पत्रपत्रिका

चिकित्सक र अस्पतालमाथी बढ्दो आक्रमण

काठमाडौँ, २५ कात्तिक  । कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् । विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् । सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ । कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६…

डेङ्गु परीक्षण गराउनेको भीड, घरको सरसफाइ नगरेसम्म नियन्त्रण नहुने , स्वास्थ्य चेतना आवश्यक

 काठमाडौँ, ३० भदौ  । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार डेङ्गु परीक्षण गर्ने बिरामीको लाइन निक्कै लामो थियो । अस्पतालबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यालयसम्मै लाइनले नपुगेर अस्पताल परिसरमा बिरामीको बाक्लै भीड पनि थियोे । टिकट काट्ने लाम त्यत्तिकै लामो थियो भने ज्वरो आएका बिरामी सकिनसकी भीडमा चिकित्सकको पालो कुरिरहेका थिए । ज्वरो युनिटको बहिरङ्ग (ओपीडी)मा मात्र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनःलगायत अन्य चार जना चिकित्सक बिरामी जाँच्न व्यस्त हुनुहुन्थ्यो । ललितपुरको पुल्चोकबाट डेङ्गु भएको आशङ्कामा उपचार गराउन आउनुभएका विनोद मानन्धरले आफूलाई ज्वरो आएर ठीक नभएको, शरीर गल्ने, पिँडुला दुख्नेजस्ता समस्या भएपछि अस्पताल आएको बताउनुभयो । काठमाडौँ ताहाचलकी आशिष्मा शर्माले पनि ज्वरो आएपछि डरले जँचाउन अस्पताल आएको बताउनुभयो । त्यस्तै राजधानीकै बानेश्वरबाट आएका सञ्जय घिमिरे पनि डेङ्गुसँंग मिल्दो लक्षण भएपछि थप परीक्षणका लागि अस्पताल आउनुभएको हो । मानन्धर, शर्मा र घिमिरेजस्ता सयौँ व्यक्ति डेङ्गु उपचारका लागि अस्पताल आएर चिकित्सकको प्रतीक्षामा थिए । जाडो मौसममा सरुवा रोग…

भक्तपुरमा १२ जनामा डेङ्गुको संक्रमण

भक्तपुर, १६ भदौ । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो । यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ । कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर…

निजी मेडिकल कलेजलाई फाइदा हुने गरि  प्रवेश परिक्षाबिना विदेशी विद्यार्थी भर्ना गर्न पाउने 

काठमाडौँ,१२ भदौ। त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् ।निर्णयबारे बैठकमा सहभागीहरूले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले बैठकबाटै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णयबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइन् । यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । त्रिवि प्राज्ञिक परिषद्ले भदौ ५ गते चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) एवं विभिन्न सातवटा मेडिकल कलेजहरूमा ‘निट’ लागू गर्ने भनी परिपत्र गरेको छ । भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले ‘नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (निट) उत्तीर्ण गरेको हुनुपर्छ । आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू…

भक्तपुर क्यान्सर अस्पताल: नगरपालिका र पुरानो ब्यबस्थापन समितिबीच टकराब तर बिरामीले पाउन थाले सहज सेवा

भक्तपुर, १० भदौ । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । सेवाग्राहीले पाउने सेवामा कुनै समस्या नभए पनि अस्पतालमा पुरानो व्यवस्थापन समिति र नगरपालिकाबीच अधिकारको विषयमा भने तनाव कायमै छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालको सेवा सञ्चालन भइरहेको जानकारी दिँदै दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको बताउनुभयो । नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिन सकेको जानकारी दिँदै उहाँले बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको प्रस्ट पार्नुभयो । उहाँले पुरानो व्यवस्थापन हुँदा दैनिक ८० जना बिरामी भर्ना हुने गरेकामा हाल १२० जना बिरामी भर्ना हुने गरेको जानकारी दिनुभयो । पुरानो समिति हुँदा दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको डा. श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बिरामी भर्नाका लागि आवश्यक बेडसमेत नभएको उहाँको भनाइ छ । नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति विघटन गरेर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको…

उपत्यकामा डेङ्गुको खतरा, काठमाडौंमै ६० जना संक्रमित

काठमाडौँ, ८ भदौ । तराईका जिल्लामात्र होइन काठमाडौँ उपत्यकामासमेत डेङ्गु सङ्क्रमण प्रकोपको रूपमा देखा पर्ने खतरा बढेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा मात्र ५९ जना व्यक्तिमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको पुष्टि गरेपछि थप खतरा बढेको हो । महाशाखाका प्रमुख डा. विवेककुमार लालले विगतमा पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको तर यो वर्ष सङ्ख्या निक्कै बढेको बताउनुभयो । महाशाखा प्रमुख लालले सरकारी र निजी गरी विभिन्न १० वटा अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार रोग नियन्त्रण महाशाखामा मात्र ५९ जना सङ्क्रमित बिरामी रहेका छन् । महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले बानेश्वर, ताहचल, बालाजु, त्रिपुरेश्वर, टेकूलगायतका क्षेत्रमा बस्ने व्यक्तिलाई डेङ्गुको सङ्क्रमण भएको जानकारी दिनुभयो । हालसम्म पूर्वी नेपालमा फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने भन्दै उहाँले काठमाडौँ उपत्यका पनि डेङ्गुको उच्च जोखिममा रहेको बताउनुभयो । महाशाखा प्रमुख डा. लालका अनुसार काठमाडौँ उपत्यका तथा अन्य स्थानमा डेङ्गु सार्ने…

असुरक्षित गर्भपतन गराउनेमा अविवाहित धेरै

काठमाडौँ, ८भदौ । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खानुभयो । औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उहाँको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा हुनुहुन्छ । बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ । औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक,…

धेरैलाई थाहा नभएकाे ‘लाइम रोग’

काठमाडौं,७ भदौ । जंगल तथा रुखबिरुवाका झ्याङमा पाइने कालो खुट्टा भएको कीरा (किर्ना प्रजाति) ले टोक्दा छालामा बोरोलिया भन्ने कीटाणु सर्छ। त्यसपछि यसले छालामा र पछि गएर शरीरका विभिन्न भित्री अगंमा असर पु-याउँछ। एक वर्षअघि पोखराका एक युवालाई लाइम रोगको शंका लाग्यो। उनी आफैं सचेत भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादु्र पुनलाई भेटे। डाक्टर पुनले लाइम रोगको पहिचान गरे। तर नेपालमा प्रयोगशाला परीक्षणको सुविधा नभएकाले उनी यो रोगको उपचारका लागि भारत गए। भारतीय अस्पतालले पनि विदेशमा रगत परीक्षण गर्न पठाएर मात्र उनको रोग यकिन ग¥यो। लाइम रोग लाग्नेहरू नेपालमा धेरै छन्। तर यो रोगबारे धेरैलाई थाहा नभएकाले उनीहरूले रोग पालेर बस्नुपरेको चिकित्सकको दाबी छ। वीर अस्पतालको चर्मरोग विभागका अनुसार सो अस्पतालमा वार्षिक पाँचदेखि सातजना लाइम रोगका बिरामी आइपुग्छन्। उनीहरू दाद भन्दै उपचारका लागि आउने गरेका छन्। चिकित्सकले पनि सुरुमा दादकै उपचार गर्छन्। दादको औषधिले काम नगरेपछि लाइम रोग ठम्याएर थप उपचार गरिन्छ। रोगबारे थाहा नभएकै कारण बिरामी…

रोग निको हुने विश्वासमा धर्म परिवर्तन

रोल्पा,७ भदौ ।  पाँच वर्षअगाडि मानसिक रूपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० वर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन्। विमलाको अहिले पाँच महिनाको छोरो छ। बालविवाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन्। यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् ।केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे। ‘तीन महिनाजति बिरामी भए। धेरै अस्पताल उपचार गरे सन्चो भएन। चर्चमा प्रार्थना गर्न थालेपछि निको भयो।’ गाउँमा रहेको ‘सालम प्रशंसा मण्डली’की विश्वासी विमलाले बताइन्। ‘अहिले धर्म फेर्ने धेरैजसो बिरामी छन्। हरेक शनिबार चर्चमा जान्छौं,’ उनले भनिन्, ‘म त अभियन्ता नै हुँ। अहिले त माइतीले पनि धर्म फेरे।’ उनका अनुसार रहर वा बुझेर चर्च आउनेभन्दा पनि रोग उपचारका लागि आउनेको संख्या बढिरहेको छ। विमलाका अनुसार ‘कतिपय बच्चालाई समेत अस्पतालमा रोग निको नभएपछि चर्चमा ल्याउँछन।’ हिजोआज त्रिवेणीको…

आईसीयू अभावले दिनहुँ १० बच्चाको ज्यान जान्छ

काठमाडौँ,३ भदौ । मुलुकको कुनाकाप्चाबाट अत्यन्त जटिल अवस्थामा रेफर भएर आएका ६ देखि १० जना बालबालिकालाई नचाहँदा-नचाहँदै आईसीयूको लागि बाहिर रेफर गर्नुपर्ने स्थिति रहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले गुनासो गरेका छन् ।डा.बिच्छाले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव, स्वास्थ्य सचिव लगायतका उपस्थितिमा सोमबार अस्पतालमा ८ शय्या क्षमताको पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (पीआईएमसीयू) को उद्घाटन समारोहमा उक्त दुःखेसो पोखेका हुन् । ‘मलाई थाहा छ उहाँहरु आफ्नो सन्तानको ज्यान जोगाउन घर, जग्गा, गहना बेचेर यहाँ इमरजेन्सी सेवामा आउनु भएको हो,' डा.बिच्छाले भने, ‘हामीसँग बेड हुँदैन, दुःखदायी स्थितिमा नचाहेर पनि बाहिर रेफर गर्छौं ।’ कान्तिको यही कमीकमजोरीले नजिकका अस्पतालहरुको लागि 'कमाइ खाने भाँडो' बनेको समेत उनले उल्लेख गरे । हाल कान्तिमा ५० शय्याको आईसीयूको संरचना रहे पनि मात्र ३० शय्या सञ्चालनमा छ । अस्पतालमा ३० वटा मेडिकल अफिसर र ४० वटा स्टाफ नर्सको दरबन्दी खाली छ । ‘एक दिन अर्थात २४ घन्टाको २४ हजारसम्म लिन्छन् यस्ता अस्पतालले, एक/दुई…

दुइ हजार माइक्रोबायोलोजिस्ट लाइसेन्सविहीन

 काठमाडौँ,२ भदौ।  अस्पतालजन्य संक्रमण र सरुवारोग नियन्त्रणका लागि उत्पादित माइक्रोबायोलोजिस्ट जनशक्ति दर्ता हुन नसक्दा उनीहरू बेकामे भएका छन् ।त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नातकोत्तर अध्ययन गरेका मेडिकल र जनस्वास्थ्य गरी २ हजार माइक्रोबायोलोजिस्ट जनशक्ति दर्ता हुन नसक्दा उनीहरू अन्योलमा परेका हुन् । संस्थानले ३० वर्षदेखि उत्पादन गर्दै आइरहेको यस्ता जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दर्ता गर्न मानेको छैन । दर्ता हुन नसक्दा अधिकांश जनशक्ति विदेश पलायन हुन बाध्य भएको त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय माइक्रोबायोलोजी विभागका प्रमुख डा. मेघराज बञ्जाराले बताए । उनका अनुसार उत्पादित ८० प्रतिशत जनशक्ति अवसरको खोजीका जापान, क्यानडा पुगेका छन् । संस्थानबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेका २६ ब्याज जनशक्तिलाई राज्यले प्रयोग गर्न सकिरहेको छैन । संस्थानबाहेक त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालयबाट पनि यस्ता जनशक्ति उत्पादन भइरहेका छन् । जहाँबाट वार्षिक १० जनाको हाराहारीमा माइक्रोबायोलोजिस्ट उत्पादन हुन्छन् । मेडिकल कलेजबाट उत्पादन हुने माइक्रोबायोलोजिस्टले भने सजिलै लाइसेन्स पाइरहेका छन् । मापदण्डअनुसारै पाठ्यक्रम र पूर्वाधार बनाएर विद्यार्थी पढाए पनि परिषद् कहिल्यै अनुगमनमा नआउने…

कुकुरले टोकेको नभन्दा रेबिजले युवतीको ज्यान गयो

ललितपुर,३० साउन । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्।कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो। गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्। बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा…

युवा पुस्तामा कन्ट्याक्ट लेन्स: आवश्यक भन्दा बढी फेसन

काठमाडौँ, २६ साउन । आँखा कमजोर भएकाका लागि मोटो चस्माको विकल्पका रूपमा रहेको कन्ट्याक्ट लेन्स अहिले फेसनकै रूपमा लगाउन थालिएको छ । आँखाको शल्यक्रिया गर्न नचाहनेहरू अहिले चस्माको सट्टा कन्ट्याक्ट लेन्सतर्फ आकर्षित भएको पाइएको छ । आफ्नो आँखा कमजोर भएको अरूलाई थाहा नहोस् भनेर मानिसहरूले कन्ट्याक्ट लेन्स प्रयोग गर्न थालेका हुन् । आँखाको पावर माइनस ३ देखि माइनस ४ हुन्छ, त्यस्तो समस्यालाई लासिक भनिन्छ । यो समस्या भएका व्यक्तिहरूले हाई पावर भएको मोटो चस्मा लगाउनुपर्छ । यस्तो समस्या भएका मानिस प्रायःजसो आँखाको शल्यक्रिया गराउने गर्छन् । जो मानिस शल्यक्रिया गर्न डराउँछन्, उनीहरूले चस्मा र कन्ट्याक्ट लेन्स प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ । लायन्स आँखा अस्पतालका डा. अर्चना पोखरेलले कम उमेरमा धेरै पावरको चस्मा लगाउनुपर्ने भएकाले पनि कन्ट्याक्ट लेन्सप्रति मानिसको चासो बढ्दै गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कन्ट्याक्ट लेन्सको प्रयोग गरेपछि चस्माको प्रयोग गर्नु पर्दैन भने लेन्सको प्रयोगपछि आफ्नो आँखाको पावर कम छ भनेर अरूले थाहा पनि पाउँदैनन्, त्यसैले लेन्सका…

धरानमा घरैपिच्छे डेंगु, चार हजार संक्रमित

सुनसरी,२१ साउन । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुन सकेको छैन । यहाँ करिब ४ हजार जना डेंगु भाइरसबाट संक्रमित भइसकेका छन् । साउनमा मात्र ७ सय २० जना बिरामी थपिएका छन् । धरानका हरेकजसो घरमा डेंगुका बिरामी भेटिइरहेका छन् । कतिपय घरमा सात जनासम्म संक्रमित छन् । एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्यूपा नस्ट नगरिँदा डेंगु नियन्त्रण हुन नसकेको हो । एउटै सहरमा धेरैजना संक्रमित भएपछि प्रदेश १ को प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । उपमहानगरपालिका कार्यालयले डेंगु नियन्त्रणमा ३० लाख रुपैयाँ खर्च गरिसकेको छ । चारवटा फगिङ मेसिन खरिद गर्दा मात्र ३ लाख ८० हजार खर्च भएको छ । यसबाहेक डिजल, साइफर मेथ्रिन, प्राविधिकलाई भत्ता सुविधा र जनचेतना कार्यक्रम सञ्चालनमा खर्च भएको छ । डेंगु संक्रमणको दर घटेको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैनिक २० देखि २५ जना उपचार गर्न आउने गरेको जनाएको छ । अरू निजी क्लिनिक र अस्पतालमा पनि बिरामी उतिकै छन् । डेंगु…

चिकित्सकको परामर्श शुल्कमा तोकिएभन्दा ६० प्रतिशत वढी रकम असुली

काठमाण्डौं,११ साउन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पताल पिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो । अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै बिरामीबाट एक हजार रुपैयाँसम्म बढी शुल्क लिने गरिएको पीडित बिरामीको गुनासो छ । अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ । सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई समेत सूचना पाटीमा टाँसेका छैनन् । यसकारण, बिरामीहरू मनपरी शुल्क तिर्न बाध्य छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्शिका २०७० को दफा ३० को अनुसूची ७ मा सेवा शुल्क निर्धारण समितिको व्यवस्था उल्लेख छ । स्वास्थ्य संस्थाले उपचारका नाममा मनोमानी शुल्क लिन नसकून भनेर यो समितिको व्यवस्था गरिएको थियो । जसमा अध्यक्ष स्वास्थ्य सचिव हुने र सदस्यमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम श्रेणीको प्रतिनिधि,…

1 2 10

भर्खरैको पोष्ट

Sign up for Newsletter !