• बिहीबार , २९ असोज २०८३
  • images
    images

    रेडक्रसले रगतमाथि भ्रष्टाचार गर्‍योः डा. तोसिमा कार्की

    रेडक्रसले रगतमाथि भ्रष्टाचार गर्‍योः डा. तोसिमा कार्की

    मंगलबार, साउन २२ २०८१
    मंगलबार, साउन २२ २०८१
    रेडक्रसले रगतमाथि भ्रष्टाचार गर्‍योः डा. तोसिमा कार्की


    काठमाडौँ, २२ साउन । रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार गरेको आरोप लगाएकी छन् । 
    उनले रगतमाथिको रेडक्रसले अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। 
    मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डा काकीले विगत ६० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी देशभरि नै रगत वितरण गर्दै आइरहेको संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्नु दुखद भएको बताएकी हुन्।  
    समाज कल्याण परिषद्मा नेपाल रेडक्रस विरुद्धमा परेका उजुरीका आधारमा अनियमितता भएको देखिएको छ। छानबिन समितिको प्रतिवेदन अनुसार नेपाल रेडक्रसमा रगत संकलनदेखि भण्डारसम्ममा अनियमितता, मापदण्ड पुरा नगरिएको तथा कम गुणस्तरको रगत वितरण भएको तथ्य सार्वजनिक भएको थियो, तर समितिले प्रतिवेदन सार्वजनिक गरेको महिना दिन बित्दासमेत  रेडक्रसमाथि कारबाही हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन्। 
    उनले भनिन् ’रगतको आवश्यकता हुँदा जोसुकैको दिमाखमा आउने संस्था भ्रष्टाचारमा चुर्लम्म डुब्दा निक्कै दुख लागेको छ,रगतमाथिको भ्रष्टाचारलाई के भन्ने यो मानव स्वास्थ्यमाथिको अक्षम्य अपराध हो।’
    स्वास्थ्य तथा गृह मन्त्रालयलाई नेपाल रेडक्रसलाई कारबाही गर्नु भन्ने पत्र लेखेको एक महिना बितिसक्दा पनि रगतमाथिको भ्रष्टाचारमा किन सरकार संवेदनशील हुन नसकेको भन्दै उनले प्रश्न गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार