नसर्ने रोग

तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

पर्वत, २९ कात्तिक। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको छ । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन । गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान…

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी, बालबालिका उच्च जोखिममा

नयाँ दिल्ली, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् । उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ ।…

विराटनगरको नोवेल अस्पतालमा कृतिम आँखा प्रत्यारोपण

बिराटनगर,२६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।   बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’ बबिता पाँच बर्षकी हुँदा आँखामा…

अनिन्द्राको शिकार डाक्टर र नर्स: अध्ययन

एजेन्सी । पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर ,नर्स र पुलिस निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ…

नसर्ने रोगको अवस्था भयावह

काठमाडौँ, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२…

आँखा उपचारमा लक्ष्मी बैंक र तिलगंगा बीच सम्झौता

काठमाडौं,२३ कार्तिक।लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिकरुपले विपन्न पृष्ठभुमिका बालबालिकाको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ। रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकिथेरापी, शल्यक्रियालगायतका प्रविधिबाट यो रोगको उपचार सुरु गरेको छ। सुस्वास्थ्य सम्बन्धी दीगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग…

अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

वासिङ्टन, २६ भदौ ।संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए । “हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उनले भने । “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।” ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी…

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परीक्षण भएको छ । सिंगापुरमा दुई साता लामो उपचार गरी गत शुक्रबार स्वदेश फर्किनुभएका ओली बुधबार मनमोहन सेन्टर पुग्नुभएको हो । प्रधानमन्त्री ओली रुटिन फलोअपका लागि त्यहाँ जानुभएको हो । ‘अहिले स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ पूर्ण स्वस्थ हुनुहुन्छ । तै पनि उताको उपचारको केही रुटिन फलोअप त गर्नु पर्छ । त्यसैका लागि अस्पताल जानु भएको हो । प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न गत ५ भदौमा दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर पुगी २७ साउनमा फर्कनुभएको थियो ।

जापानकी पूर्व महारानीलाई स्तन क्यान्सर

टोकियो, २२ भदौ । जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ ।  आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ । मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेकी थिइन् ।  विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ । महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय संचार माध्यमहरुका अनुसार उनको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ । शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए ।छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ । पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो । विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य…

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं,१७ भदौ।  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ । मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भइरहेको छ । सम्भवतः शुक्रबार स्वदेश फर्कनेछौं’, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले टेलिफोनमा भने । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो । ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो । यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो । एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ’, डा. शाहले भनिन् । एन्टिबडी निकालेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउन कार्यका लागि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइन्छ । डा. शाहले भनिन्, ‘एन्टिबडीले मिर्गौलालाई खराब गर्न सक्ने भएकाले निष्कासन गर्न उपचार विधि अपनाइएको हो ।’ पूर्वयोजनाअनुसार एन्टिबडी निष्कासन गर्न सात सेसन प्लाज्मा फेरेसिस गरिँदैछ । अहिले एक दिन बिराएर प्लाज्मा…

अनियमिताको आरोप लागेका पदाधिकारीलाई भक्तपुर क्यान्सर अस्पतालमा प्रवेश निषेध

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थामा अनियमितताको आरोप लागेका पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए । उनले भने, “देशभरका क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न दिदैनौँ, उनीहरु विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छौँ, अस्पतालमा सेवा पनि रोक्दैनौँ ।” उनले अस्पतालमा व्यापकरूपमा भएको भ्रष्टाचार रोक्न पटकपटक आग्रह गर्दा पनि मनोमानी गरेपछि बाध्य भएर अस्पताल जोगाइदिन स्थानीय सरकारका रूपमा रहेको भक्तपुर नगरपालिकालाई लिखितरूपमै आग्रह गरेपछि…

मदिरा पछि भारतमा पान मसलामाथि प्रतिबन्ध

बिहार,१६ भदौ । बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री-वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन। बिहारको राजधानी पटनाको बोरिङ्ग रोड चौबाटोमा रमेश गुप्ताको पान र चुरोट बेच्ने पसल छ। त्यही सानो पसलको भरमा उनको गुजारा चल्ने गरेको छ। करिब ५५ वर्षीय रमेशले भने, ‘सरकारले निर्णय गरेपछि त मान्नै पर्ने भयो।’ भिन्न-भिन्न मत ‘पान मसालाहरूको सोखिन मानिसहरूको सङ्ख्या निकै धेरै छ। सरकारलाई यसबाट घाटा हुनेछ। यस्तो व्यवस्था पहिले पनि भएको थियो। तर लत बसेकाहरूले जसरी पनि त्यसको व्यवस्था गर्ने गर्छन्।’ शहरका विभिन्न क्षेत्रमा रहेका दोकानदारहरूले सरकारको निर्णयबारे त्यस्तै टिप्पणी गरिरहेका छन्। उनीहरूले सरकारको निर्णयलाई व्यवहारिक मानेका छैनन्। तर, इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा. हर्षवर्धनले सरकारको निर्णय स्वागतयोग्य रहेको…

जिल्लामा पहिलो पटक सेनिटरी प्याड सेवा

बझाङ,१२ भदौ ।  जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले बान्नीचौर माविमा सेनिटरी प्याड एटीएम सेवा शुरु गरेको छ। गाउँपालिकाकी उपप्रमुख राधिका जोशीले महिनावारीका वेला धेरै छात्रा विद्यालय नआउने गरेका कारण यस्तो व्यवस्था गरेको जानकारी दिइन्। उनले अब महिनावारी भएका कारणले छात्रा स्कुल क्रम अन्त्य हुने बताइन्। एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो। ५० छात्रालाई शौचालय एटीएम कार्डसमेत वितरण गरिएको छ। सेनिटरी प्याड निकाल्न एटीएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले जानकारी दिइन्। विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द्र सिंहले जानकारी दिए। विद्यालयले प्याड खरिद गर्न महंगाे हुने भएका कारण प्याड बनाउने तालिमसमेत दिइसकेको बताए। अब गाउँघरमै सेनिटरी प्याड उत्पादन हुने उनकाे भनाइ छ।

भक्तपुर क्यान्सर अस्पताल: नगरपालिका र पुरानो ब्यबस्थापन समितिबीच टकराब तर बिरामीले पाउन थाले सहज सेवा

भक्तपुर, १० भदौ । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । सेवाग्राहीले पाउने सेवामा कुनै समस्या नभए पनि अस्पतालमा पुरानो व्यवस्थापन समिति र नगरपालिकाबीच अधिकारको विषयमा भने तनाव कायमै छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालको सेवा सञ्चालन भइरहेको जानकारी दिँदै दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको बताउनुभयो । नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिन सकेको जानकारी दिँदै उहाँले बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको प्रस्ट पार्नुभयो । उहाँले पुरानो व्यवस्थापन हुँदा दैनिक ८० जना बिरामी भर्ना हुने गरेकामा हाल १२० जना बिरामी भर्ना हुने गरेको जानकारी दिनुभयो । पुरानो समिति हुँदा दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको डा. श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बिरामी भर्नाका लागि आवश्यक बेडसमेत नभएको उहाँको भनाइ छ । नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति विघटन गरेर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको…

कस्तो छ सिंगापुरमा प्रधानमन्त्रीलाई ? यसरी हुँदै छ उपचार

काठमाडौं ।  करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले  भने । प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए । मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए । उनले भने, ‘ट्रान्सप्लान्ट गरिएको किड्नी बिस्तारै कमजोर भएपछि प्रधानमन्त्री ओलीलाई सिंगापुर लगिएको हो । त्यसपछि पहिलो चरणको उपचार सुरु भयो । पहिलो चरणमा भएको उपचारबाट प्रधानमन्त्रीमा के सुधार…

1 2 12

भर्खरैको पोष्ट

Sign up for Newsletter !