शहरी स्वास्थ्य

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ, १२ मङ्सिर । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उहाँ घरमै एकान्तवास बस्नुभयो । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिएन भन्नुभयो । यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहनुभएका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सक्नुुभएको छैन । चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उहाँकी श्रीमती र…

नेपालले कोरोना खोप खरिद गर्ने, ५० अर्बको कोष खडा

काठमाडौँ, १० मङ्सिर । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले दिनुुभएको छ । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा। गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा। गौतमले भन्नुुभयो, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।” दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने…

वायु प्रदूषणले कोरोना संक्रमणको थप जोखिम

काठमाडौं ६, मंसिर । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुन्छ ।वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो अर्थात हिउँदमा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । ‘जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ, त्यतिबेला अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने । ह्याम्स अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा राजु पंगेनीले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वास जस्ता दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताउनुभयो । ‘दीर्घरोगी भएकाहरूलाई घर बाहिर निस्किएका व्यक्तिसँग टाँसिएर जाने धूलोको कणले संक्रमण बढाउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता कणमा भाइरसको लोड बढी हुने भएकाले जाडोयाममा इन्फेक्सनको सम्भावना झनै उच्च हुन्छ ।’ विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार…

एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दर्ता गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

सोमबार थप २४ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ९८४ पुग्यो

काठमाडौं,१७ कात्तिक । सोमबार नेपालमा कोरोना संक्रमण बाट २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका अनुसार गत २४ घण्टामा २ हजार ९३३ जनालाई कोरोना देखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ५ सय २४ सक्रिय संक्रमित छन्।  कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ६९ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्। 

कोरोनाबाट झापाकी स्टाफ नर्स तामाङको मृत्यु

झापा,१७ कात्तिक । कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा कार्यरत एक नर्सको निधन भएको छ । कोरोना संक्रमणबाट झापा,दमककी एक नर्सको मृत्यु भएको हो । दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको दमक नगरपालिकाले जानकारी दिएको छ । उहाँले यसअघि दमकको आम्दा अस्पतालमा लामो समय काम गर्नुभएको थियो । उहाँको आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । त्यस्तै हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको संख्या ४१९ पुगेको छ ।

आइतबार थपिए दुई हजार ८२४ जना कोरोना सङ्क्रमित, कुल संख्या एक लाख ७३ हजार ५६७

काठमाडौं,१६ कात्तिक । नेपालमा शनिबार कोरोना भाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको बताएको छ। हाल ३७ ह्जार ७६५  जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

स्वास्थ्य वीमा बोर्डमा रिक्त तीन सदस्य मनोनित

काठमाडौँ, १६ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य वीमा बोर्डमा तीन जना सदस्य मनोनित गर्नुभएको छ। यस अघि पनि ढकालले डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनित गर्नुभएको थियो। मन्त्री ढकालका प्रेस सल्लाहकार माधब प्रसाद तिवारीले दिनुभएको जानकारी अनुसार आज मनोनीत हुने तीन सदस्यमा तारा शाह सप्तरी, इन्द्रकला राई सुनसरी र टीका चापागाईँ मोरङ हुनुहुन्छ । उनीहरुको पदावधी चार बर्षको हुनेछ ।

कोरोनाको उपचार गर्न टेकु अस्पतालमै १५ हजारसम्म तिर्नुपर्ने,सुरुमै ५० हजार धरौटी राख्नुपर्ने

काठमाडौं,१६ कार्तिक । टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोरोनाको उपचार गतेबापत दैनिक १५ हजार सम्म तिर्नुपर्ने भएको छ। अस्पतालले सूचना जारी गर्दै सामान्य बिरामीको तीन हजार ५०० र आइसियुमा उपचार गर्ने बिरामीको हकमा १५ हजार तिर्नुपर्ने जानकारी दिएको छ। कोरोनाको उपचार गर्न सुरुमै धरौटी जम्मा गर्नुपर्ने हुन्छ। आईसीयूमा भर्ना हुनका लागि ५० हजार धरौटी रकम तोकिएको छ। यस्तै भेन्टिलेटरबिना आइसीयूमा राखेको र क्याबिन आइसोलेसनमा दैनिक ७ हजार ५ सय शुल्क लाग्ने छ । यसका लागि बिरामीले भर्ना हुनुअघि ३० हजार धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ।  मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राखेको दैनिक ३५ सयका दरले शुल्क लाग्ने छ। भर्ना हुनका लागि २० हजार धरौटी तोकिएको छ।  विपन्न, जेष्ठनागरिक, अति अपांग, अशक्त, एकल महिला लगायतलाई १० प्रतिशतदेखि शतप्रतिशतसम्म निकुल्क उपचार गरिने अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको अध्ययन: ४७ पालिका कोरोनाको उच्च जोखिममा

काठमाडौं,१६ कार्तिक । दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ । सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो ।  सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट…

कान्तिबाल अस्पतालका २० डाक्टर सहित ७० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं,१५ कात्तिक । कान्ति बाल अस्पतालमा हालसम्म २० जना चिकित्सक सहित ७० जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कान्ति बाल अस्पतालमा हालसम्म २० जना चिकित्सक सहित नर्स,कर्मचारी गरी ७० जना भन्दा बढीलाई कोरोना पुष्टि भइसकेको जानकारी दिनुभयो । बालरोग विशेषज्ञ डा. पौडेलले अस्पतालमा अहिले पनि १० जना सक्रिय कोरोना संक्रमित चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु रहेको जानकारी दिनुभयो । डा. पौडेलले कतिपय डाक्टर, नर्सहरु कोरोनामुक्त भइसकेको जानकारी दिदै केही डाक्टर नर्सहरु भने अझै उपचाररत रहेको बताउनुभयो । उहाँले दैनिक एक,दुई जना चिकित्सक तथा नर्सलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । जाडो मौसममा बालबालिकालाई जोगाँउ डा. पौडेलले चिसो मौसममा बालबालिकाहरुलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले जाडोमा टन्सिल,ब्रोनकाइटिस,स्वासप्रस्वास जस्ता समस्या देखिने भएकोले अति सतर्कता अपनाउनुपर्ने बताउनुभयो । जाडोमा शरीरमा सुख्खापन हुने र शरीरको श्वासप्रश्वास प्रणालीमा हुने कोषिकाहरु कम सक्रिय हुँदा शरीरमा लामो समयसम्म कोरोनाभाइरस रहने बताउनुभयो ।

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं,१५ कार्तिक । काठमाडौं उपत्यकामा १ हजार ३५७ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ५७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।  संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। 

प्रदेश १ का चार अस्पतालमा थप सातजना संक्रमितको मृत्यु

विराटनगर, १४ कार्तिक । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा चार अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा थप ६ जना र धरानमा १ जना गरि सातजनाको पछिल्लो २४ घण्टाको अवधीमा मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा एकजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजनाको मृत्यु भएको हो । नोवेल मेडिकल कलेजमा उर्लाबारी– १ की ६६ वषीय महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । प्रवन्धक दाहालका अनुसार १२ कातिकमा भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको हो । मोनियाको समस्या देखिएका वृद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका – १० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएको थियो । उनी सोही दिन नोबेलमा भर्ना भएकी…

नेपालगञ्ज मेडिकल कलेजमा ७० वर्षीय संक्रमित बृद्धको मृत्यु

नेपालगञ्ज,१५ कात्तिक । कोरोना भाइरसका कारण बिरामी भई बाँकेमा उपचार गराइरहेका दाङका एक ७० बर्षका बृद्धको शनिवार विहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४, का ७० वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार बिहान ५ः०० बजे मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ११ गते कोहलपुर अस्पतालको आइसियुमा उनलाई भर्ना गरिएकोमा १२ गते कोरोना संक्रमण देखिएको बताउनुभयो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले कोरोना पुष्टि भएपश्चात् उहाँलाई अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार शुरु गरिएकोमा शनिबार मृत्यु भएको जानकारी दिनुभयो ।

वीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरान,१५ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोडिभ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरीगञ्जका ७३ बर्षीय पुरुष हुनुहो। उहाँलाई कार्तिक ६ गते संक्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले संक्रमित पुरुषको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको जानकारी दिनुभयो।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यकी छोरीद्वारा प्जाज्मा दान,७६ वर्षीया बृद्धाको उपचार हुँदै

काठमाडौं,१५ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले कोराना संक्रमित बिरामी बचाउनलाई प्लाज्मा दान गर्नुभएको छ। छोरी शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गर्नुभएको हो। उहाँले कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन प्लाज्मा दान गरेको बताउनुभयो। कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकालाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले उहाँले प्जाज्मा दान गर्नुभएको हो। पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गरारहेकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ।

६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर,१५ कार्तिक । भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। हालसम्म ६ कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो।  शुक्रबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएपछि यो संख्या ६ पुगेको हो। मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा ८ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।  होम आइसोलेसनमा नै मृत्यु भएकी ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको प्रमुख मिजारले जानकारी दिनुभयो। रासस

काठमाडौं उपत्यकामा एकैदिन थपिए १८८८ जना संक्रमित

काठमाडौं,१४ कात्तिक । शुक्रबार काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर तिन हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्। 

थप १६ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ९२० पुग्यो

काठमाडौं,१४ कार्तिक ।  शुक्रबार नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। 

देशभर थपिए तीन हजार ५१७ जना कोरोना संक्रमित

काठमाडौं, १४ कार्तिक ।  शुक्रवार देशभर तिन हजार ५१७ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।  मन्त्रालयका अनुसार देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

1 2 61

भर्खरैको पोष्ट

Sign up for Newsletter !