औषधी बजार

महिला स्वास्थ्य स्वयंसेविकालाई १५ सय भत्ता

काठमाडौं,२४ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकको लागि प्रोत्साहन रुवरुप १ हजार ५ सय रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिदै १ हजार ५ सय रुपिया भत्ता दिने निर्णय गरेको हो । हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना नियन्त्रण अभियानमा खटाउने निर्णय गरेको थियो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई उपचारका लागि विदेश जान एक महिनाको अनुमति

इस्लामाबाद, २८ कात्तिक । भ्रष्ट्राचारको आरोपमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ । उनलाई विदेश गई उपचार गर्न चार साताको मात्रै अनुमति दिएको छ । उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको छ । सरकारको निर्णय सुनाउँदै एक मन्त्रीले भने । पाकिस्तानको तीन पटक प्रधानमन्त्री भएका भएका सरिफ अहिले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन् । यसअघि कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसीयू) र चिकित्सकहरूको टोली उहाँकै निवासमा व्यवस्था गरिएको थियो । स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको चिकित्सकहरुले बताएपछि उनलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भएको हो । रासस/सिन्ह्वा

मधुमेही समाजलाई एक करोड सहयोग गर्ने डा. मृगेन्द्रराज पाण्डेको घोषणा

काठमाडौँ, २८ कात्तिक । नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरे । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए।…

डा. गोविन्द केसीद्धारा अनशन स्थगित (विज्ञप्ती सहित)

काठमाडौं, कात्तिक २६ गते । डा। गोविन्द केसीले आमरण अनसन स्थगित गर्नुभएको छ । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उहाँले अनसन स्थगित गर्नुभएको हो । एक विज्ञप्ती जारी गर्दै डा. केसीले राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेकाले उक्त आन्दोलनलाई ध्यानमाम राख्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको बताउनुभयो ।               यस्तो छ डा. केसीले जारी गर्नुभएको विज्ञप्ती प्रेस विज्ञप्ति दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं । यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग र।ाखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं । यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु…

के हो निमोनिया ? बालबालिकालाई कसरी जोगाउने ! निमोनियाको  लक्षण  र बच्ने उपाय सहित

निमोनिया रोग भनेको के हो? हाम्रो अाखाले  नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ। निमोनिया रोगको समस्या निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो। श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्? साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा…

नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा. पन्त निर्वाचित, बाँकी पदाधिकारी पछि चुनिने

काठमाडौँ, २४कात्तिक । नेपाल नेत्रज्योति संघको २६ औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक शैलेश मिश्रले दिएको जानकारी अनुसार पदेन उपाध्यक्षमा सातवटै प्रदेशबाट क्रमशः श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह निर्विरोध निर्वाचित भए । मिश्रका अनुसार १२ सदस्य र दुई महिला सदस्यमा कृष्णकुमार गिरी द्रोणप्रसाद गुरागाई,बिष्णुदत्त जोशी, धन बहादुर बस्नेत, भरतबहादुर चन्द, प्रा.डा.घनश्याम भट्टराई, श्यामकुमार पोखरेल, चिजकुमार मास्के, हरिप्रसाद शर्मा, भागवत राउत, डा गोपाल प्रसाद पोखरेल र डा.नन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।   दुईजना महिला सदस्यमा भने मञ्जु कण्डेल र भगवती शर्मा निर्वाचित निर्वाचित भएका छन् । दुई मनोनित सदस्यमा युद्धध्वज सापकोटा र अस्मिका राई निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव , कोषाध्यक्ष लगायतका पदाधिकारीको चयन सदस्यमध्येबाट पछि चुनिचे छ ।

फार्मेसीमा विकृति: प्रमाणपत्र एउटाको, औषधि बेच्ने अर्कै

काठमाडौँ,२४ कार्तिक ।औषधिसम्बन्धी जानकारी नभएका व्यक्तिले सर्वसाधारणलाई त्यसको बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले देशभरका ३ हजार ४ सय ४ फार्मेसीमा गरेको निरीक्षणबाट यस्तो तथ्य बाहिरिएको हो । अनुगमन गरिएकामध्ये ६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको र बिक्री गर्ने व्यक्ति अर्कै राख्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यसअनुसार १९ प्रतिशत फार्मेसी अर्काको प्रमाणपत्र लिई चलाएको प्रस्टिन्छ । औषधि ऐनअनुसार फार्मेसी जसका नाममा दर्ता छ, उही व्यक्तिले औषधि बेच्नुपर्छ । ‘केही व्यवसायीले भने आफू नबसी औषधिसम्बन्धी सामान्य जानकारीसमेत नभएका व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको पायौं,’ विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले भने, ‘प्रमाणपत्र रहेका व्यक्तिका आफन्त फार्मेसीमा बस्ने गरेको पायौं, जसमा औषधिसम्बन्धी जानकारी छैन ।’ औषधिजस्तो संवेदनशील वस्तुको बिक्री अदक्ष व्यक्तिबाट हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए । अनुगमनमा भेटिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ‘कसैलाई निश्चित समय पसल सञ्चालन गर्न रोक लगाएका छौं,’ उनले भने, ‘केहीलाई मुद्दासमेत चलाएका छौं ।’ औषधि ऐनविपरीत फार्मेसी सञ्चालन गर्ने १ सय १३ फार्मेसीलाई कारबाही…

औषधिको रुपमा प्रयोग हुने तुलसीको गुण

काठमाडौं ,२१ कार्तिक । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पूजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा…

बालबालिकालाई  रोटाभाइरस विरुद्धको खोप दिइने

काठमाडौँ, ५ कात्तिक । सरकारले आगामी जेठ महिनादेखी बालबालिकामा रोटा भाइरस विरुद्धको खोप  शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न नयाँ खोप शुरु गर्न लागेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले रोटारिक्स नामक  खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने बताउनुभयो  । शर्माले बालबालिकामा देखिने झाडापखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएकोले खोप शुरु गर्न लागेको बताउनुभयो । यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’ गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ । खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो । यो खोप एक जना बच्चाका…

६३ जिल्लामा फैलियो स्क्रब टाइफस : यो वर्षमा मात्रै ३ जनाको निधन

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ । स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३०…

डेंगुका बिरामी उपचार गर्न नर्भिक अस्पतालको छुट्टै कक्ष

काठमाडौं, २७ भदौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले डेंगुका बिरामीको चाप बढेपछि छुट्टै वार्डको व्यवस्था गरेको छ । डेंगुका बिरामीलाई विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । हाल नर्भिक अस्पतालमा १ दर्जन भन्दा बढी डेंगु ज्वरोका बिरामीहरु उपचाररत रहेका छन् । बिरामीको चाप बढ्दो क्रममा रहेका कारण छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेंगु हेल्प डेस्क र बिरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । सहुलियत दर उपलब्धहुने उक्त क्लिनिक÷वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ । डेंगु ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

निजी अस्पतालमा समेत बिरामीको चाप बढ्दो, ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु

 काठमाडौँ,२६ भदौ  । सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ । रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । सरुवा रोग अस्पतालमा भीड टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक…

हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु

इलाम, २५ भदौ । हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो । ‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ । सर्भे विद्यालयस्तरका बालबालिकालाई मात्र गरिने जनाइएको छ । कक्षा १ र २ का विद्यार्थीमा यो परीक्षण गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर सुपरीवेक्षक विमल दाहालले जानकारी दिए । हात्तीपाइलेको लक्षण भए पनि रोग भने लामो समयपछि मात्र देखापर्ने भएकाले बालबालिकामा सो सर्भे थालिएको हो । “विभिन्न कारणले बालबालिका यो औषधि खान वञ्चित भएका हुन्छन्”, बरालले भने, “अहिले हात्तीपाइलेको लक्षण भए पनि लामो समयपछि मात्र रोग निम्तिने भएकाले बालबालिकालाई सर्भे गरिएको हो, बालबालिकामा लक्षण भएमा दशकपछि रोग निम्तिन्छ, त्यसैले बालबालिकामा सर्भे थालिएको हो ।” जिल्लामा हालसम्म आठ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइ सकिएको छ भने दुई पटक सर्भे भइसकेको छ ।…

डेंगुले अस्पतालमा ठेलमठेल

काठमाडौं,२४ भदौ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् । भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ । ‘बिहान ६ बजेदेखि साँझसम्म रगत जँचाउने र रिपोर्ट लिनेको भीड लाग्छ’, प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता भन्छन् । शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल अस्पतालमा रेफर गर्न साध्य नभएपछि वीर अस्पतालले शुक्रबारदेखि डेंगु परीक्षण थालेको छ । वीरका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘बिरामीलाई रेफर…

पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

पोखरा १८, भदौ ।के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस । यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन् । पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने…

1 2 18

भर्खरैको पोष्ट

Sign up for Newsletter !