महिला स्वास्थ्य

बेहोस नगराई गरियो मस्तिष्क शल्यक्रिया, फेसुबकमा प्रत्यक्ष प्रसारण

एजेन्सी- मस्तिष्कको सर्जरी संवेदनशील विषय हो। त्यसमाथि पनि यस्तो शल्यक्रिया सचेत अवस्थामामै गरिए कस्तो अनुभव छ होला? यतिमात्र होइन, सचेत अवस्थामा गरिएको मस्तिष्कोको शल्यक्रियाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहे कस्तो अनुभव होला? जो कोहीलाई यस्तो कल्पना गर्न पनि गाह्रो हुन्छ। ठीक यस्तै अनुभव गरेकी छन् २५ वर्षीया जेन्ना सार्टले। उनको मस्तिष्क शल्यक्रियाको प्रत्यक्ष प्रसारण फेसबुकमा गरिएको छ। डल्लासको मेथोडिस्ट मेडिकल सेन्टरमा गरिएको शल्यक्रियामा उनको मस्तिष्कमा रक्तनली गुजल्टिएको थियो। यसले गर्दा उनको बोल्ने शक्तिमा असर पार्नुका साथै छारे रोगसमेत भएको थियो। अमेरिकाको जर्जियास्थित ब्रेन्यु युनिभर्सिटिबाट अकुपेसनल थेरापीमा स्नातकोत्तर गरेकी उनले पुर्नस्थापना अस्पतालमा स्ट्रोकका बिरामीलाई मद्दत गर्थिन्। त्यतिबेलादेखि नै उनलाई पनि स्ट्रोकका लक्षण देखा पर्न थालेका थिए। उनको शल्यक्रिया सुरु गर्नुअघि सार्टलाई डाक्टरहरुले एनेस्थेसियामा राखेका थिए। जब डाक्टरहरु मस्तिष्कमा पुगे, सार्टलाई सचेत अवस्थामा ल्याइयो। उनी बोल्न सक्थिन्, सोधेको प्रश्नको जवाफ दिन्थिन्, आफ्नो मस्तिष्कमा के भइरहेको अनुभव गर्न सक्थिन्। शल्यक्रियाको दौरान सार्टलाई आइप्याड देखाइएको थियो। आइप्याडमा उनले विभिन्न नम्बर, रङ, जनावर र अरु विभिन्न चित्रहरु…

विराटनगरको नोवेल अस्पतालमा कृतिम आँखा प्रत्यारोपण

बिराटनगर,२६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।   बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’ बबिता पाँच बर्षकी हुँदा आँखामा…

स्वरकी धनी गायिका लता मंगेशकर अस्पताल भर्ना,अवस्था गम्भीर

नयाँदिल्ली । स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भारत रतन र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका हुन्। बलिउडकी चर्चित गायिका लतालाई स्वास फेर्न समस्या भएपछि मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको हो। लता गत सेप्टेम्बर २८ मा ९० वर्षकी  भइन्।

दोगडाकेदार गाउँपालिका : सुत्केरीलाई उपाध्यक्षको कोसेली

बैतडी, २५ कात्तिक । जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए । पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले रु चार लाख २० हजार रकम विनियोजन गरेको छ । उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए । उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताए । दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् । पूर्ण पोषणयुक्त घोषणा दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन् । दोगडाकेदार गाउँपालिका वडा नं ४ र वडा नं ५ लाई…

आगामी वर्षदेखि प्रदेश ५ का सबै  जिल्ला अस्पतालमा आईसियु सेवा पुर्याइने

बुटवल,२५ कार्तिक । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले आगामी आर्थिक वर्षदेखि ५ प्रदेशमा भएका सम्पुर्ण  जिल्ला अस्पतालहरुमा आईसियु सेवा  सञ्चालनमा ल्याउने बताएका छन् । उनले   जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि आइसियु सेवा संचालनमा ल्याउन लागेको बताए। आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा उनले   स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिदै उनले  साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने बताए । मन्त्री बरालले सीमिति औषधि पाउनकै  लागि मन्त्रालयमा धाउन पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।   उनले प्रदेश सरकार स्वास्थ्यकर्मीको सुरक्षाको लागि आफू  सचेत रहेको बताउदै ढुक्क भएर सेवा दिनको लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।उनले  स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने वताए। प्रदेश सभाका सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेयले सबै जनताको पँहुचमा स्वास्थय सेवालाई सहज रुपमा पुर्याउनका  लागि स्वास्थ्यकर्मीहको महत्वपूर्ण भूमिका रहेको वताए । प्रदेश सरकारले सञ्चालन गरेका योजना सफल बनाउँनको…

यी हुन संसारकी सबैभन्दा सेक्सी नर्स (फोटो फिचर सहित)

एजेन्सी । क्यारिना लिन पेशाले नर्स हुन् । ताइवानस्थित मिन शेङ जनरल अस्पतालमा कार्यरत उनी पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट भाइरल भएकी छन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्ना ग्लामर फोटो पोष्ट गर्न थालेपछि उनी भाइरल भएकी हुन् । इन्टरनेट सञ्जालमा क्यारिनालाई संसारकै हट नर्स भन्न थालिएको छ । अहिले उनको इन्स्टामा लाखौँ फलोअर्स छन् । उनले आफ्ना यस्ता तस्बिर पोष्ट गर्नुको कारण भाइरल हुनका लागि नभई आफ्नो खुशीका लागि भएको बताउने गरेकी छन् । ‘म साधारण मान्छे हुँ । म भाइरल हुनका लागि तस्बिर खिचाउँदिन तर मनको आनन्दको लागि तस्बिर खिचाउने गरेकी छु ,’ उनले यो पनि भनेकी छन् । ‘म मेरो नर्सिङ पेशालाई अत्यन्तै सम्मान गर्छु र त्यसमा गम्भीर छु तर ड्युटी अफ भएको बेलामा नर्सले मोडलिङ गर्न पाइदैन भनेर कहाँ लेखेको छ र ?’ त्यसैले म यस्ती छु । हेरौं तस्विर           

प्रदेश तिनमा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

काठमाडौं ,कार्तिक २१ । प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ । उनीहरु आजबाटै तोकिएको विद्यालयमा खटिने जनाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोर किशोरी शिक्षालगायतका विषयवस्तुका बारेमा प्रशिक्षित गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रुपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रम अनुसार गत वर्ष नमूना योजनाका रुपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ । प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश…

शाहलाई अस्पतालबाट बच्चा जिम्मा लिन अदालतको आदेश

काठमाडौं,४ कार्तिक ।  पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ। सात महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजान योग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेशको कार्यान्वयन गरिएको रजिष्ट्रार बाबुराम दाहालले बताउनुभयो। रजिष्ट्रार दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन भनिएको बताउनुभएको छ । ‘बालक जिम्मा लगाएर हक प्रचलन गराइपाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो। दाहालका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो। उक्त प्रतिवेदनमा बच्चाको अवस्था सामान्य रहेको प्रतिवेदन दिएपछि अदालतको तर्फबाट बच्चा जिम्मा लिन…

स्वास्थ्य सचिब डा. पुष्पाको राजिनामा, अब विश्व स्वास्थ्य संगठनमा जागिरे

काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खानको लागि राजीनामा दिनुभएको छ। आइतबारदेखि लागू हुने गरी सचिब चौधरीले पदबाट राजिनामा दिइसक्नुभएको छ। चौधरीको राजिनामा स्वीकृत भने भएको छैन । उहाँको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ । सचिव पदमा अझै तीन बर्ष पदावधी छँदा छँदै उहाले राजिनामा दिनुभएको हो। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को ‘कन्ट्रि अफिस’ भारतमा गई काम गर्नका लागि सचिब चौधरीले राजिनामा दिनुभएको हो। उहाँ गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्रि अफिस’को लागि पी फाइव (सहसचिव तह) लेभलको पोष्टमा छनौट हुनुभएको छ।

संविधान दिवसमा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह देखी विदेशी डाक्टरलाई समेत पदवी

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक पाउने भएकी छिन् । त्यस्तै प्रधानमन्त्रीको उपचार भइरहेको सिंगापुरको युनिभर्सिटी अस्पतालका मिर्गाैला रोग विभागका चिकित्सक प्रोफेसर अनन्थरमण वात्सलालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिइँदै छ । त्यस्तै, भारतको एमएक्स ग्रुप अफ हस्पिटलका युरोलोजी विभागका अध्यक्ष प्राफेसर डाक्टर अनन्तकुमार, भारतकै इन्स्टिच्यूट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एण्ड ज्वाइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा. राजिवकुमार शर्मा र भारतकै इन्द्रप्रस्थ एपोलो अस्पतालका क्यान्सर विभाग प्रमुख डा. हरिस दुवालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिने तय भएको छ ।  राष्ट्रपतिले दिने मानपदवी अन्तर्गत सुकीर्तिमय राष्ट्रदिप दित्तीय श्रेणीको पदकबाट ख्यातीप्राप्त चिकित्सक प्रा.डा भगवान कोइरालालाई सम्मान गरिँदैछ ।  सुप्रबल जनसेवा श्री तृत्तीय श्रेणीबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रका निवर्तमान निर्देशक डा. ज्योतेन्द्र शर्मा, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. उत्तमकुमार शर्मा, सोही अस्पतालका डा. ईश्वर लोहनी, ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे सम्मानित हुँदैछन् । त्यस्तै काठमाडौं मोडल अस्पतालका…

अब देखी डाक्टर,नर्स लगायतका स्वास्थ्यकर्मीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने

 काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले   डाक्टर,नर्स र पारामेडिक्सलाइ अनिवार्य स्वदेशी कपडा प्रयोग गर्नुपर्ने बताएकाछन। उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले स्वास्थ्यकर्मीहरुलाइ स्वदेशी कपडा   व्यवस्था मिलाउने जानकारी दिए ।  बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले स्वास्थ्यकर्मी बहेक सेना, प्रहरी, शिक्षकसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताए। उनले उद्योगमा लगानी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘व्यापार गर्ने अनि छुट देऊ भन्नेतिर नलाग्नुस्,’ उनले भने, ‘लगानी गर्नुस् ।’ उनले गुणस्तरमा सम्झौता नगर्न उद्योगीहरूलाई आग्रह गरे ।

आज देशभरका अस्पतालमा ओपिडी सेवा नि:शुल्क

काठमाडौँ, २ असोज । आजको दिन सरकारी अस्पतालमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध पाइने छ। सरकारले संविधान दिवसको अवसर पारेर निशुल्क ओपिडि सेवा दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफू अन्तरगर्तका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध गराउने मन्त्रालयका प्रबक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो। उहाले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका निशुल्क टिकट उपलव्ध गराइएको बताउनुभयो। ‘यो वर्ष सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस भन्ने सरकारको चाहना अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडि सेवा नि:शुल्क गरेको हो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो ।

चिकित्सकको घरबाट २ हजार बढी मानव भ्रुणका अवशेष बरामद

जोलियाट– अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ । विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ । डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो । प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर सन् २०१५ देखि इन्डियाना राज्यले…

नर्सिङ परिषदको निर्वाचनमा दुइ सदस्य प्रगतिशिल र एक प्रजातान्त्रिक समूहबाट विजयी

काठमाडौँ, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको तीन जना सदस्य छनौट गर्न शनिबार भएको निर्वाचनमा दुइजना सदस्य नेकपा निकट प्रगतिशिलबाट विजयी भएका छन् भने एक सदस्य प्रजातान्त्रिक समूहबाट विजयी भएकाछन् ।   मत परिणाम अनुसार प्रगतिशिल तर्फबाट डा तारा शाह सबैभन्दा धेरै मत १४९१ मतकासाथ विजयी हुनुभयो भने प्रगतिशिल तर्फकै कृष्णकुमारी पौडेल १२५७ मत ल्याएर विजयी हुनुभयो ।   प्रजातान्त्रिक समूहबाट जीता बराल १२१६ मत ल्याएर विजयी हुनुभएको छ ।   प्रजातान्त्रिक तर्फकी जीता बरालले प्रगतिशिल प्यानलकी तुलसा अधिकारीलाई सात मतले मात्र विजयी हुनुभएको हो । अधिकारीले १२०९ मत ल्याउनुभएको छ । तीन सिटका लागि भए पनि यसपटक नेकपा र नेकाले प्यानल खडा गरेर निर्वाचन लडेका थिए ।   तर नेकपा निकटकै दुई जना नर्सले स्वतन्त्र उम्मेद्धारी दिएपछि दुई प्यानलबीच निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत एचए उपाध्याय र नर्स राधिकालाई भ्रष्टाचार मुद्दा

काठमाडौं,२९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हेल्थ असिस्टेन्ट भरत प्रसाद उपाध्याय र पब्लिक हेल्थ नर्स राधिका देवी शर्मालाई ६ लाख ५८ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणका आधारमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा आइतबार आरोप पत्र दायर गरेको हो। ‘भरत प्रसाद उपाध्याय र राधिका देवी शर्मा मिली बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरूलाइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रू। छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ साठी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ङ० बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको विगो निज प्रतिवादीहरूबाट ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेतको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ’ आरोप पत्रमा…

1 2 20

भर्खरैको पोष्ट

Sign up for Newsletter !