्वास्थ्य सचिवको आकांक्षी समेत हुनुहुन्थ्यो  ।

    जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उहाँ  मन्त्रालय जान थाल्नुभएको थियो ।
      स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उहाँले राजीनामा दिनुभएको थियो ।

    यस्तो छ आरोपपत्र:

     

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार