समाचार

छ हजार पाँच सयले जेते कोरोना

काठमाडौं, २१ असार  ।    हालसम्म नेपालमा छ हजार ५४७ जनाले  कोरोना जितेर डिस्चार्ज हुनुभएको छ ।    आज मात्र एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । यस्तै  पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् । क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।

ढलको पानीबाट कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय

  काठमाडौं,२१ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण नफैलने बताएको छ।  मन्त्रालयले हालसम्म ढलको पानी बाट कोरोना सरेको पुष्टि नभएको जनाएको छ । प्रवक्ता गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको बताउनुभयो ।उहाँका  अनुसार फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा कोरोना भइरस केही दिनसम्म जीवित रहन सक्ने भएकाले त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

काठमाडौंमा १५४ जनालाई कोरोना संक्रमण

काठमाडौँ, २१ असार । पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडाँैमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गर्नुभयो । उहाँले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताउनुभयो । उहाँले १२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना स¥यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भन्नुभयो । डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना…

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले कोरोना संक्रमणबाट गोरखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले गोरखामा १९ असारमा पालुङटार घर भएका ४४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिदै उहाँ मधुमेहको दीर्घरोगी बिरामी भएको बताउनुभयो । उहाँलाई निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको थियो । त्यही क्रममा मृत्यु भएको हो । प्रवक्ता डा. गौतमले रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । उहाँ क्षयरोगको बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए (विवरण सहित)

काठमाडौ , २० असार । नेपालमा थप २३२ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । नेपालका २३ वटा प्रयोगशाला ४ हजार ५० जनाको पिसिआर परीक्षण गर्दा २३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । डा. गौतमले पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएको बताउनुभयो । उहाँले अहिलेसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ जना पुगेको जानकारी दिनुभयो । डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११४ जना, संक्रमित भएका छन् । अछामका ३७ जना, डडेल्धुराका ३ जना, डोटीका ३ जना, गुल्मीका ९ जना, कन्चनपुरका ६ जना, नवलपरासीका ४ जना, पाल्पाका १६ जना, प्यूठानका ६ जना, रुपन्देहीका ४ जना, सर्लाहीका १६ जना र सिन्धुपाल्चोकका १२ जना संक्रमित भएको हुन् । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ जना, सिरहाका ६ जना, कोशी…

विश्वमा करोड १० लाख मानिस कोरोना संक्रमित

२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ । संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

शिक्षण अस्पतालमा बिरामीका आफन्तको विजोग

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोरोना बिरामीका कुरुवा अलपत्र परेका छन् । शिक्षण अस्पतालको आइसोसेनमा रहेकी कोरोना सक्रमित हेटौंडाकी महिलाको कुरुवा बसेका उनका श्रीमान र छोरी कता जाने के गर्ने भएर अहिले आपतमा परेका हुन् । हेटौंडाबाट मुटुको शल्याक्रियाका लागि शिक्षण अस्पताल परिसरमै रहेको मनमोहन कार्डियो सेन्टरमा आएकी महिलामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रहेको बिहीबार पुष्टि भएको थियो। त्यसपछि महिलालाई सल्यक्रिया नगरी शिक्षण अस्पतालको आइसोलेसनमा सारियो। अस्पतालमा बिरामी महिलाको रेखदेख उनका श्रीमान र छोरीले गर्दै आएका थिए। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले आफूहरुको पनि पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइ दिन शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. सन्तकुमार दाससँग उनीहरुले आग्रह गरे । तर डा.दासले स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा विभागको सिफारिस ल्याए मात्रै पीसीआर परीक्षण गर्न मिल्ने झर्कीफर्की गरेको पीडितको आरोप छ। दुवै जना घर गएर बस्न र बिरामी कुर्न अर्काे मान्छे पठाउन डा. दासले आग्रहगर्नु भएको उहाँहरुको भनाइ छ । ‘गाडी चल्दैन, एम्बुलेन्सले बिरामीबाहेक अरु बोक्न मिलेन कसरी हेटौंडा…

स्वास्थ्य मन्त्रालयको कानुन उपसचिवमा बस्नेत

काठमाडौँ, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानून उपसचिवमा मानबहादुर बस्नेत आउनुभएको छ। उहाँ यसअघि वन तथा वातावरण मन्त्रालयमा कानून उपसचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो। स्वास्थ्य मन्त्रालयका उपसचिव पुस्करराज नेपालको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ ।

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

हेटौंडा,२९ चैत । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । बिहीबार स्क्रीनिङको क्रममा उहाँहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि…

कोरोना महामारीका बेला अस्पताल नजाने ५ डाक्टर बर्खास्त

बुटवल २६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालले बताउनुभयो । सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा प्रकृति कार्की छन् । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । अस्पतालका निर्देशक डा खनाललले ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्क्विहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’ सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले…

महिला स्वास्थ्य स्वयंसेविकालाई १५ सय भत्ता

काठमाडौं,२४ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकको लागि प्रोत्साहन रुवरुप १ हजार ५ सय रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिदै १ हजार ५ सय रुपिया भत्ता दिने निर्णय गरेको हो । हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना नियन्त्रण अभियानमा खटाउने निर्णय गरेको थियो।

तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

पर्वत, २९ कात्तिक। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको छ । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन । गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान…

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मासिस्ट सहित ६१ जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, २९ कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मेसी, रेडियोलोजी लगायतका विभिन्न समूहका पदमा ६१ जनाको लागि जागिरको अवसर खुलेको छ। प्रतिष्ठानले आज गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ। थप जानकारीका लागि हेर्नुहोस सूचना   

चिकित्सा शिक्षामा अतिरिक्त शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन

काठमाडौँ, कात्तिक २९ गते । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा निल्नु न ओकल्नु भएको छ । सरकारी निर्णयसमेत समयमा कार्यान्वयन नहुँदा निराशा छाएको छ । मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्ने सुरसारै गरेका छैनन् । सरकारले तोकेभन्दा मेडिकल कलेजहरूले विद्यार्थीसँग पाँच लाखदेखि २२ लाख रुपियाँसम्म बढी शुल्क लिएका छन् । शुल्क फिर्ता गराउन विद्यार्थी चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै आन्दोलित भए पनि प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क फिर्ता दिन गरेको निर्णय पनि अझै कार्यान्वयनमा आएको छैन । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले सरकारले तोकिएको शुल्कभन्दा २२ लाख रुपियाँसम्म बढी शुल्क उठाएकै कारण विद्यार्थी आन्दोलित हुनु परेको जानकारी दिनुभयो । केही समयअघि चितवनस्थित नेसनल मेडिकल कलेजका छात्रलाई छात्रावासमा गएर कुटपिट गरेको घटनासमेत सार्वजनिक भयो । कलेजले बढी शुल्क लिएको घटना सार्वजनिक…

चिकित्सक संघको आँउदो निर्वाचनमा प्रजातान्त्रिक समूहबाट डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय

काठामाडौँ, २८कात्तिक । आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट हालका महासचिव डा लोचन कार्की आधिकारीक रुपमा उठाउने निर्णय भएको छ । संघका पूर्व अध्यक्षहरुको बिहीबार बसेको बैठकले कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए । अध्यक्षबाहेकका पदमा भने कसलाई उठाउने भन्ने निर्णय भइसकेको छैन । डा. कार्कीले आफूलाई नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको बैठकले हाल नेपाल चिकित्सक संघका महासचिव रहनुभएका डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको जानकारी दिए । यसअघि प्रजातान्त्रिक समूहबाटै संघका पूर्व महासविच तथा पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेत र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. राजेन्द्र पन्तको नाम चर्चामा थियो । संघका पूर्व अध्यक्षहरु केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. किरण श्रेष्ठ, डा. आनन्द श्रेष्ठ र वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठसहितको बैठकले डा. कार्कीलाई प्रजातान्त्रिक समूहबाट आधिकारीक उम्मेदवार उठाउने निर्णय गरेको हो ।

1 2 90

भर्खरैको पोष्ट

Sign up for Newsletter !