औषधी बजार

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा. शेखको निधन

काठमाडौं ४ पुस। औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा. अश्फाक शेखको ८० वर्षको उमेरमा निधन भएको छ। विभागका पूर्वमहानिर्देशक पान बहादुर क्षत्रीले डा. शेखले निधन भएको पुष्ठि गर्नुभयो । विभागमा वि.सं. २०४६ सालभन्दा अगाडीदेखि २०५७ सालमम्म शेख महानिर्देशकको जिम्मेवारीमा रहनुभएको थियो।

खोप किन्नका लागि सहयोग गर्न सरकारको आग्रह

काठमाडौं,२९ पुस। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्ध खोप खरिद गर्नका लागि आर्थिक सहयोग संकलन गर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरि खोप कोषमा सहयोग गर्न दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवं सामाजिक र परोपकारी संस्थालगायतसँग सहयोग मागेको छ ।  निकट भविष्यमा खोप आउने सम्भावना प्रवल रहेको र लक्षित समहहरुलाई निःशुल्क खोप उपलव्ध गराउन आवश्यक तयारी भइरहेको जानकारी उक्त सूचनामा उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को  कार्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्विकृती प्राप्त भएको खोप खरिद गरि लक्षित समूहहरुलाई निःशुल्क खोप उपलव्ध गराउन ठुलो रकमको आवश्यक पर्ने भएकाले कोषमा सहयोग गर्न अपिल गरिएको सूचनामा भनिएको छ ।  कोषमा जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने र कोषको आय व्यव लेखा प्रणालि मार्फत राखिनुका साथै लेखा परीक्षण गरिने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक,टेकुमा १७००१००१०२०६०००० खाता नम्वरमा रकम जम्मा गर्न सकिनेछ । 

नेपाल औषधी लिमिटेडले नेतृत्व पायो, महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त

काठमाडौँ,२२ पुस। सरकारले नेपाल औषधी लिमिटेडको महाप्रवन्धकको पदमा रौतहटका मोहम्मद सफिउल्लाहलाई नियुक्त गरेको छ। बुधबार बसेको बाणिज्य,आपूर्ति तथा उधोग मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार मोहम्मद सफिउल्लाह नियुक्त गरेको हो । महाप्रवन्धक पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरेको थियो। मन्त्रालयद्धारा गठित महाप्रबन्धक छनोट तथा सिफारिस समितिले ह्वाङ्दी ८, गुल्मीका अर्जुन अर्याल, राजपुर २, रौतहटका मोहम्मद सफिउल्लाह र महालक्ष्मी ८, ललिपुरका राजकुमार थापा गरी ३ जनालाई महाप्रबन्धकको पदमा सिफारिस गरेको थियो । तीन जना मध्यबाट सफिउल्लाह नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा नियुक्त हुनुभएको हो।

फाइजरको भ्याक्सिन लगाएकी स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ। ४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्। उनी दुई बच्चाकी आमा हुन्। डेलिमेलमा छापिएको समाचार अनुसार फाइजरको भ्याक्सिन लगाएपछि उनमा कुनै साइड इफेक्ट भने देखिएको थिएन। सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको हालत सामान्य नै रहेको बताएका छन्। तर, उनले आफ्नी छोरीको मृत्यु के कारणले भएको हो भन्ने जान्न खोजेको बताएका छन्। उनले ३० डिसेम्बरमा भ्याक्सिन लगाएको बताइएको छ। एजेन्सीको सहयोगमा

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

लण्डन। बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ। बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ। सङ्क्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ। अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ।  यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ। यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन्। प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ। साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ। बेलायतको यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका…

क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि गुणस्तरहीन

काठमाडौं,७ पुस। नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टिएसि टु— ०१५ को असिफिक्स (रेब्राजोल सोडियम) २० एमजीको ट्याब्लेट विक्री विवरणमा रोक लगाइएको छ। असिफिक्स ट्याब्लेटको प्रयोगको पेटको अल्सर तथा पेट फुल्दा प्रयोग गरिन्छ।औषधि व्यवस्था विभागले एक औषधिको विक्री–वितरणमा रोक लगाएको सूचना प्रकाशित गरेको छ। नियमित बजार अनुगमन तथा गुणस्तर परीक्षणका क्रममा गुणस्तरहीन पाइएका ती औषधि बजारबाट फिर्ता गर्न विभागले सम्बन्धित कम्पनी तथा आयातकर्तालाई निर्देशन दिएको हो। उल्लेखित उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ।

कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा

बीबीसी । यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्। नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्। आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्। देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ। पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ। यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बताएको छ। कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन। तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन्। यसै महिनाको शुरूतिर केही नमुनाहरू…

फार्मेसी परिषदद्धारा नाम दर्ता प्रमाणपत्र वितरण सुरु

काठमाडौं,२६ मंसिर । नेपाल फार्मेसी परिषदले सञ्चालन गरेको १५ औं नाम दर्ता परीक्षाको नाम दर्ता प्रमाणपत्र शुक्रबारदेखि वितरण सुरु गरेको छ । डिप्लोमाका करिब ४ सय र ब्याचलरका २ सय ४५ जना फार्मासिस्टलाई प्रमाणपत्र वितरण गर्न लागेको परिषदका रजिस्ट्रार संजीव कुमार पाण्डेले जानकारी दिनुभयो। कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय रुपमा सञ्चालन भएको थियो। लकडाउन र कोरोना महामारी नभएको भए फार्मेसी परिषदको परीक्षा चैत र साउनमा सञ्चालन हुने गर्थ्यो। परिषदले चाररचार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।

अब एन्टिजेनबाट कोरोना परीक्षण,२० मिनेटमा रिपोर्ट आउने

काठमाडौं,१५ मंसिर । आजबाट एन्टिजेन विधिमार्फत कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको बताएको छ । पहिलो चरणमा तीनहजार पाँचसयजनाको एन्टिजेनबाट कोरोना परिक्षण गरिनेछ । सोमबार पाँचसय जनाको परिक्षण गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं महानगर क्षेत्रका हटस्पट क्षेत्रमा कोरोना परिक्षण गरिनेछ । ती क्षेत्रहरुमा कोटेश्वर,विशालनगर,चाबहिल,मित्रपार्क,बालाजु लगायत छन् । उहाँले एन्टिजेनबाट २०,२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताउनुभयो । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो ।

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा स्वास्थ्य क्षेत्रबाट हमाल विजयी

काठमाडौ,१४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएकाे चुनावबाट केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधि  केमसानका पुर्व अध्यक्ष भक्त बहादुर हमाल निर्वाचित हुनुभएको छ। हमालले एकसय एक मतमा  ६२ मत प्राप्त गरि विजयी हुनुभएको हो। चन्द्र प्रसाद ढकालको समुहबाट वस्तुगत तर्फ  कार्यसमिति सदस्यमा स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान)को प्रतिनिधित्व गर्दै  केमसानका पुर्व अध्यक्ष भक्त बहादुर हमालले उम्मेदवारी दिनुभएको थियो। १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भएका छन्।  यी हुन् विजयी उम्मेदवार नरेश लाल श्रेष्ठ ७२ सुमित कुमार केडिया ६६ आकाश अधिकारी ४९  प्रकाश सिंह कार्की ५७  भक्त बहादुर हमाल ६२  सुबोध कुमार गुप्ता ५०  हेमराज ढकाल ५५ अरनिको राजभण्डारी ६४ गोबिन्द ढुंगेल ५० मनिष लाल प्रधान ६० मीनमान श्रेष्ठ ६७ विष्णु प्रसाद गैरे ५१ सन्दिप कुमार अग्रवाल ५१ सुकुन्तलाल हिराचन ५५

नेपालले कोरोना खोप खरिद गर्ने, ५० अर्बको कोष खडा

काठमाडौँ, १० मङ्सिर । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले दिनुुभएको छ । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा। गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा। गौतमले भन्नुुभयो, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।” दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने…

नागरिकको स्वास्थ्य उपचारबाट राज्य पन्छिन मिल्दैन

काठमाडौं,४ कात्तिक । नागरिक अगुवाहरूले नेपाली जनताले उपचार पाउने संवैधानिक हकबाट राज्य पन्छिन नमिल्ने बताएका छन् । मंगलबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै विभिन्न क्षेत्रका ५३ जना नागरिक अगुवाले यस्तो धारणा राखेका हुन्। नेपालको संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख राज्य व्यवस्था हुने र संविधानद्वारा प्रत्याभूत मौलिक हक र सम्मानित सर्वोच्च अदालतले हालै सरकारको नाममा जारी भएको परमादेश विपरीत हुने गरी हालै सरकारले कोभिड–१९ को परीक्षण र उपचार खर्च सरकारी संक्रमितले नै व्यवहोर्नु पर्ने निर्णय गरेको थियो। संविधानको धारा ३५ को उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था र सोही धाराको उपधारा ३ मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने व्यवस्था छ। त्यसै गरी जनस्वाथ्य सेवा ऐन, २०७५ मा सरुवा रोगलाई पनि आधारभूत स्वास्थ्य सेवा अन्तर्गत राखिएको छ। नागरिक तथा सामाजिक संघसंस्थाहरु, महासंघ तथा संजालको तर्फबाट १। जितराम लामा…

कोरोना भाइरस खोप: बढी उमेरका मानिसलाई खोप दिने काम किन कठिन

कोभिड-१९ विरुद्ध खोप तयार भएको कल्पना गरौँ। खोप बनेको अवस्थामा विश्वनेताहरूसँग त्यो कसरी मानिसहरूसम्म पुर्‍याउने भन्नेबारे विकल्पहरू हुनेछन्। जस्तै बिरामीको समीपमा हुने नर्स, डाक्टर र स्याहारमा खटिने कर्मचारीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने मानिसहरूलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने हुन्छ। तर त्यसो गर्न सजिलो छैन। ज्येष्ठ उमेर समूहका मानिसलाई खोप दिनु सहज कुरा हैन। क्यानडाको यूनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ भन्छन्: "बूढाबूढीका लागि सोचेर बनाइएका खोपहरू हामीसँग निकै कम छन्।" "गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।" सत्तरी वर्ष लागेपछिका मानिसलाई दिइने दाद भने एउटा अपवाद हो। वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्यूमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक-दुईवटा खोपहरू छन्। अन्यथा रोगप्रतिरक्षासम्बन्धी विज्ञान बालबालिकाको पक्षमा बढी ढल्किएको छ। बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ," सरिफले भने। "तर युवा, अधबैँसे र बूढाबूढीमा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन।" जटिल पक्ष ज्येष्ठ नागरिकमा खोप दिने कामको जटिलता बुझ्न हामीले उनीहरूको प्रतिरक्षा प्रणालीको फरकपन बुझ्नुपर्छ। धेरैजसो…

कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति

काठमाडौं,३० असोज । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि कोरोनाको उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न स्वास्थ्य मन्त्रालयले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतीय कम्पनी सिप्लाबाट उत्पादिन रेम्डेसिभिर ल्याउने आधिकारिक एजेन्सी यति फर्माकेम डिस्ट्रीव्युटरर्स प्रालि, माइलन ल्यावरोटोरिजबाट उत्पादित रेम्डेसिभिर ल्याउने एजेन्सी सिनर्जी ओभरसिज प्रालि र हिटेरो कम्पनीको औषधि ल्याउने भिगोविस लाइफस सान्इस लिमिडेटलाई तोकेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने उल्लेख छ । उक्त पत्रमा उक्त तीन कम्पनीका प्रमुखहरुको नाम र मोबाईल नम्बर सहित उल्लेख गरिएको छ । मन्त्रालयले जारी गरेको सूचना ः

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त

काठमाडौं,२९ असोज । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । भट्टराई केही समय अघि मात्र ११ औं तहमा बढुवा हुनुभएको थियो । यसअघि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल हुनुहुन्थ्यो । भट्टराई बिहीबार मन्त्रालयबाट महानिर्देशकको पत्र पाउनुभएको हो । निवर्तमान महानिर्देशक ढकालको सरुवा विभागअन्तरर्गतकै राष्ट्रिय प्रयोगशालामा भएको छ ।

थप नौं कम्पनीको ह्यान्ड स्यानिटाइजरमाथि प्रतिवन्ध

काठमाडौँ,१२ असोज । औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीको ह्यान्ड स्यानिटाइजर माथि प्रतिवन्ध लगाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा मानव स्वास्थ्यलाई हानी गर्ने विषाक्त रसायन मिथानोलको मिश्रण भएको पाइएकोले ति ह्याण्ड स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको विभागले जनाएको छ । जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर सर्वसाधारणलाइए प्रयोग नर्गन विभागले अनुरोध गरेको छ। सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्न र नगराउन निर्देशन समेत दिएको छ।

देउराली जनताद्धारा कोरोना उपचारका लागि औषधि उत्पादन सुरु

काठमाडौं,७ असोज । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरस (कोभिड १९) उपचारका लागि आवश्यक औषधि पहिलो पटक नेपालमा उत्पादन सुरु गरेको छ । फर्मास्युटिकल्सले फाभिर २०० एमजि ट्याबलेटको उत्पादन सुरु गरेको जानकारी दिएको छ । कोभिड १९ संक्रमण क्रमशः बढ्दै जाने देखिएकोले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराविर ओरल ट्याब्लेट्स एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड १९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको छ । देउराली जनताले हालसम्म यो औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड १९ को उपचारका लागी अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरिसकेको जानकारी दिएको छ । कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा बिगत तीन दशकदेखि नेपालमा औंषधि उत्पादन गर्दै आएको आफूले आफ्नो दायित्व बोधगरि कोभिड९१९ बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भनेर यो औषधि उत्पादन सुरु गरेको उद्योगले जनाएको छ । सरकारबाट उत्पादनको अनुमति लिई…

यी १५ अस्पतालबाट निशुल्क उपचार गर्न पाईने

काठमाडौँ,७ असोज । विपन्न वर्गलाई आकस्मिक उपचार निशुल्क गर्नुपर्ने सरकारको नीति अनुसार सरकारले देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको हो  । पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरु गरेको छ । सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा निशुल्क आकस्मिक सेवा दिने घोषणा गरेको थियो । गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको हो । अकस्मिक उपचार निशुल्क दिनुपर्ने अन्य अस्पतालहरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा गरिब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा…

कोरोना बीमा अब ‘कोरोना बीमा’ रहेन

  काठमाडौँ, १ असोज। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को लक्षण र उपचारबारे विश्व नै अन्योल छ । नेपाल पनि त्यसबाट अलग छैन । कोरोनाको क्षति न्यूनीकरण गर्ने प्रयास पनि आआफ्नै ढङ्गबाट हुने गरेको छ । त्यसमा पनि नेपालले कोरोना बीमाको आफ्नै ढाँचा बनाएर काम गरेको छ तर कोरोना बीमा अहिले आफैँमा बीमाको खोजीमा पुगेजस्तो भएको छ ।सञ्चालनमा आएको पाँच महिना नपुग्दै कोरोना बीमा कोरोना बीमा रहेन । नाममा कोरोना बीमा छ तर त्यो बन्द भएर स्वास्थ्य बीमाका रूपमा परिणत भएको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेखलाई संशोधन गर्दै कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमाजस्तै बिलका आधारमा दाबी भुक्तानी गर्नेगरी संशोधन गर्दा त्यसको मौलिक रूप रहेन ।समितिले २०७७ साल वैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसीमा पीसीआर पोजेटिभ पुष्टि भएको अवस्थामा १०० प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरको थियो तर देशमा कोरोनाको महामारी अझ तीव्र बन्दा कोरोना बीमा गर्नेको सङ्ख्या बढ्दै र भुक्तानीको दाबी पनि…

फार्मेसी काउन्सिलले प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्ने

काठमाडौं,२८ भदौ । नेपाल फार्मेसी परिषदले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको छ । कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय सञ्चालन गर्न काउन्सिलले सूचना जारी गरकोे छ । परिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी सुरक्षा निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्न लागिएको जनाएको छ। असोज १० गते बागमती प्रदेशको काठमाडौंमा, १४ गते प्रदेश ५ को बुटवलमा, १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपालगञ्जमा परीक्षा सञ्चालन हुनेछ। यस्तै, असोज २० गते प्रदेश १ को विराटनगरमा, २३ गते गण्डकी प्रदेशको पोखरामा र २७ गते प्रदेश २ को जनकपुरमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ। परिषदका रजिष्ट्रार सञ्जिव पाण्डेलेपरीक्षाको प्रवेश पत्र असोज ६ गतेबाट वितरण गरिने बताउनुभयो । काठमाडौंमा एकै पटक परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले प्रदेश अनुसार परीक्षा सञ्चालन गर्न लागिएको हो । १५ औं लाइसेन्स परीक्षामा ब्याचलर फार्मेसी तर्फ ७ सय ४ र डिप्लोमा फार्मेसी तर्फ ९ सय ३ गरी १…

1 2 15

भर्खरैको पोष्ट

Sign up for Newsletter !