• आइतबार, २ कात्तिक २०८३
  • images

    जुम्लामा पुगेर प्रेमसागरले गरे  १८० औँ पटक रक्तदान

    जुम्लामा पुगेर प्रेमसागरले गरे  १८० औँ पटक रक्तदान

    शनिबार, कात्तिक ३ २०८१
    शनिबार, कात्तिक ३ २०८१
    जुम्लामा पुगेर प्रेमसागरले गरे  १८० औँ पटक रक्तदान


    काठमाडौँ, ३ कात्तिक । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं नेपालकै सबैभन्दा बढी पटक रक्तदान गरी रेकर्ड राख्दै आएका प्रेमसागर कर्माचार्यले १८० औं पटक रक्तदान गरेका छन् ।
     शुक्रबार उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आफ्नो १८०औं पटकको रक्तदान गरेका हुन् ।

    कर्माचार्यले रक्तदान गर्ने भावना सबैमा जागोस भन्ने सन्देश दिनका लागि आफू हरेक तीन तीन महिनामा विभिन्न जिल्लामा पुगेर रक्तदान गर्दै आएको बताएका छन् । यसपटक आफुले कर्णालीको जुम्ला जिल्ला १८०औं पटकको रक्तदान गर्ने मौका प्राप्त गरेको बताए । उनी भन्छन्, ‘मेरो यो रक्तदानले जुम्ला जिल्लाका यूवाहरुमा पनि रक्तदान गर्ने भावना उत्प्रेरित हुनेछ भन्ने विश्वास लिएको छु ।’

    images


    रक्तदान पश्चात कर्माचार्यले रक्तदाताले दानमा दिएको रगत बिरामीलाई सरकारले निशुल्क उपलब्ध गराउँनु पर्ने बताउँदै त्यसका लागि संस्थागत रुपमा नै लागि परेको बताए । उनी भन्छन्, ‘हामी रगतको अभावमा कसैले ज्यान गुमाउँन नपरोस् भन्दै संस्थागतरुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट विभिन्न जिल्लामा संगठित भइ रक्तदान गर्न उत्प्रेरित गर्दै आइरहेका छौँ ।’ 

    कर्माचार्यले आफू १६ वर्षको उमेरदेखि रक्तदान सुरु गरेको बताउँदै हरेक वडा तथा पालिकाहरुमा रक्तदाताहरु जन्माउनकालागि आफूहरु लागि परेको बताए ।

    उनले जुम्लामा स्वयंसेवी रक्तदाताहरुको संख्या मनग्ये रहेको भन्दै यसको व्यवस्थापन मुख्य कुरो रहेको बताए । उनले आफू त्यसैले पनि जुम्लासम्म आएर रक्तदान गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको ४० औं जिल्ला शाखा गठन गर्ने प्रकृयामा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार