सर्ने रोग्

छ हजार पाँच सयले जेते कोरोना

काठमाडौं, २१ असार  ।    हालसम्म नेपालमा छ हजार ५४७ जनाले  कोरोना जितेर डिस्चार्ज हुनुभएको छ ।    आज मात्र एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । यस्तै  पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् । क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।

ढलको पानीबाट कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय

  काठमाडौं,२१ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण नफैलने बताएको छ।  मन्त्रालयले हालसम्म ढलको पानी बाट कोरोना सरेको पुष्टि नभएको जनाएको छ । प्रवक्ता गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको बताउनुभयो ।उहाँका  अनुसार फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा कोरोना भइरस केही दिनसम्म जीवित रहन सक्ने भएकाले त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले कोरोना संक्रमणबाट गोरखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले गोरखामा १९ असारमा पालुङटार घर भएका ४४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिदै उहाँ मधुमेहको दीर्घरोगी बिरामी भएको बताउनुभयो । उहाँलाई निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको थियो । त्यही क्रममा मृत्यु भएको हो । प्रवक्ता डा. गौतमले रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । उहाँ क्षयरोगको बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए (विवरण सहित)

काठमाडौ , २० असार । नेपालमा थप २३२ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । नेपालका २३ वटा प्रयोगशाला ४ हजार ५० जनाको पिसिआर परीक्षण गर्दा २३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । डा. गौतमले पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएको बताउनुभयो । उहाँले अहिलेसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ जना पुगेको जानकारी दिनुभयो । डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११४ जना, संक्रमित भएका छन् । अछामका ३७ जना, डडेल्धुराका ३ जना, डोटीका ३ जना, गुल्मीका ९ जना, कन्चनपुरका ६ जना, नवलपरासीका ४ जना, पाल्पाका १६ जना, प्यूठानका ६ जना, रुपन्देहीका ४ जना, सर्लाहीका १६ जना र सिन्धुपाल्चोकका १२ जना संक्रमित भएको हुन् । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ जना, सिरहाका ६ जना, कोशी…

तीन महिनामा १४ हजार ६ सय ६२ जनालाई डेंगु

काठमाडौं,कार्तिक २२ । साउनयता मुलुकभर १४ हजार ६६२ जना डेंगुबाट संक्रमित भएका छन्। साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक बुधबार सार्वजनिक गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिस डेंगुबाट संक्रमित भएको जनाएको हो। महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा एक हजार २४६ जनामा डेंगु देखिएको छ। प्रदेश २ मा २६८, प्रदेश ३ मा सात हजार १५१ र गण्डकी प्रदेशमा तीन हजार ८०७जनामा डेंगु देखिएकाे छ। त्यस्तै प्रदेश ५ मा एक हजार ९७७, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा  १४० जनामा डेंगुको संक्रमण महाशाखले जनाएको छ। महाशाखाका अनुसार यो वर्ष डेंगुका कारण ६ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा दुई जना, सिन्धुपालचोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका हुन्।

६३ जिल्लामा फैलियो स्क्रब टाइफस : यो वर्षमा मात्रै ३ जनाको निधन

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ । स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३०…

डेङ्गुबाट अब स्क्रबटाइफसको प्रकोप बढ्यो

काठमाडौँ,असोज २ ।  पछिल्लो समयमा डेङ्गु का साथै स्क्रबटाइफसले पनि मानिस बिरामी पर्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले स्क्रबटाइफसका कारण ज्वरो आएका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार अहिले औसतमा दैनिक आठ नौ जना स्क्रबटाइफसका बिरामी भेटिने गरेका छन् । डा. पुनले भन्नुभयो, ‘डेङ्गुको आशङ्कामा उपचार गर्न आएकाहरूको जाँच गर्दा स्क्रबटाइफसको सङ्क्रमण देखिएको  ।’ उहाँका अनुसार डेङ्गुका नयाँ बिरामीको फाटफुटबाहेक नियन्त्रण नै भइसकेको छ । डेङ्गुका पुराना बिरामी फलोअपमा आउने क्रम भने बढिरहेको उहाँको भनाइ छ । डा. पुनले स्क्रबटाइफसको छुट्टै परीक्षण टेकु अस्पतालबाहेक अन्य अस्पतालमा खासै नगर्ने गरेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा यसको सङ्क्रमण बढेकाले सबै अस्पतालले पनि डेङ्गुसँगै स्क्रबटाइफसको पनि परीक्षणमा लाग्नु पर्ने बताउनुभयो । स्क्रबटाइफसको सङ्क्रमण पशुमा लाग्ने किर्ना र मुसाबाट मानिसमा हुने सङ्क्रमण हो । सबाट बढी गाउँबस्ती प्रभावित हुने गर्थे तर अहिले काठमाडौँबासीलाई समेत देखिन थालेको भन्दै उहाँले आश्चार्य व्यक्त गर्नुभयो । चिकित्सकका अनुसार ज्वरो आउने, बढी पसिना आउने, टाउको दुख्ने समस्या…

डेंगुका बिरामी उपचार गर्न नर्भिक अस्पतालको छुट्टै कक्ष

काठमाडौं, २७ भदौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले डेंगुका बिरामीको चाप बढेपछि छुट्टै वार्डको व्यवस्था गरेको छ । डेंगुका बिरामीलाई विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । हाल नर्भिक अस्पतालमा १ दर्जन भन्दा बढी डेंगु ज्वरोका बिरामीहरु उपचाररत रहेका छन् । बिरामीको चाप बढ्दो क्रममा रहेका कारण छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेंगु हेल्प डेस्क र बिरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । सहुलियत दर उपलब्धहुने उक्त क्लिनिक÷वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ । डेंगु ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन् । सभामुख महराले भने, “केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।” आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेङ्गु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका थिए । उनीहरुले महामारीको रुपमा फैलिएको भनिएको डेङ्गुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । शून्य पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेङ्गुबारे सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी…

निजी अस्पतालमा समेत बिरामीको चाप बढ्दो, ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु

 काठमाडौँ,२६ भदौ  । सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ । रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । सरुवा रोग अस्पतालमा भीड टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक…

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीका लागि तत्काल समायोजन कार्यान्वयन नहुने (पत्र सहित)

काठमाडौँ, २५ भदौ । डेंगु प्रकोप भएका क्षेत्रमा कार्यरत चिकित्सक , नर्स , पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

भक्तपुरमा डेङ्गुको उच्च जोखिम

भक्तपुर, २५ भदौ । देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए । उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र…

नेकपा नेता वामदेव गौतमलाई डेंगुको संक्रमण

काठमाडौं, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई पनि डेंगुको संक्रमण देखिएको छ ।  सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर परीक्षण गर्दा गौतमलाई डेंगुको संक्रमण देखिएको हो । शनिबारबाट आएको ज्वरो नघटेपछि नेता गौतम चिकित्सकको सल्लाहमा अस्पताल  पुग्नुभएको थियो।

७० हजार व्यक्ति डेंगु संक्रमित

काठमाडौँ, २२ भदौ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ । ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । ‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको हो होइन प्रमाणीकरणको प्रक्रियामा छ । डा. शाहका अनुसार डेंगुको १० प्रतिशत केस मात्र…

टेकुस्थित सरुवा रोग अस्पतालमा मात्र एक हप्तामा १२ सय डेंगु संक्रमित बिरामी

काठमाडौँ, २२ भदौ । वैशाख महिनादेखि धरानबाट फैलिएको डेंगु पछिल्लो समय उपत्यकामा प्रकोपको रुपमा देखा परेको छ । अहिले उपत्यकामा फैलिएको डेङ्गुको प्रकोप महामारीको रुप लिने खतरा बढीरहेको छ । उपत्यकामा दैनिक ५, ६ सय व्यक्तिलाई डेंगु संक्रमण भइरहेको छ । टेकु स्थित सरुवा रोग अस्पतालमा मात्र दैनिक दुइसय जना डेगुका बिरामी संक्रमित भएको पुष्टि हुने गरेकाछन् । एकसाता अघिदेखि काठमाडौँ उपत्यकामा फैलिएको डेङ्गुको प्रकोपबाट टेकु अस्पतालमै १२ सय नयाँ संक्रमित भइसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दैनिक १५० जना देखि तीनसय सम्मलाई डेङ्गु संक्रमित भएको पुष्टि भइरहेको छ । यो संख्या घट्ने भन्दा पनि बढ्ने क्रममा छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कतिपय व्यक्ति उपचारको लागि नीजि अस्पताल पनि गएकाले संक्रमितको संख्या बढ्न सक्ने बताउनुभयो । डेङ्गुको अवस्था भयावह हुदैछ, निर्देशक पाण्डेले भन्नुभयो,“डेङ्गु संक्रमित सबैलाई भर्ना गरेर सम्वभ छैन,–अत्यन्त जटिल किसिमका बिरामीलाई मात्र भर्ना गरेर राखिरहेका छौँ ।” निर्देशक पाण्डेले डेङ्गुका कारण प्लेटलेट्स घटेका,…

1 2 8

भर्खरैको पोष्ट

Sign up for Newsletter !