ग्लाेबल हेल्थ

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई उपचारका लागि विदेश जान एक महिनाको अनुमति

इस्लामाबाद, २८ कात्तिक । भ्रष्ट्राचारको आरोपमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ । उनलाई विदेश गई उपचार गर्न चार साताको मात्रै अनुमति दिएको छ । उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको छ । सरकारको निर्णय सुनाउँदै एक मन्त्रीले भने । पाकिस्तानको तीन पटक प्रधानमन्त्री भएका भएका सरिफ अहिले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन् । यसअघि कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसीयू) र चिकित्सकहरूको टोली उहाँकै निवासमा व्यवस्था गरिएको थियो । स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको चिकित्सकहरुले बताएपछि उनलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भएको हो । रासस/सिन्ह्वा

बेहोस नगराई गरियो मस्तिष्क शल्यक्रिया, फेसुबकमा प्रत्यक्ष प्रसारण

एजेन्सी- मस्तिष्कको सर्जरी संवेदनशील विषय हो। त्यसमाथि पनि यस्तो शल्यक्रिया सचेत अवस्थामामै गरिए कस्तो अनुभव छ होला? यतिमात्र होइन, सचेत अवस्थामा गरिएको मस्तिष्कोको शल्यक्रियाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहे कस्तो अनुभव होला? जो कोहीलाई यस्तो कल्पना गर्न पनि गाह्रो हुन्छ। ठीक यस्तै अनुभव गरेकी छन् २५ वर्षीया जेन्ना सार्टले। उनको मस्तिष्क शल्यक्रियाको प्रत्यक्ष प्रसारण फेसबुकमा गरिएको छ। डल्लासको मेथोडिस्ट मेडिकल सेन्टरमा गरिएको शल्यक्रियामा उनको मस्तिष्कमा रक्तनली गुजल्टिएको थियो। यसले गर्दा उनको बोल्ने शक्तिमा असर पार्नुका साथै छारे रोगसमेत भएको थियो। अमेरिकाको जर्जियास्थित ब्रेन्यु युनिभर्सिटिबाट अकुपेसनल थेरापीमा स्नातकोत्तर गरेकी उनले पुर्नस्थापना अस्पतालमा स्ट्रोकका बिरामीलाई मद्दत गर्थिन्। त्यतिबेलादेखि नै उनलाई पनि स्ट्रोकका लक्षण देखा पर्न थालेका थिए। उनको शल्यक्रिया सुरु गर्नुअघि सार्टलाई डाक्टरहरुले एनेस्थेसियामा राखेका थिए। जब डाक्टरहरु मस्तिष्कमा पुगे, सार्टलाई सचेत अवस्थामा ल्याइयो। उनी बोल्न सक्थिन्, सोधेको प्रश्नको जवाफ दिन्थिन्, आफ्नो मस्तिष्कमा के भइरहेको अनुभव गर्न सक्थिन्। शल्यक्रियाको दौरान सार्टलाई आइप्याड देखाइएको थियो। आइप्याडमा उनले विभिन्न नम्बर, रङ, जनावर र अरु विभिन्न चित्रहरु…

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी, बालबालिका उच्च जोखिममा

नयाँ दिल्ली, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् । उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ ।…

अनिन्द्राको शिकार डाक्टर र नर्स: अध्ययन

एजेन्सी । पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर ,नर्स र पुलिस निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ…

स्वरकी धनी गायिका लता मंगेशकर अस्पताल भर्ना,अवस्था गम्भीर

नयाँदिल्ली । स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भारत रतन र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका हुन्। बलिउडकी चर्चित गायिका लतालाई स्वास फेर्न समस्या भएपछि मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको हो। लता गत सेप्टेम्बर २८ मा ९० वर्षकी  भइन्।

यी हुन संसारकी सबैभन्दा सेक्सी नर्स (फोटो फिचर सहित)

एजेन्सी । क्यारिना लिन पेशाले नर्स हुन् । ताइवानस्थित मिन शेङ जनरल अस्पतालमा कार्यरत उनी पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट भाइरल भएकी छन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्ना ग्लामर फोटो पोष्ट गर्न थालेपछि उनी भाइरल भएकी हुन् । इन्टरनेट सञ्जालमा क्यारिनालाई संसारकै हट नर्स भन्न थालिएको छ । अहिले उनको इन्स्टामा लाखौँ फलोअर्स छन् । उनले आफ्ना यस्ता तस्बिर पोष्ट गर्नुको कारण भाइरल हुनका लागि नभई आफ्नो खुशीका लागि भएको बताउने गरेकी छन् । ‘म साधारण मान्छे हुँ । म भाइरल हुनका लागि तस्बिर खिचाउँदिन तर मनको आनन्दको लागि तस्बिर खिचाउने गरेकी छु ,’ उनले यो पनि भनेकी छन् । ‘म मेरो नर्सिङ पेशालाई अत्यन्तै सम्मान गर्छु र त्यसमा गम्भीर छु तर ड्युटी अफ भएको बेलामा नर्सले मोडलिङ गर्न पाइदैन भनेर कहाँ लेखेको छ र ?’ त्यसैले म यस्ती छु । हेरौं तस्विर           

डाक्टरले जलाएर मारिन् श्रीमानकी प्रेमिका र उनका ६ वर्षका छोरा

भारत। एक महिला चिकित्सकले श्रीमानकी प्रेमिका र उनका ६ वर्षीया छोरालाई ज्युँदै जलाएर हत्या गरेकी छन् । भारत राजस्थानकी सीमा गुप्ता नामकी ती चिकित्सकले श्रीमानकी प्रेमिका बस्ने राजस्थानको भरतपुरस्थित पौश कोलोनीमा रहेको घरभित्र आगो लगाएर बाहिरबाट ढोका बन्द गरिदिएर हत्या गरेकी हुन् । घटनामा आमा र बालक दुवैको तत्काल जलेर मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनका पति पनि पेशाले चिकित्सक नै हुन् । उनीहरुको एउटा क्लिनक छ । क्लिनकको रिसेप्सनमा काम गर्ने २५ वर्षीया दीपा गुर्जर नामकी युवतीसँग आफ्ना पति डा. सुदीप गुप्ताकोे ‘अफेयर’ चलेको थाहा पाएपछि डा. सीमाले ती युवतीलाई जागिरबाट हटाइदिइन् । तर, उनका श्रीमान र ती महिला प्रेममा लिप्त भइसकेका थिए । उनीहरु त्यसपछि पनि टाढिन सकेनन् । लुकेर भेटघाट गर्दै रहे । यतिसम्मकी डा. सुदीपले युवतीका लागि छुट्टै घरसमेत किनिदिए । सोही घरमा आफ्नी सासुलाई समेत लिएर गएकी डा. सीमा र युवतीबीच केहीबेर भनाभन भयो । भनाभनपछि उनी बाहिर निस्किइन् र साथमा लगेको…

रातो मासु हप्तामा चार पटक उपभोग गर्दा राम्रो: अध्ययन्

बीबीसी ।  विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ – तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन्। केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको प्रशंसा गरेका छन्। विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीले मानिसहरूले रातो मासु, ससेज तथा बेकनका कारण क्यान्सरको जोखिम बढ्ने निकै कम प्रमाण भएकाले त्यो खाइरहन मिल्ने निष्कर्ष निकालेको हो। एनल्स अफ इन्टर्नल मेडिसन नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले रातो एवम् प्रशोधित मासुको उपभोगको खतराबारे हाल उपलब्ध प्रमाण निकै कमजोर रहेको भन्दै मानिसहरूले हप्ताको तीन वा चार पटक तिनको उपभोग गरिरहन मिल्ने जनाएका छन्। तर त्यो निष्कर्ष विश्व स्वास्थ्य सङ्गठनले हाल जारी गरेको सुझावविपरीत छ। साथै जनस्वास्थ्यसम्बन्धी निकायहरूले यस्तो निचोडले मानिसहरूको विवेकपूर्ण खानेबानीमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्। रातो वा प्रशोधित मासु केलाई मानिन्छ ? चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन। टिक्ने समय र स्वाद परिवर्तन गरिएको…

स्वास्थ्य सचिब डा. पुष्पाको राजिनामा, अब विश्व स्वास्थ्य संगठनमा जागिरे

काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खानको लागि राजीनामा दिनुभएको छ। आइतबारदेखि लागू हुने गरी सचिब चौधरीले पदबाट राजिनामा दिइसक्नुभएको छ। चौधरीको राजिनामा स्वीकृत भने भएको छैन । उहाँको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ । सचिव पदमा अझै तीन बर्ष पदावधी छँदा छँदै उहाले राजिनामा दिनुभएको हो। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को ‘कन्ट्रि अफिस’ भारतमा गई काम गर्नका लागि सचिब चौधरीले राजिनामा दिनुभएको हो। उहाँ गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्रि अफिस’को लागि पी फाइव (सहसचिव तह) लेभलको पोष्टमा छनौट हुनुभएको छ।

अस्पतालमा आगलागीः आठ नवजात शिशुको निधन

अल्जियर्स, ७ असोज । अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।    रासस/एएफपी

संविधान दिवसमा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह देखी विदेशी डाक्टरलाई समेत पदवी

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक पाउने भएकी छिन् । त्यस्तै प्रधानमन्त्रीको उपचार भइरहेको सिंगापुरको युनिभर्सिटी अस्पतालका मिर्गाैला रोग विभागका चिकित्सक प्रोफेसर अनन्थरमण वात्सलालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिइँदै छ । त्यस्तै, भारतको एमएक्स ग्रुप अफ हस्पिटलका युरोलोजी विभागका अध्यक्ष प्राफेसर डाक्टर अनन्तकुमार, भारतकै इन्स्टिच्यूट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एण्ड ज्वाइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा. राजिवकुमार शर्मा र भारतकै इन्द्रप्रस्थ एपोलो अस्पतालका क्यान्सर विभाग प्रमुख डा. हरिस दुवालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिने तय भएको छ ।  राष्ट्रपतिले दिने मानपदवी अन्तर्गत सुकीर्तिमय राष्ट्रदिप दित्तीय श्रेणीको पदकबाट ख्यातीप्राप्त चिकित्सक प्रा.डा भगवान कोइरालालाई सम्मान गरिँदैछ ।  सुप्रबल जनसेवा श्री तृत्तीय श्रेणीबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रका निवर्तमान निर्देशक डा. ज्योतेन्द्र शर्मा, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. उत्तमकुमार शर्मा, सोही अस्पतालका डा. ईश्वर लोहनी, ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे सम्मानित हुँदैछन् । त्यस्तै काठमाडौं मोडल अस्पतालका…

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

नयाँ दिल्ली ।भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ विद्युतीय चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उनले भने । संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा विद्युतीय चुरोट प्रयोगकर्ताको सङ््ख्या ९०० प्रतिशतले वृद्धि भएको बताए । विद्युतीय चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा विद्युतीय चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ । विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको…

चिकित्सकको घरबाट २ हजार बढी मानव भ्रुणका अवशेष बरामद

जोलियाट– अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ । विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ । डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो । प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर सन् २०१५ देखि इन्डियाना राज्यले…

बलिउड अभिनेत्री श्रद्धा कपूर ६ वर्षदेखि एन्जाइटीसँग लड्दै

सुखी सम्पन्न बन्ने डौड र व्यस्त जीवनशैलीका कारण मानिसलाई चिन्ता अर्थात एन्जाइटी हुनु सामान्य कुरा हो । समय परिवर्तनशिल छ । म्बन्धमा विश्वास नहुने, अरु भन्दा बढि सम्पन्न हुने चाहाना, असुरक्षित महशुस गर्ने आदि विविध कारणले मानिसलाई दिनप्रतिदिन सताइरहेको छ । यसले एन्जाइटीको समस्या बढाइरहेको छ । आममानिसमात्र होइन् बलिउडका स्टारहरू पनि एन्जाइटीको शिकार हुन थालेका छन् । यतिबेला एक्शन थ्रिलर चलचित्र ‘साहो’ र ‘छिचोरे’ बाट चर्चा बटुलिरहेकी बलिउड अभिनेत्री श्रद्धा कपूर विगत ६ वर्ष देखि एन्जाइटीबाट शिकार भइरहेको खुलासा भएको छ । श्रद्धाले हालसालै एक अन्तरवार्तामा आफुलाई एन्जाइटीको समस्या भएको बताएकी छिन् । श्रद्धाका अनुसार उनले चलचित्र ‘आशिकी २’ गरिसकेपछि एन्जाइटीबाट ग्रसित भएको बताएकी छिन् । एन्जाइटीको बारेमा उनले भावुक हुँदै भनेकी छिन् –‘मलाई एन्जाइटी भएको लामो समयसम्म थाहा नै भएन । यसबारेमा आफुलाई केहि ज्ञान थिएन ।’ उनले भनिन् –‘जब आशिकी २ फिल्म गरेँ त्यसपछि एन्जाइटीको लक्षणहरु देखिन थाल्यो ।’ शरीरमा अजिव लाग्ने दुःखाइ महशुस हुन्थ्यो । धेरै अस्पतालमा…

अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

वासिङ्टन, २६ भदौ ।संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए । “हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उनले भने । “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।” ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी…

1 2 16

भर्खरैको पोष्ट

Sign up for Newsletter !