टिप्स

बेहोस नगराई गरियो मस्तिष्क शल्यक्रिया, फेसुबकमा प्रत्यक्ष प्रसारण

एजेन्सी- मस्तिष्कको सर्जरी संवेदनशील विषय हो। त्यसमाथि पनि यस्तो शल्यक्रिया सचेत अवस्थामामै गरिए कस्तो अनुभव छ होला? यतिमात्र होइन, सचेत अवस्थामा गरिएको मस्तिष्कोको शल्यक्रियाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहे कस्तो अनुभव होला? जो कोहीलाई यस्तो कल्पना गर्न पनि गाह्रो हुन्छ। ठीक यस्तै अनुभव गरेकी छन् २५ वर्षीया जेन्ना सार्टले। उनको मस्तिष्क शल्यक्रियाको प्रत्यक्ष प्रसारण फेसबुकमा गरिएको छ। डल्लासको मेथोडिस्ट मेडिकल सेन्टरमा गरिएको शल्यक्रियामा उनको मस्तिष्कमा रक्तनली गुजल्टिएको थियो। यसले गर्दा उनको बोल्ने शक्तिमा असर पार्नुका साथै छारे रोगसमेत भएको थियो। अमेरिकाको जर्जियास्थित ब्रेन्यु युनिभर्सिटिबाट अकुपेसनल थेरापीमा स्नातकोत्तर गरेकी उनले पुर्नस्थापना अस्पतालमा स्ट्रोकका बिरामीलाई मद्दत गर्थिन्। त्यतिबेलादेखि नै उनलाई पनि स्ट्रोकका लक्षण देखा पर्न थालेका थिए। उनको शल्यक्रिया सुरु गर्नुअघि सार्टलाई डाक्टरहरुले एनेस्थेसियामा राखेका थिए। जब डाक्टरहरु मस्तिष्कमा पुगे, सार्टलाई सचेत अवस्थामा ल्याइयो। उनी बोल्न सक्थिन्, सोधेको प्रश्नको जवाफ दिन्थिन्, आफ्नो मस्तिष्कमा के भइरहेको अनुभव गर्न सक्थिन्। शल्यक्रियाको दौरान सार्टलाई आइप्याड देखाइएको थियो। आइप्याडमा उनले विभिन्न नम्बर, रङ, जनावर र अरु विभिन्न चित्रहरु…

विराटनगरको नोवेल अस्पतालमा कृतिम आँखा प्रत्यारोपण

बिराटनगर,२६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।   बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’ बबिता पाँच बर्षकी हुँदा आँखामा…

के हो निमोनिया ? बालबालिकालाई कसरी जोगाउने ! निमोनियाको  लक्षण  र बच्ने उपाय सहित

निमोनिया रोग भनेको के हो? हाम्रो अाखाले  नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ। निमोनिया रोगको समस्या निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो। श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्? साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा…

औषधिको रुपमा प्रयोग हुने तुलसीको गुण

काठमाडौं ,२१ कार्तिक । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पूजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा…

रातो मासु हप्तामा चार पटक उपभोग गर्दा राम्रो: अध्ययन्

बीबीसी ।  विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ – तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन्। केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको प्रशंसा गरेका छन्। विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीले मानिसहरूले रातो मासु, ससेज तथा बेकनका कारण क्यान्सरको जोखिम बढ्ने निकै कम प्रमाण भएकाले त्यो खाइरहन मिल्ने निष्कर्ष निकालेको हो। एनल्स अफ इन्टर्नल मेडिसन नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले रातो एवम् प्रशोधित मासुको उपभोगको खतराबारे हाल उपलब्ध प्रमाण निकै कमजोर रहेको भन्दै मानिसहरूले हप्ताको तीन वा चार पटक तिनको उपभोग गरिरहन मिल्ने जनाएका छन्। तर त्यो निष्कर्ष विश्व स्वास्थ्य सङ्गठनले हाल जारी गरेको सुझावविपरीत छ। साथै जनस्वास्थ्यसम्बन्धी निकायहरूले यस्तो निचोडले मानिसहरूको विवेकपूर्ण खानेबानीमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्। रातो वा प्रशोधित मासु केलाई मानिन्छ ? चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन। टिक्ने समय र स्वाद परिवर्तन गरिएको…

बालबालिकालाई  रोटाभाइरस विरुद्धको खोप दिइने

काठमाडौँ, ५ कात्तिक । सरकारले आगामी जेठ महिनादेखी बालबालिकामा रोटा भाइरस विरुद्धको खोप  शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न नयाँ खोप शुरु गर्न लागेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले रोटारिक्स नामक  खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने बताउनुभयो  । शर्माले बालबालिकामा देखिने झाडापखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएकोले खोप शुरु गर्न लागेको बताउनुभयो । यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’ गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ । खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो । यो खोप एक जना बच्चाका…

पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

पोखरा १८, भदौ ।के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस । यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन् । पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने…

दतिवनको औषधीय महत्व के छ ? यसका फाइदा के हुन् ?

काठमाडौं,१७ भदौ । दतिवन एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ। छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ। यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउमा मलहमको रूपमा लगाउन सकिन्छ। कुकुर, सर्प र बिच्छीले टोकेको ठाउामा दतिवनको पातको रस तुरुन्तै लगाइदिदा विष शरीरभित्र छिटो फैलन पाउदैन। उपचार केन्द्र लैजादा गर्दा यो घरेलु उपाय प्रयोग गर्न सकिन्छ। दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ। त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ। मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स(साना टुक्रा पारी पिसाबबाट…

मज्जाले रुँदा पनि स्वास्थ्यलाई फाइदा

काठमाडौं, ८ भदौ । हाँस्दा स्वास्थ्यको लागि फाइदा हुनेबारे हामीले सुनेका छौं तर, रुँदा पनि फाइदा हुन्छ भनेर कमैलाई थाह होला । मानिस दुई हिसाबले रुन्छन् एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, चिकित्सकको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । संयुक्त राज्य अमेरिकाको मेडिकल युनिभर्सिटी अफ ओहायोले गरेको अनुसन्धानमा पनि रुँदा शरीर हल्का हुनुको साथै दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै राम्रो हुने जनाइएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेख्नुभएको हो। अनुसन्धानमा भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कने बताइएको छ । मानिसले तीन किसिमका आँसु निकाल्छन् ः बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । यही साइकिक आँसु निस्कँदा तौल कम हुने हो । हाँस्नु मानिसका लागि…

कंगोमा इबोलाबाट झण्डै २ हजार ब्यक्तिको मृत्यु

जेनेभा, ७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताउए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताए । उनले भने, “यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।”डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । उनले भने, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।” कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ। पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ । रासस

कम्युनिष्ट नेता विप्लवका छोरा प्रकाशले मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने

काठमाडौ। कम्युनिष्ट नेता नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाश चन्दले  चिकित्सा शिक्षामा मौलाएको विक्रिति विरुद्ध आन्दोलनको घोषणा गरेकाछन् । उनले चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको अध्यक्षको हैसियतले आन्दोलनको घोषणा गरे । चिकित्सकको पारिश्रमिक वृद्धि देखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै समितिले आन्दोलनको घोषणा गरेको हो । समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने भनिएको छ । चन्दले सरकारल चिकित्सा शिक्षाको शुल्क बढाएकोमा जवाफ दिनुपर्ने बताए । उनले भने,‘सरकारले किन शुल्कवृद्धि गरेको हो जवाफ दिनुपर्छ ।’ सरकार आफै…

पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्

बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। तर पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ त? तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ। बीबीसीले बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्: तनावमुक्ति र फुर्ति उचित कथा पढ्न सकियो भने हामीलाई त्यसले फेरि फुर्तिलो बनाउँछ र संसारलाई हेर्ने नयाँ दृष्टिकोण पनि दिन्छ। बिब्लियोथेरपिस्ट इला बर्ट्हाउडसँग यदि ब्रिटेनका पूर्वप्रधानमन्त्री टेरिजा मेले कुन पुस्तक पढौँ भनेर सुझाव मागेको कल्पाना गरौँ। लेखक तथा लन्डनको स्कूल अफ लाइफमा मानिसहरूलाई पुस्तक पढ्न सुझाव दिने बर्टहाउड भन्छिन्, "उनले सन् १९७८ मा अमेरिकी लेखक हुबर्ट सेल्बीले लेको 'रेक्युयम फर अ ड्रीम'बाट सुरु गर्न सक्छिन्।" उक्त उपन्यास लागुपदार्थ दुर्व्यसनसँग सङ्घर्ष चार मानिसको कथा हो जसको आधारमा सन् २००० मा चलचित्र बनाइएको थियो। कथा दु:खद भएपनि 'टरिजा मेले यसमा सम्बन्ध भेट्ने' बर्टहाउडले बताइन्। "यो पुस्तकको मुख्य सन्देश भनेको आफ्नो सिद्धान्तमा अडिग रहने र मौका खोज्ने…

के हो छारे रोग?कसरी बच्ने !

काठमाडौं,२६ साउन । छारे रोग कहिलेकाहीँ अपर्झट देखा पर्ने र रोकिने गरे पनि यो निकै खतरनाक रोग हो । यो रोग लागेका मानिस आफैंमा सधैं एकैखाले होस र सचेत अवस्थामा हुँदैनन् । यो रोग मानिसलाई मात्र नभएर पशुमा पनि देखा पर्छ । यो एक किसिमको मानसिक रोग हो । यो रोगलाई स्थानीय जनताले विभिन्न नामले चिन्ने गर्छन् । कसैले यसलाई मृगी, चरिफाय, फफड्के र रिङ्ने पनि भन्छन् । प्रायः कमजोर हृदय र सोच भएका व्यक्तिमा यो रोग देखिन्छ । यो रोग लागेको व्यक्तिलाई रोगले कति बेलामा सकस पार्छ, त्यो भने थाहा हुँदैन । यो अनियमिततामा हुन्छ । यसको पूर्वानुमान वा संकेत पनि हुँदैन । यो रोग लागेका मानिस बाक्लो हुल र भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, गतिमा रहेको नदीको पानी, संगीतको चर्को धुन आदि सुनेपछि पनि अचानक मुर्छा (अचेत) पर्छन् । यो अवस्थामा रोगी बेहोस भएर लडेका हुन्छन् । यो रोगले समातेका रोगीलाई निको पार्ने कुनै पनि औषधि…

बिभिन्न उमेर समुहका शिशुहरुलाई कस्तो खाना खुवाउने ?

६ महिना पुरा भएका शिशुलाई दिनको २ पटक नियमित स्तनपानका अतिरिक्त पोषिलो पिठोको लिटो, नरम खिर, बिभिन्न तरकारी मिसाएर बनाएको जाउलो,रामरी मिचेको वा पिसेको सागपात,तरकारी (मौसम अनुसारका तरकारी,आलु सखरखण्ड,पिडालु ईत्यादी), मासु, फलफुल खुवाउनुपर्छ । एक पटकमा ठुलो चम्चाको २ वा तिन चम्चा खुवाउनुपर्दछ । ७ देखी ८ महिनाका शिशुलाई दिनको ३ पटक नियमित स्तनपानका अतिरिक्त पोषिलो पिठोको लिटो, नरम खिर,बिभिन्न तरकारी मिसाएर बनाएको जाउलो ,रामरी मिचेको वा पिसेको सागपात,तरकारी (मौसम अनुसारका तरकारी,आलु सखरखण्ड,पिडालु ईत्यादी), मासु, फलफुल खुवाउनुपर्छ । एक पटकमा ठुलो चम्चाको ४ देखी ६ चम्चा खुवाउनुपर्दछ । ९ देखी ११ महिनाका शिशुलाई दिनमा ३ पटक नियमित स्तनपानका अतिरिक्त १ पटक बिचमा खाना खुवाउनुपर्छ । १२ देखी २४ महिना सम्मका बालबालिकालाई दिनको ३ पटक पारीवारीक खाना खुवाउनुपर्छ । पुरक खानामा घिउ,तृल,मह,चिनी आदी मिसाएर यसलाई अझ पोषिलो बनाउन सकिन्छ । यदी बालबालिकाहरुमा शीघ्र कुपोषण वा विशेष कडा कुपोषण भएको छ भने उनीहरुको उपचार स्वरुप तयारी उपचारात्मक खाना खान दिनुपर्छ । (बालचिकित्सक…

रुघाखोकीको भाइरसले मूत्रथैलीको क्यान्सर निको पार्न सक्छ

रुघाखोकीका लागि जिम्मेवार एक प्रकारको भाइरसले मूत्रथैलीमा रहेका क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्न सक्ने एउटा अध्ययनले देखाएको छ। सानो स्तरमा गरिएको उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको सङ्केत पूर्ण रूपमा निर्मूल भएको र अन्य १४ जनामा क्यान्सर सम्बन्धी कोषहरू मरेको प्रमाण फेला परेको थियो। ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताहरूले उक्त भाइरसले क्यान्सरको उपचारमा ठूलो फेरबदल ल्याउन सक्ने र क्यान्सरको सङ्क्रमण दोहोरिने सम्भावना घटाउने विश्वास लिएका छन्। मूत्रथैली सम्बन्धी क्यान्सरको क्षेत्रमा कार्यरत एउटा संस्थाले वृहत् अध्ययनबाट पनि यस्तै परिणाम आए त्यो निक्कै उत्साहप्रद हुने बताएको छ। निशाना ब्रिटेनमा हरेक वर्ष लगभग १० हजार एनएमआइबीसी भनिने थैली सम्बन्धी क्यान्सरका नयाँ बिरामी देखिने गर्छन् र त्यसलाई आम रूपमा देखिने क्यान्सरको सूचीमा दशौँ स्थानमा राखिएको छ। हाल मूत्रथैलीको क्यान्सरको उपचार पद्धति निक्कै कडा छ र त्यस विधिले गम्भीर र विषाक्त असर समेत गर्ने गर्छ। निको भइसकेपछि पनि क्यान्सर दोहोरिएको छ कि छैन भनेर गरिने नियमित जाँच समेत महङ्गो छ। यो उपचारका क्रममा १५ जना…

1 2 11

भर्खरैको पोष्ट

Sign up for Newsletter !