जीवनशैली

छ हजार पाँच सयले जेते कोरोना

काठमाडौं, २१ असार  ।    हालसम्म नेपालमा छ हजार ५४७ जनाले  कोरोना जितेर डिस्चार्ज हुनुभएको छ ।    आज मात्र एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । यस्तै  पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् । क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।

विश्वमा करोड १० लाख मानिस कोरोना संक्रमित

२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ । संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

हेटौंडा,२९ चैत । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । बिहीबार स्क्रीनिङको क्रममा उहाँहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि…

महिला स्वास्थ्य स्वयंसेविकालाई १५ सय भत्ता

काठमाडौं,२४ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकको लागि प्रोत्साहन रुवरुप १ हजार ५ सय रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिदै १ हजार ५ सय रुपिया भत्ता दिने निर्णय गरेको हो । हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना नियन्त्रण अभियानमा खटाउने निर्णय गरेको थियो।

तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

पर्वत, २९ कात्तिक। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको छ । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन । गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान…

चिकित्सा शिक्षामा अतिरिक्त शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन

काठमाडौँ, कात्तिक २९ गते । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा निल्नु न ओकल्नु भएको छ । सरकारी निर्णयसमेत समयमा कार्यान्वयन नहुँदा निराशा छाएको छ । मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्ने सुरसारै गरेका छैनन् । सरकारले तोकेभन्दा मेडिकल कलेजहरूले विद्यार्थीसँग पाँच लाखदेखि २२ लाख रुपियाँसम्म बढी शुल्क लिएका छन् । शुल्क फिर्ता गराउन विद्यार्थी चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै आन्दोलित भए पनि प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क फिर्ता दिन गरेको निर्णय पनि अझै कार्यान्वयनमा आएको छैन । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले सरकारले तोकिएको शुल्कभन्दा २२ लाख रुपियाँसम्म बढी शुल्क उठाएकै कारण विद्यार्थी आन्दोलित हुनु परेको जानकारी दिनुभयो । केही समयअघि चितवनस्थित नेसनल मेडिकल कलेजका छात्रलाई छात्रावासमा गएर कुटपिट गरेको घटनासमेत सार्वजनिक भयो । कलेजले बढी शुल्क लिएको घटना सार्वजनिक…

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई उपचारका लागि विदेश जान एक महिनाको अनुमति

इस्लामाबाद, २८ कात्तिक । भ्रष्ट्राचारको आरोपमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ । उनलाई विदेश गई उपचार गर्न चार साताको मात्रै अनुमति दिएको छ । उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको छ । सरकारको निर्णय सुनाउँदै एक मन्त्रीले भने । पाकिस्तानको तीन पटक प्रधानमन्त्री भएका भएका सरिफ अहिले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन् । यसअघि कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसीयू) र चिकित्सकहरूको टोली उहाँकै निवासमा व्यवस्था गरिएको थियो । स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको चिकित्सकहरुले बताएपछि उनलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भएको हो । रासस/सिन्ह्वा

मधुमेही समाजलाई एक करोड सहयोग गर्ने डा. मृगेन्द्रराज पाण्डेको घोषणा

काठमाडौँ, २८ कात्तिक । नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरे । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए।…

बेहोस नगराई गरियो मस्तिष्क शल्यक्रिया, फेसुबकमा प्रत्यक्ष प्रसारण

एजेन्सी- मस्तिष्कको सर्जरी संवेदनशील विषय हो। त्यसमाथि पनि यस्तो शल्यक्रिया सचेत अवस्थामामै गरिए कस्तो अनुभव छ होला? यतिमात्र होइन, सचेत अवस्थामा गरिएको मस्तिष्कोको शल्यक्रियाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहे कस्तो अनुभव होला? जो कोहीलाई यस्तो कल्पना गर्न पनि गाह्रो हुन्छ। ठीक यस्तै अनुभव गरेकी छन् २५ वर्षीया जेन्ना सार्टले। उनको मस्तिष्क शल्यक्रियाको प्रत्यक्ष प्रसारण फेसबुकमा गरिएको छ। डल्लासको मेथोडिस्ट मेडिकल सेन्टरमा गरिएको शल्यक्रियामा उनको मस्तिष्कमा रक्तनली गुजल्टिएको थियो। यसले गर्दा उनको बोल्ने शक्तिमा असर पार्नुका साथै छारे रोगसमेत भएको थियो। अमेरिकाको जर्जियास्थित ब्रेन्यु युनिभर्सिटिबाट अकुपेसनल थेरापीमा स्नातकोत्तर गरेकी उनले पुर्नस्थापना अस्पतालमा स्ट्रोकका बिरामीलाई मद्दत गर्थिन्। त्यतिबेलादेखि नै उनलाई पनि स्ट्रोकका लक्षण देखा पर्न थालेका थिए। उनको शल्यक्रिया सुरु गर्नुअघि सार्टलाई डाक्टरहरुले एनेस्थेसियामा राखेका थिए। जब डाक्टरहरु मस्तिष्कमा पुगे, सार्टलाई सचेत अवस्थामा ल्याइयो। उनी बोल्न सक्थिन्, सोधेको प्रश्नको जवाफ दिन्थिन्, आफ्नो मस्तिष्कमा के भइरहेको अनुभव गर्न सक्थिन्। शल्यक्रियाको दौरान सार्टलाई आइप्याड देखाइएको थियो। आइप्याडमा उनले विभिन्न नम्बर, रङ, जनावर र अरु विभिन्न चित्रहरु…

नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

धनगढी,कात्तिक २७ ।  मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । देशभरिका जम्मा आठ अस्पतालमा यो सेवा शुरु हुन लागेको जनाइएको छ । कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिई प्रसूति सेवालाई प्रभावकारीरूपमा निगरानी गर्नेलगायतका गतिविधि गर्न लागिएको जनाइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार आउन नसक्दा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताइन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा ४१ नवजात शिशुको…

अनिन्द्राको शिकार डाक्टर र नर्स: अध्ययन

एजेन्सी । पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर ,नर्स र पुलिस निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ…

के हो निमोनिया ? बालबालिकालाई कसरी जोगाउने ! निमोनियाको  लक्षण  र बच्ने उपाय सहित

निमोनिया रोग भनेको के हो? हाम्रो अाखाले  नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ। निमोनिया रोगको समस्या निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो। श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्? साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा…

नसर्ने रोगको अवस्था भयावह

काठमाडौँ, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२…

नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा. पन्त निर्वाचित, बाँकी पदाधिकारी पछि चुनिने

काठमाडौँ, २४कात्तिक । नेपाल नेत्रज्योति संघको २६ औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक शैलेश मिश्रले दिएको जानकारी अनुसार पदेन उपाध्यक्षमा सातवटै प्रदेशबाट क्रमशः श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह निर्विरोध निर्वाचित भए । मिश्रका अनुसार १२ सदस्य र दुई महिला सदस्यमा कृष्णकुमार गिरी द्रोणप्रसाद गुरागाई,बिष्णुदत्त जोशी, धन बहादुर बस्नेत, भरतबहादुर चन्द, प्रा.डा.घनश्याम भट्टराई, श्यामकुमार पोखरेल, चिजकुमार मास्के, हरिप्रसाद शर्मा, भागवत राउत, डा गोपाल प्रसाद पोखरेल र डा.नन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।   दुईजना महिला सदस्यमा भने मञ्जु कण्डेल र भगवती शर्मा निर्वाचित निर्वाचित भएका छन् । दुई मनोनित सदस्यमा युद्धध्वज सापकोटा र अस्मिका राई निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव , कोषाध्यक्ष लगायतका पदाधिकारीको चयन सदस्यमध्येबाट पछि चुनिचे छ ।

आँखा उपचारमा लक्ष्मी बैंक र तिलगंगा बीच सम्झौता

काठमाडौं,२३ कार्तिक।लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिकरुपले विपन्न पृष्ठभुमिका बालबालिकाको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ। रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकिथेरापी, शल्यक्रियालगायतका प्रविधिबाट यो रोगको उपचार सुरु गरेको छ। सुस्वास्थ्य सम्बन्धी दीगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग…

1 2 29

भर्खरैको पोष्ट

Sign up for Newsletter !