सर्ने रोग

बीपी प्रतिष्ठानमा थपियो नयाँ पीसीआर मेसिन

सुनसरी,१२ मंसिर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परिक्षणका लागी नयाँ पीसीआर मेसिन जडान गरिएको छ ।रोटरी क्लब विराटनगर र रोटरी इन्टरनेसनल अमेरिकाको सहयोगमा प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा मेसिन जडान गरिएको हो । प्रतिष्ठानमा अब तीनवटा पीसीआर मेसिन भएका छन् । माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर प्रा.डा. नारायण भट्टराईका अनुसार नयाँ मेसिनले प्रतिघण्टा एकसाथ ९० नमुना परीक्षण गर्न सक्छ । अमेरिकाको एज्युर कम्पनीले तयार गरेको उक्त मेसिनको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको छ । ‘हामीसँग भएका पीसीआर मेसिनमध्ये एउटा पुरानो हो, बाँकी नयाँ हुन्  । बिहीबारै धरान उपमहानगरपालिकाले ८ केभी क्षमताको वासिङ मेसिन प्रतिष्ठानलाई प्रदान गरेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौ,१२ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या एक हजार चार सय १२ पुगेको छ ।  त्यस्तै, बिहीबार एक हजार ६ सय १४ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ, १२ मङ्सिर । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उहाँ घरमै एकान्तवास बस्नुभयो । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिएन भन्नुभयो । यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहनुभएका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सक्नुुभएको छैन । चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उहाँकी श्रीमती र…

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौं,११ मंसिर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमण बाट निधन भएको छ। उहाँको भैसेपाटिस्थित मेडिसीटी अस्पतालमा निधन भएको हो। उहाँ नेपाल सरकारका पूर्वसचिव समेत हुनुहुन्थ्यो । डा. शाक्य २०७० जेठमा योजना आयोगका उपाध्यक्ष हुनुभएको थियो।

४०८ जना कोरोना संक्रमितको आइसियुु र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं,मंसिर १० । बुधबार देशभर ४०८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ३४५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ४१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन. । यस्तै लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ८ आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्।

बुधबार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिए

काठमाडौं,१० मंसिर । काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित भएका हुन् । योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई÷दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

थप १९४८ जनामा कोरोना संक्रमण

काठमाडौं,१० मंसिर । बुधबार नेपालमा एक हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।

थप २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

काठमाडौं,१० मंसिर । बुधबार नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएका संक्रमित सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने कुल संख्या १३८९ पुगेको छ । यस्तै आज थप एक हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या दुईलाख २६ हजार २६ पुगेको छ। गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १६ लाख ९० हजार ५ सय ९ जना पुगेको छ। हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालले कोरोना खोप खरिद गर्ने, ५० अर्बको कोष खडा

काठमाडौँ, १० मङ्सिर । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले दिनुुभएको छ । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा। गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा। गौतमले भन्नुुभयो, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।” दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने…

४५० संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं,९ मंसिर । मंगलबार देशभर ४५० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु तथा भेन्टिलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जना संक्रमित भेन्टिलेटरमा र ३९३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना छन् । यस्तै भेन्टिलेटरमा ४० जना उपचाररत छन् । यसैगरी लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ६ आइसियु, गण्डकी प्रदेशमा १०२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।

१३६१ कोरोना संक्रमितको मृत्यु

काठमाडौ,९ मंसिर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकहजार ३६१ पुगेको छ । आज थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ। आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। २४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ। आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार थपिए १७९० जना कोरोना संक्रमित

काठमाडौं,९ मंसिर । मंगलबार देशभर एक हजार ७९० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ। आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

काठमाडौं उपत्यकामा थपिए ९४७ संक्रमित

काठमाडौं,मंसिर ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ हजार ७९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। २४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ। आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ।

कोरोना संक्रमणबाट डा. ध्रुब मुडभरीको निधन

काठमाडौं,६ मंसिर । कोरोना भाइरस संक्रमणबाट डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ । शनिबार चावहिलस्थित ओम अस्पतालमा डा. मुडवरीको निधन भएको हो। अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले डा.मुडभरीको कोरोना बाट निधन भएको प्रष्ट पार्नुभयो। शल्य चिकित्सक डा. मुडभरीलाई २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । करिव ७ दिन अस्पतालमा उपचारपश्चात डिस्चार्ज भइ पुन श्वासप्रश्वासमा समस्या देखिएपछि ३ मंसिरमा अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा शनिबार उहाँको मृत्यु भएको हो । डा. मुडभरी ॐ अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

वायु प्रदूषणले कोरोना संक्रमणको थप जोखिम

काठमाडौं ६, मंसिर । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुन्छ ।वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो अर्थात हिउँदमा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । ‘जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ, त्यतिबेला अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने । ह्याम्स अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा राजु पंगेनीले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वास जस्ता दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताउनुभयो । ‘दीर्घरोगी भएकाहरूलाई घर बाहिर निस्किएका व्यक्तिसँग टाँसिएर जाने धूलोको कणले संक्रमण बढाउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता कणमा भाइरसको लोड बढी हुने भएकाले जाडोयाममा इन्फेक्सनको सम्भावना झनै उच्च हुन्छ ।’ विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार…

एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दर्ता गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित

काठमाडौं,१७ कार्तिक । आज काठमाडौं उपत्यकामा एक हजार ६३० जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका २ हजार ९३३ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६३० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९०३ र ललितपुरमा ९ हजार १५१ जना संक्रमित पुगेको छ।  हालसम्म काठमाडौंमा २ सय ४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

थप दुई हजार ९३३ संक्रमित थपिए

काठमाडौं,१७ कार्तिक । देशभर थप दुइ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ। आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

सोमबार थप २४ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ९८४ पुग्यो

काठमाडौं,१७ कात्तिक । सोमबार नेपालमा कोरोना संक्रमण बाट २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका अनुसार गत २४ घण्टामा २ हजार ९३३ जनालाई कोरोना देखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ५ सय २४ सक्रिय संक्रमित छन्।  कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ६९ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्। 

कोरोनाबाट झापाकी स्टाफ नर्स तामाङको मृत्यु

झापा,१७ कात्तिक । कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा कार्यरत एक नर्सको निधन भएको छ । कोरोना संक्रमणबाट झापा,दमककी एक नर्सको मृत्यु भएको हो । दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको दमक नगरपालिकाले जानकारी दिएको छ । उहाँले यसअघि दमकको आम्दा अस्पतालमा लामो समय काम गर्नुभएको थियो । उहाँको आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । त्यस्तै हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको संख्या ४१९ पुगेको छ ।

1 2 39

भर्खरैको पोष्ट

Sign up for Newsletter !