काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले १२ औँ तहमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । डा बराकोटी मेची अस्पतालमा कार्यरत हुनुहुन्छ भने डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रायको समन्वय महाशाखामा कार्यरत हुनुहुन्छ । उमेर हदका कारण गत २ माघमा अवकाश हुनुभएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान रिक्त रहेको छ । सो स्थानमा बढुवा गर्नका लागि गत ६ मन्त्रालयले सूचना प्रकाशित गरेको थियो ।
अब जना मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा सिफारिस गर्ने छ।स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ ।