नर्सिङ

महिला स्वास्थ्य स्वयंसेविकालाई १५ सय भत्ता

काठमाडौं,२४ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकको लागि प्रोत्साहन रुवरुप १ हजार ५ सय रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिदै १ हजार ५ सय रुपिया भत्ता दिने निर्णय गरेको हो । हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना नियन्त्रण अभियानमा खटाउने निर्णय गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मासिस्ट सहित ६१ जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, २९ कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मेसी, रेडियोलोजी लगायतका विभिन्न समूहका पदमा ६१ जनाको लागि जागिरको अवसर खुलेको छ। प्रतिष्ठानले आज गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ। थप जानकारीका लागि हेर्नुहोस सूचना   

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

काठमाडौं,२६ कात्तिक । भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको भन्दै डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र खेल्नुभएको छ । कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे आफू जानकार नभएको बताउँदै नेपालीको आत्मसम्मानमा चोट नपु¥याउन उहाँले मोदीलाई आग्रह गर्नुभएको छ । कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ। भन्दै उहाँले चिठी लेख्नुभएको हो ।     केसीको लेखेको खुलापत्र श्री नरेन्द्र दामोदरदास मोदी, प्रधानमन्त्री, भारत गणराज्य कुशल छौं र यहाँको कुशलता चाहन्छौं । भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो । त्यसपछिको अवधिमा ब्रिटिश…

डा. केसीलाई अनशन तोड्न शिक्षा मन्त्री पोखरेलद्वारा आग्रह

काठमाडौँ, २५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् । मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा…

चिकित्सक र अस्पतालमाथी बढ्दो आक्रमण

काठमाडौँ, २५ कात्तिक  । कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् । विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् । सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ । कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६…

यी हुन संसारकी सबैभन्दा सेक्सी नर्स (फोटो फिचर सहित)

एजेन्सी । क्यारिना लिन पेशाले नर्स हुन् । ताइवानस्थित मिन शेङ जनरल अस्पतालमा कार्यरत उनी पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट भाइरल भएकी छन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्ना ग्लामर फोटो पोष्ट गर्न थालेपछि उनी भाइरल भएकी हुन् । इन्टरनेट सञ्जालमा क्यारिनालाई संसारकै हट नर्स भन्न थालिएको छ । अहिले उनको इन्स्टामा लाखौँ फलोअर्स छन् । उनले आफ्ना यस्ता तस्बिर पोष्ट गर्नुको कारण भाइरल हुनका लागि नभई आफ्नो खुशीका लागि भएको बताउने गरेकी छन् । ‘म साधारण मान्छे हुँ । म भाइरल हुनका लागि तस्बिर खिचाउँदिन तर मनको आनन्दको लागि तस्बिर खिचाउने गरेकी छु ,’ उनले यो पनि भनेकी छन् । ‘म मेरो नर्सिङ पेशालाई अत्यन्तै सम्मान गर्छु र त्यसमा गम्भीर छु तर ड्युटी अफ भएको बेलामा नर्सले मोडलिङ गर्न पाइदैन भनेर कहाँ लेखेको छ र ?’ त्यसैले म यस्ती छु । हेरौं तस्विर           

औषधिको रुपमा प्रयोग हुने तुलसीको गुण

काठमाडौं ,२१ कार्तिक । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पूजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा…

प्रदेश तिनमा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

काठमाडौं ,कार्तिक २१ । प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ । उनीहरु आजबाटै तोकिएको विद्यालयमा खटिने जनाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोर किशोरी शिक्षालगायतका विषयवस्तुका बारेमा प्रशिक्षित गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रुपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रम अनुसार गत वर्ष नमूना योजनाका रुपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ । प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश…

मेडिकल काउन्सिलले तोक्यो एमबिबीएस र बिडीएसको सिट सङ्ख्या

काठमाडौँ, ४ कात्तिक  ।  नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ३५) ले सिट प्राप्त गरेका छन् । यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबिबीएस १०० र बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस…

स्वास्थ्यको समायोजन सक्न अझै समय लाग्ने ,समायोजन भएकाहरुको गुनासो कायमै

काठमाडौँ, असोज ७ गते । अन्य मन्त्रालयले जेठ महिनामा सम्पन्न गरेको समायोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने टुङ्ग्याउन सकेको छैन । मंगलबारमात्र अनमीको समायोजन सूची सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै अहेबको समायोजन सार्वजनिक गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले मन्त्रालयले हजारौ स्वास्थ्यकर्मी रहेकोले ढिलाइ भएको बताए । उनले अहेवको सूची सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए । अनमीको समायोजनमा समेत आफूले रोजेको ठाँउमा समायोजन नभएको भन्दै मन्त्रालयमा धाउने अनमी लगायत स्वास्थ्यकर्मीको संख्या ठूलो छ । स्वास्थ्यबाहेकका अन्य मन्त्रालयमा समायोजन सकिएको महिनौ वित्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने अहिलेसम्म समायोजनले पूर्णता पाएको छैन । पछिल्लो समय अहेव तथा हेल्थ असिस्टेन्टहरुको पदनाम र पदस्थापनमा केही समस्या देखिएको थियो ।

१७ दिनदेखि चितवन मेडिकल कलेजको पढाइ ठप्प

चितवन,३ असोज । चितवन मेडिकल कलेजमा १७ दिन अघि देखि पढाइ  ठप्प भएको छ । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा  पढाइ ठप्प भएको हो। आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् । यसअघि आन्दोलनरत विद्यार्थीहरुलाइ प्रशासन लगाएर पक्राउ गरिएको थियो। चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द  कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा बस्न  समेत नमानेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ । एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए । कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए ।

आज देशभरका अस्पतालमा ओपिडी सेवा नि:शुल्क

काठमाडौँ, २ असोज । आजको दिन सरकारी अस्पतालमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध पाइने छ। सरकारले संविधान दिवसको अवसर पारेर निशुल्क ओपिडि सेवा दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफू अन्तरगर्तका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध गराउने मन्त्रालयका प्रबक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो। उहाले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका निशुल्क टिकट उपलव्ध गराइएको बताउनुभयो। ‘यो वर्ष सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस भन्ने सरकारको चाहना अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडि सेवा नि:शुल्क गरेको हो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो ।

नर्सिङ परिषदको निर्वाचनमा दुइ सदस्य प्रगतिशिल र एक प्रजातान्त्रिक समूहबाट विजयी

काठमाडौँ, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको तीन जना सदस्य छनौट गर्न शनिबार भएको निर्वाचनमा दुइजना सदस्य नेकपा निकट प्रगतिशिलबाट विजयी भएका छन् भने एक सदस्य प्रजातान्त्रिक समूहबाट विजयी भएकाछन् ।   मत परिणाम अनुसार प्रगतिशिल तर्फबाट डा तारा शाह सबैभन्दा धेरै मत १४९१ मतकासाथ विजयी हुनुभयो भने प्रगतिशिल तर्फकै कृष्णकुमारी पौडेल १२५७ मत ल्याएर विजयी हुनुभयो ।   प्रजातान्त्रिक समूहबाट जीता बराल १२१६ मत ल्याएर विजयी हुनुभएको छ ।   प्रजातान्त्रिक तर्फकी जीता बरालले प्रगतिशिल प्यानलकी तुलसा अधिकारीलाई सात मतले मात्र विजयी हुनुभएको हो । अधिकारीले १२०९ मत ल्याउनुभएको छ । तीन सिटका लागि भए पनि यसपटक नेकपा र नेकाले प्यानल खडा गरेर निर्वाचन लडेका थिए ।   तर नेकपा निकटकै दुई जना नर्सले स्वतन्त्र उम्मेद्धारी दिएपछि दुई प्यानलबीच निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत एचए उपाध्याय र नर्स राधिकालाई भ्रष्टाचार मुद्दा

काठमाडौं,२९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हेल्थ असिस्टेन्ट भरत प्रसाद उपाध्याय र पब्लिक हेल्थ नर्स राधिका देवी शर्मालाई ६ लाख ५८ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणका आधारमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा आइतबार आरोप पत्र दायर गरेको हो। ‘भरत प्रसाद उपाध्याय र राधिका देवी शर्मा मिली बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरूलाइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रू। छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ साठी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ङ० बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको विगो निज प्रतिवादीहरूबाट ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेतको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ’ आरोप पत्रमा…

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीका लागि तत्काल समायोजन कार्यान्वयन नहुने (पत्र सहित)

काठमाडौँ, २५ भदौ । डेंगु प्रकोप भएका क्षेत्रमा कार्यरत चिकित्सक , नर्स , पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

1 2 7

भर्खरैको पोष्ट

Sign up for Newsletter !