उपकरण

बेहोस नगराई गरियो मस्तिष्क शल्यक्रिया, फेसुबकमा प्रत्यक्ष प्रसारण

एजेन्सी- मस्तिष्कको सर्जरी संवेदनशील विषय हो। त्यसमाथि पनि यस्तो शल्यक्रिया सचेत अवस्थामामै गरिए कस्तो अनुभव छ होला? यतिमात्र होइन, सचेत अवस्थामा गरिएको मस्तिष्कोको शल्यक्रियाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहे कस्तो अनुभव होला? जो कोहीलाई यस्तो कल्पना गर्न पनि गाह्रो हुन्छ। ठीक यस्तै अनुभव गरेकी छन् २५ वर्षीया जेन्ना सार्टले। उनको मस्तिष्क शल्यक्रियाको प्रत्यक्ष प्रसारण फेसबुकमा गरिएको छ। डल्लासको मेथोडिस्ट मेडिकल सेन्टरमा गरिएको शल्यक्रियामा उनको मस्तिष्कमा रक्तनली गुजल्टिएको थियो। यसले गर्दा उनको बोल्ने शक्तिमा असर पार्नुका साथै छारे रोगसमेत भएको थियो। अमेरिकाको जर्जियास्थित ब्रेन्यु युनिभर्सिटिबाट अकुपेसनल थेरापीमा स्नातकोत्तर गरेकी उनले पुर्नस्थापना अस्पतालमा स्ट्रोकका बिरामीलाई मद्दत गर्थिन्। त्यतिबेलादेखि नै उनलाई पनि स्ट्रोकका लक्षण देखा पर्न थालेका थिए। उनको शल्यक्रिया सुरु गर्नुअघि सार्टलाई डाक्टरहरुले एनेस्थेसियामा राखेका थिए। जब डाक्टरहरु मस्तिष्कमा पुगे, सार्टलाई सचेत अवस्थामा ल्याइयो। उनी बोल्न सक्थिन्, सोधेको प्रश्नको जवाफ दिन्थिन्, आफ्नो मस्तिष्कमा के भइरहेको अनुभव गर्न सक्थिन्। शल्यक्रियाको दौरान सार्टलाई आइप्याड देखाइएको थियो। आइप्याडमा उनले विभिन्न नम्बर, रङ, जनावर र अरु विभिन्न चित्रहरु…

एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो, हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गर्दै ज्याकेट पनि वितरण गरे  काठमाडौं,२८ कात्तिक । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ । काठमाडौंको कलंकीस्थित नेपाल नेसनल हस्पिटल, जहाँ १३ आइसियू र आठ सिसियूसहित एकसय शय्या छन् । व्यापार प्रवर्द्धन गर्न अस्पतालले एम्बुलेन्सचालकसँग बिरामी ‘खरिद’ गर्ने रणनीति अघि सारेको छ । भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर…

विराटनगरको नोवेल अस्पतालमा कृतिम आँखा प्रत्यारोपण

बिराटनगर,२६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।   बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’ बबिता पाँच बर्षकी हुँदा आँखामा…

आगामी वर्षदेखि प्रदेश ५ का सबै  जिल्ला अस्पतालमा आईसियु सेवा पुर्याइने

बुटवल,२५ कार्तिक । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले आगामी आर्थिक वर्षदेखि ५ प्रदेशमा भएका सम्पुर्ण  जिल्ला अस्पतालहरुमा आईसियु सेवा  सञ्चालनमा ल्याउने बताएका छन् । उनले   जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि आइसियु सेवा संचालनमा ल्याउन लागेको बताए। आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा उनले   स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिदै उनले  साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने बताए । मन्त्री बरालले सीमिति औषधि पाउनकै  लागि मन्त्रालयमा धाउन पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।   उनले प्रदेश सरकार स्वास्थ्यकर्मीको सुरक्षाको लागि आफू  सचेत रहेको बताउदै ढुक्क भएर सेवा दिनको लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।उनले  स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने वताए। प्रदेश सभाका सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेयले सबै जनताको पँहुचमा स्वास्थय सेवालाई सहज रुपमा पुर्याउनका  लागि स्वास्थ्यकर्मीहको महत्वपूर्ण भूमिका रहेको वताए । प्रदेश सरकारले सञ्चालन गरेका योजना सफल बनाउँनको…

चिकित्सक र अस्पतालमाथी बढ्दो आक्रमण

काठमाडौँ, २५ कात्तिक  । कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् । विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् । सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ । कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६…

मुगुका स्वास्थ्य संस्थालाई कोरियाको सहयोग, प्रसूतिमा सहज

मुगु,२४ कार्तिक ।   कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ। मुगुका चारवटै स्थानीय तह अन्तर्गतका विभिन्न १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साँझेदार संस्था कणाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए। युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुञ्गेधारा र थार्प वर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाउँपालिकाको नार्थपु वर्थिङ सेन्टरलाई प्रति वर्थिङ सेन्टर रु दुई लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो। स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै १० वटै स्वास्थ्य संस्थामा पुगी पूर्णरुपमा उपकरणको जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबिए तालीम प्राप्त कार्यरत एएनएमलाई तालिम दिइएको छ।…

बालबालिकालाई  रोटाभाइरस विरुद्धको खोप दिइने

काठमाडौँ, ५ कात्तिक । सरकारले आगामी जेठ महिनादेखी बालबालिकामा रोटा भाइरस विरुद्धको खोप  शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न नयाँ खोप शुरु गर्न लागेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले रोटारिक्स नामक  खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने बताउनुभयो  । शर्माले बालबालिकामा देखिने झाडापखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएकोले खोप शुरु गर्न लागेको बताउनुभयो । यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’ गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ । खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो । यो खोप एक जना बच्चाका…

गोरखा स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा खड्का , २७ जिल्लामा रक्तदाता समाज गठन

गोरखा, ३० भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला कार्यसमिति निर्माण गरिएको छ ।   समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्वयंसेवी रक्तदाता रामबहादुर खड्काको अध्यक्षतामा गोरखा जिल्ला कार्यसमिति गठन गरिएको हो ।   गोरखा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष समेत रहनु भएका रामबहादुर खड्काको सभापतित्वमा आयोजित उक्त भेलाले स्वयंसेवी रक्तदाता एवं ११ नं. वडाअध्यक्ष खड्काको अध्यक्षतामा गोरखा जिल्ला स्वयमसेवी रक्तदाता समाज गोरखा जिल्ला गठन गरिएको हो ।   समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले देशभर रगतको अभाव सिर्जना हुने गरेको जानकारी दिदै त्यसको अन्त्यको लागि समाजको नेटवर्कलाई देशव्यापी बनाउँदै लगेको बताउनुभयो ।   गोरखा जिल्लाको उपाध्यक्ष सुरेन लामिछाने,सचिब ज्ञानेन्द्र परेल,कोषाध्यक्ष बिमला थापालाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा झपड बहादुर थापा,ईश्वर बस्नेत,भिम(राजन) प्रसाद काप्री,समिक्षा थापा,भोला भुजेल,रामशरण पोखरेल,कृष्णबहादुर खनाल,दीपक अधिकारी र श्यमकुमार श्रेष्ठ रहनु भएको छ ।   नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखा समेत गरि २७ जिल्लामा बिस्तार भइसकेको छ ।  …

७० हजार व्यक्ति डेंगु संक्रमित

काठमाडौँ, २२ भदौ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ । ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । ‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको हो होइन प्रमाणीकरणको प्रक्रियामा छ । डा. शाहका अनुसार डेंगुको १० प्रतिशत केस मात्र…

पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

पोखरा १८, भदौ ।के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस । यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन् । पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने…

सुरेश वाग्ले क्यान्सर अस्पताल निर्माणका लागि समय थप गर्न उपसमितिको सिफारिस

काठमाडौं,१८ भदौ । स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको उपसमितिले महाराजगञ्जस्थित निर्माणाधीन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्न सिफारिस गरेको छ। उपसमिति संयोजक अञ्जना विसंखेले उपसमितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो । बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेस गर्दै कार्य दलकी संयोजक बिशंखेले भेरिएसन स्वीकृत भई थपिएको समय ९ महिनाभित्र सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । त्यो अवधिमा हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस गरिएको छ, विसंखेले भन्नुभयो,‘ थपिएको समय भित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचीमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा छ।’ कार्यदलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको पनि स्पष्ट पारेको छ। २०६८ साल मंसीर २८ गते…

प्रदेश पाँच सरकारद्धारा स्वास्थ्य नीति तयार , निःशुल्क र आकस्मिक सेवा प्राथमिकतामा

बुटवल, १६ भदौ । पाँच नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य नीति २०७६ को मस्यौदा तयार गरेर लागू गर्ने तयारी गरेको छ । प्रदेश ५ ले २४ रणनीतिसहितको प्रदेश स्वास्थ्य नीति, २०७६ को मस्यौदा तयार गरेको हो । उक्त मस्यौदामा प्रदेशका सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत र आकस्मिक सेवा प्रदान गरिने उल्लेख गरिएको छ । यस्तै सामाजिक बिकास मन्त्रालयले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्ने, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार, औषधि र औषधिजन्य सेवा पु¥याउने लगायतका २४ रणनीति सहितको स्वास्थ्य नीतिको मस्यौदा तयार गरिएको जानकरी दिएको छ । प्रदेश सरकारले तयार गरेको मस्यौदामा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । विद्यमान स्वास्थ्य सेवालाई सुदृढ गर्ने गरी प्रदेशले आफ्नो स्वास्थ्य नीतिको मस्यौदा निर्माण गरेको हो । प्रदेश सरकारले अन्य क्षेत्रमा सफलता हात पारिरहेको दाबी गरिरहेको भन्दै स्वास्थ्यका सूचकहरुमा भने कमजोर रहेको वताएको छ । त्यही कमजोर अवस्था हटाउन प्रदेश सरकार नीति निर्माणमा जुटेको छ । समाजिक विकास…

डेंगु परिक्षणका लागि किटको अभाव हुन दिदैनौ: रेणु दाहाल

चितवन,१६ भदौ । भरतपुर महानगरपालिकाले डेंगुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेंगुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताए। भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो। त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए। महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताए। महानगरप्रमुख दाहालले सम्बन्धित निकायबाट किट उपलब्ध हुन नसकेमा तत्कालका लागि प्रक्रिया पु¥याएर महानगरले व्यवस्था गर्ने जानकारी दिए। उनले भने, ‘किटका कारण सरकारी अस्पतालमा डेंगु परीक्षण रोकिनु हुँदैन।’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किटको अभावमा परीक्षण रोकिएको बताए। आज तीन सय वटा किट टेकुबाट आउने जानकारी दिँदै सो…

भक्तपुरमा १२ जनामा डेङ्गुको संक्रमण

भक्तपुर, १६ भदौ । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो । यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ । कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर…

बिर्सने रोग लागेका मानिसका लागि नमुना घर !

संसारभरि मानिसहरूको आयु लम्बिँदै गएपछि विस्मृति अर्थात् बिर्सने रोग भएका मानिसको संख्या पनि बढ्दै गएको छ । यूकेमा एउटा समूहले त्यस्ता बिर्सिने रोग रोग लागेका मानिसलाई लक्षित गरि घरको नयाँ डिजाइन बनाएको छ । यो घर खुल्ला ढाँचामा बनाइएकाले हिडडुल गर्न सजिलो हुन्छ । घरको भ¥याङ्का ओछ्याइएका कार्पेटहरु हल्का रङ्गका छन् । किनभने गाढा रङ्गले खाडलजस्तो भान पार्न सक्छ । असाध्यै गर्मि हुदाँ झ्यालहरु स्वाचालित रुपमा खुल्छन् । उनीहरुले नबिर्सिउन भनेर प्लगको सकेट माथितिर राखिएका छन् । लफ्बर विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार वैज्ञानिक अनुसन्धानमा आधारित भएर डिजाइनमा परिवर्तन गरिएको हो । यस्तो रङ्गरोेगनले मानिसलाई शान्त बन्न र स्पष्ट देख्न सहयोग पु¥याउँछन् । पर्याप्त प्राकृतिक प्रकाशले जैविक घडीलाई नियमित बनाउँछ । बिर्सने रोग लागेका मानिसमा यो सिस्टम बिग्रिएको हुन्छ । बिर्सिने रोगले मानिसलाई धेरै प्रभावित बनाएको हुन्छ । बिर्सर्ने रोग लागेको मानिसलाई यो घरले उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ । बिरामीको रेखदेखमा लाग्ने रकम जोगिन सक्छ र उनीहरु घरमै लामो समय बस्न…

1 2 13

भर्खरैको पोष्ट

Sign up for Newsletter !