ग्रामीण स्वास्थ्य

चिकित्सक संघको आँउदो निर्वाचनमा प्रजातान्त्रिक समूहबाट डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय

काठामाडौँ, २८कात्तिक । आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट हालका महासचिव डा लोचन कार्की आधिकारीक रुपमा उठाउने निर्णय भएको छ । संघका पूर्व अध्यक्षहरुको बिहीबार बसेको बैठकले कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए । अध्यक्षबाहेकका पदमा भने कसलाई उठाउने भन्ने निर्णय भइसकेको छैन । डा. कार्कीले आफूलाई नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको बैठकले हाल नेपाल चिकित्सक संघका महासचिव रहनुभएका डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको जानकारी दिए । यसअघि प्रजातान्त्रिक समूहबाटै संघका पूर्व महासविच तथा पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेत र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. राजेन्द्र पन्तको नाम चर्चामा थियो । संघका पूर्व अध्यक्षहरु केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. किरण श्रेष्ठ, डा. आनन्द श्रेष्ठ र वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठसहितको बैठकले डा. कार्कीलाई प्रजातान्त्रिक समूहबाट आधिकारीक उम्मेदवार उठाउने निर्णय गरेको हो ।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी, बालबालिका उच्च जोखिममा

नयाँ दिल्ली, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् । उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ ।…

नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

धनगढी,कात्तिक २७ ।  मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । देशभरिका जम्मा आठ अस्पतालमा यो सेवा शुरु हुन लागेको जनाइएको छ । कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिई प्रसूति सेवालाई प्रभावकारीरूपमा निगरानी गर्नेलगायतका गतिविधि गर्न लागिएको जनाइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार आउन नसक्दा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताइन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा ४१ नवजात शिशुको…

विराटनगरको नोवेल अस्पतालमा कृतिम आँखा प्रत्यारोपण

बिराटनगर,२६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।   बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’ बबिता पाँच बर्षकी हुँदा आँखामा…

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

काठमाडौं,२६ कात्तिक । भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको भन्दै डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र खेल्नुभएको छ । कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे आफू जानकार नभएको बताउँदै नेपालीको आत्मसम्मानमा चोट नपु¥याउन उहाँले मोदीलाई आग्रह गर्नुभएको छ । कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ। भन्दै उहाँले चिठी लेख्नुभएको हो ।     केसीको लेखेको खुलापत्र श्री नरेन्द्र दामोदरदास मोदी, प्रधानमन्त्री, भारत गणराज्य कुशल छौं र यहाँको कुशलता चाहन्छौं । भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो । त्यसपछिको अवधिमा ब्रिटिश…

डा. गोविन्द केसीद्धारा अनशन स्थगित (विज्ञप्ती सहित)

काठमाडौं, कात्तिक २६ गते । डा। गोविन्द केसीले आमरण अनसन स्थगित गर्नुभएको छ । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उहाँले अनसन स्थगित गर्नुभएको हो । एक विज्ञप्ती जारी गर्दै डा. केसीले राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेकाले उक्त आन्दोलनलाई ध्यानमाम राख्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको बताउनुभयो ।               यस्तो छ डा. केसीले जारी गर्नुभएको विज्ञप्ती प्रेस विज्ञप्ति दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं । यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग र।ाखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं । यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु…

अनिन्द्राको शिकार डाक्टर र नर्स: अध्ययन

एजेन्सी । पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर ,नर्स र पुलिस निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ…

के हो निमोनिया ? बालबालिकालाई कसरी जोगाउने ! निमोनियाको  लक्षण  र बच्ने उपाय सहित

निमोनिया रोग भनेको के हो? हाम्रो अाखाले  नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ। निमोनिया रोगको समस्या निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो। श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्? साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा…

डा. केसीको अनशनलाई नेविसंघको साथ

डडेल्धुरा, २६ कात्तिक । डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीको अनशनमा नेविसंघले  ऐक्यबद्धता जनाएको छ। सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षद्वारा जारी विज्ञप्तिमा उनिहरुले डा. केसीको चिकित्सा शिक्षा सुधारकि अभियानमा ऐक्यबद्धता जनाउदै आन्दोललाई उपलब्धिमुलक निष्कर्षमा पुर्याउन अनुरोध समेत गरेका छन् । नेविसंघका पूर्वमहामन्त्रि कुन्दन काफ्ले , डोटी नेविसंघका अध्यक्ष गणेश खड्का, बैतडीका कपील केसी, डडेल्धुराका कार्यवाहक अध्यक्ष पदम भण्डारी, कैलालीका कार्यवाहक अध्यक्ष भेस बम, अछामका अध्यक्ष निर्प साउँद र दार्चलाका अध्यक्ष रमेश भट्टले विज्ञप्ती जारी डा. केसीले उठाएका मागहरु जायज भएकोले पूरा गर्न आग्रह गरेका हुन् । गोबिन्द केसि बिगत ९ दिन देखि चिकित्सका शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेल्धुरामा आमरण अनशनरत छन् । 

नसर्ने रोगको अवस्था भयावह

काठमाडौँ, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२…

बढी शुल्क लिने मेडिकल कलेजलाई ठगी अन्तर्गत मुद्दा चलाइने

काठमाडौँ,२६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई औपचारिक पत्र पठाइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बढी शुल्क उठाउने मेडिकल कलेजलाई सरकारले अन्तिमपटक पुनः आग्रह गरेको बताउँदै भन्नुभयो, “गृह मन्त्रालयलाई पत्र पठाएका छौँ । अभिभावक तथा विद्यार्थीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिनुपर्छ । उजुरी परेका मेडिकल कलेज सञ्चालकलाई ठगीअन्तर्गत मुद्दा चलाइने छ ।” उहाँले तालाचाबी बुझाउने भनेर मेडिकल कलेजका सञ्चालकहरूले धम्की नदिँदा हुन्छ भन्दै त्यो भनेर उम्किन पाउँछु भनी सञ्चालकहरूले नसोच्दा पनि हुन्छ भन्नुभयो । उहाँले चालू शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजहरूमा ७५ प्रतिशत छात्रवृत्ति र निजी मेडिकल कलेजहरूमा साविक बमोजिमकै १० प्रतिशत तथा २०…

डा. गोविन्द केसी काठमाडौं आउन मानेनन् , रित्तै फर्कियो सेनाको हेलिकप्टर

काठमाडौँ, २५ कार्तिक । चिकित्सा शिक्षा सुधारको माग राख्दै गत आठौ दिनदेखि डडेल्धुरामा आमरण अनसन बसेका डा गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ । डा. केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर केसीलाई लिन डडेल्धुरा पुगेको थियो । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. जितेन्द्र कँडेलले डा. केसीले हेलिकोप्टरमा काठमाडौँ जान नमानेका कारण हेलिकोप्टर केसीलाई नलिइ फर्किएको बताए। डा. केसीलाई लिन हेलिकोप्टर पुगेपछि स्थानीयबासीहरुले पनि केसीले राखेका माग पुरा नगरी लैजान नहुने भन्दै नाराबाजी सहित प्रर्दशन गरेका थिए । आमरण अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पठाएको थियो ।

दोगडाकेदार गाउँपालिका : सुत्केरीलाई उपाध्यक्षको कोसेली

बैतडी, २५ कात्तिक । जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए । पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले रु चार लाख २० हजार रकम विनियोजन गरेको छ । उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए । उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताए । दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् । पूर्ण पोषणयुक्त घोषणा दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन् । दोगडाकेदार गाउँपालिका वडा नं ४ र वडा नं ५ लाई…

डा. केसीलाई अनशन तोड्न शिक्षा मन्त्री पोखरेलद्वारा आग्रह

काठमाडौँ, २५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् । मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा…

आगामी वर्षदेखि प्रदेश ५ का सबै  जिल्ला अस्पतालमा आईसियु सेवा पुर्याइने

बुटवल,२५ कार्तिक । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले आगामी आर्थिक वर्षदेखि ५ प्रदेशमा भएका सम्पुर्ण  जिल्ला अस्पतालहरुमा आईसियु सेवा  सञ्चालनमा ल्याउने बताएका छन् । उनले   जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि आइसियु सेवा संचालनमा ल्याउन लागेको बताए। आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा उनले   स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिदै उनले  साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने बताए । मन्त्री बरालले सीमिति औषधि पाउनकै  लागि मन्त्रालयमा धाउन पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।   उनले प्रदेश सरकार स्वास्थ्यकर्मीको सुरक्षाको लागि आफू  सचेत रहेको बताउदै ढुक्क भएर सेवा दिनको लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।उनले  स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने वताए। प्रदेश सभाका सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेयले सबै जनताको पँहुचमा स्वास्थय सेवालाई सहज रुपमा पुर्याउनका  लागि स्वास्थ्यकर्मीहको महत्वपूर्ण भूमिका रहेको वताए । प्रदेश सरकारले सञ्चालन गरेका योजना सफल बनाउँनको…

1 2 41

भर्खरैको पोष्ट

Sign up for Newsletter !