आर्टिकल

कोरोना विजेता स्वास्थ्यकर्मी

  विराटनगरस्थित एक अस्पतालमा कार्यरत एकजना नर्स कोरोना सङ्क्रमित भएर यतिखेर निको भइसक्नुभयो । पाँच वर्षअघिदेखि उहाँ विराटनगरको उक्त अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँको गुनासो सुन्दा लाग्छ कोरोना सङ्क्रमित हुनु भनेको ठूलो पाप नै गर्नु हो । अस्पतालका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँलगायत अस्पतालमा कार्यरत व्यक्तिहरूको स्वाब सङ्कलन गरिएको थियो । त्यहीबेला उहाँलाई कोरोना पोजेटिभ देखियो । कुनै लक्षण नभएपछि उहाँलाई ‘होम आइसोलेसन’मै बस्ने रहर थियो तर त्यतिबेलाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमले उहाँ जबर्जस्ती अस्पतालमै बस्नुपर्याे । परिवारलाई भनिनँ दश दिनको अस्पताल बसाइमा उहाँले आफ्नै साथीहरू अर्थात् स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार पाउनुभएन । स्वास्थ्यकर्मीको व्यवहारले दिक्क भएपछि उहाँलगायत अन्य सङ्क्रमितले कोशी अस्पताल अन्तर्गतको कोभिड अस्पतालका प्रमुखसमक्ष उजुरी नै गर्नुप¥यो । उजुरीपछि उनीहरूको व्यवहार सुध्रिँदै गयो । उहाँले आफ्नो कोरोना अनुभव सुनाउँदै भन्नुभयो, ‘सङ्क्रमित स्वास्थ्यकर्मीलाई त उपचारमा खटिने स्वास्थ्यकर्मीबाटै घृणा हुन्छ भने अरू सङ्मितले कस्तो व्यवहार भोग्नुपरेको होला !’ आफ्नै साथीभाइको व्यवहार यस्तो भएपछि उहाँले आफू सङ्क्रमित भएको कुरा श्रीमान्बाहेक…

१८ महिनाको बालकसहित १२ जनामा कोरोना पोजेटिभ

चितवन,२४ भदौ । चितवनमा १८ महिने बालक सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको चछ । २५७ जनाको नमुना परीक्षण गर्दा १८ महिनाको बालकसहित १२ जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले बधुबकार विहान सार्वजनिक गरेको विवरणमा १८ महिने बालकलाई समेंत कोरोना पुष्टि भएको जनाइएको छ ।  भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । यस्तै  संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भंंएको छ । यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ

कोरोना समुदायमा फैलियो भने जटिल रुप लिन सक्छ,सतर्कता अपनाउ: डा. वासुदेव पाण्डे

काठमाडौँ, २ भदौ । कतिपय चिकित्सकहरु तराइमा कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिसकेको बताउँछन् । त्यसोत काठमाडौंमा पनि दिनदिनै संक्रमितहरुको संख्या बढीरहेको छ । दिनहुँजसो डाक्टर, नर्स तथा अस्पतालका अन्य कर्मचारीहरुमा कोरोना भाइरस देखिरहेको छ । तीनदिन यता त्रिवि शिक्षण अस्पतालमा एक दर्जन बढी स्वास्थ्यकर्मीहरुलाई कोरोना देखिइसकेको छ । त्यस्तै वीर अस्पतालका चिकित्सक, गंगालाल अस्पतालका चिकित्सक तथा नर्स, प्रसूति गृहका चिकित्सकहरुमा समेत कोरोना देखिसकेको छ ।                   नेपालभर चारसय भन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । शनिबार पनि उपत्यका र उपत्यका बाहिरका केही अस्पतालका डाक्टर , नर्स सहित अन्य स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना देखियो । दिनहुँ यसरी डाक्टर, नर्सलाई समेत कोरोना देखिदै गएपछि जनमानसमा नराम्रो असर पर्न गएको छ । के अब काठमाडौमै कोरोना समुदायस्तरमा देखिएको हो त ? केही जनस्वास्थ्यविदहरु कोरोना समुदायमा फैलिसकेको चर्चा गर्न थालेका छन् भने केही जनस्वास्थ्यविद अहिलेसम्म कोरोना फैलिनसकेको तर समुदायमा फैलनसक्ने भन्दै सतर्कता अपनाउनुपर्ने बताइरहेका छन्   इपिडिमियोलोजी तथा…

जनसम्पर्क कार्यालयमा कोरोनाको संक्रमण बढ्दो

हेटौँडा, २भदौ । गत साउनयता बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर बढेसँगै उच्च अधिकारीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । जनसम्पर्कमा रहने जनप्रतिनिधिदेखि प्रशासकसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउनपुर १२ का वडाध्यक्षदेखि बाग्मती प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिवसम्ममा कोरोना सङ्क्रमण पुुष्टि भएको छ । उच्च सुरक्षा अधिकारी, चिकित्सक, बैङ्कर लगायतमा कोरोना भाइरस सङ्क्रमण भएपछि उच्च अधिकारीहरू कोरोना जोखिममा रहेको पुष्टि भएको हो । प्रशासकहरू उच्च सतर्कता अपनाउँदै नारायणगढ समाचारदाताका अनुसार भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीलाई कोरोना पुष्टि भएसँगै टे«सिङमा परेका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लाका उच्च पदस्थ व्यक्तिले थप सतर्कता अपनाउँदै आफ्नो काम गर्न थाल्नुभएको छ । टे«सिङमा परेर उच्च जोखिममा रहनुभएका जिल्लाका महŒवपूर्ण व्यक्तिले सेल्फ क्वारेनटाइनबाटै दैनिक कामकारबाही थाल्नुभएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको हटस्पर्ट बनिरहेको भरतपुर अस्पतालका मेसु डा. तिवारीसँग प्रजिअ भट्टराई लगायतका व्यक्तिको पटक–पटक बैठकमा सहभागी हुँदै आउनुभएको थियो ।…

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेकोमा चार जनालाइ कोरोना पुष्ठि भएको जानकारी दिनुभयो। उहाँले ती कर्मचारीलाई आइसोलेसनमा राखिसकेको जानकारी दिदै संक्रमित कर्मचारीको सम्पर्कमा आएका ब्यक्तिको पहिचान हुन बाकी रहेको बताउनुभयो ।

कोरोना परीक्षणका लागि २० संस्थाको निवेदन

काठमाडौं,१५ साउन । उपत्यकामा रहेको सरकारी र गैरसरकारी संस्थाले नमूना परीक्षणका लागि महाशाखामा निवेदन दिएका छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले २० भन्दा बढी सङ्घ संस्थाले आफ्ना कर्मचारीको नमूना परीक्षणका लागि निवेदन दिएको बताउनुभयो । उहाँका अनुसार सरकारी कार्यालय, बैंक, खेलकूद सङ्घ, उद्योग प्रतिष्ठानले परीक्षणका लागि निवेदन दिएका छन् । अहिले २९ प्रयोगशालाबाट तीन लाख ५८ हजार ३४४ जनाको नमूना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जना सङ्क्रमित रहेकोमा १४ हजार २१ जना पूर्ण रुपमा निको भइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ । रासस

तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

पर्वत, २९ कात्तिक। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको छ । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन । गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान…

चिकित्सा शिक्षामा अतिरिक्त शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन

काठमाडौँ, कात्तिक २९ गते । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा निल्नु न ओकल्नु भएको छ । सरकारी निर्णयसमेत समयमा कार्यान्वयन नहुँदा निराशा छाएको छ । मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्ने सुरसारै गरेका छैनन् । सरकारले तोकेभन्दा मेडिकल कलेजहरूले विद्यार्थीसँग पाँच लाखदेखि २२ लाख रुपियाँसम्म बढी शुल्क लिएका छन् । शुल्क फिर्ता गराउन विद्यार्थी चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै आन्दोलित भए पनि प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क फिर्ता दिन गरेको निर्णय पनि अझै कार्यान्वयनमा आएको छैन । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले सरकारले तोकिएको शुल्कभन्दा २२ लाख रुपियाँसम्म बढी शुल्क उठाएकै कारण विद्यार्थी आन्दोलित हुनु परेको जानकारी दिनुभयो । केही समयअघि चितवनस्थित नेसनल मेडिकल कलेजका छात्रलाई छात्रावासमा गएर कुटपिट गरेको घटनासमेत सार्वजनिक भयो । कलेजले बढी शुल्क लिएको घटना सार्वजनिक…

एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो, हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गर्दै ज्याकेट पनि वितरण गरे  काठमाडौं,२८ कात्तिक । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ । काठमाडौंको कलंकीस्थित नेपाल नेसनल हस्पिटल, जहाँ १३ आइसियू र आठ सिसियूसहित एकसय शय्या छन् । व्यापार प्रवर्द्धन गर्न अस्पतालले एम्बुलेन्सचालकसँग बिरामी ‘खरिद’ गर्ने रणनीति अघि सारेको छ । भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर…

के हो निमोनिया ? बालबालिकालाई कसरी जोगाउने ! निमोनियाको  लक्षण  र बच्ने उपाय सहित

निमोनिया रोग भनेको के हो? हाम्रो अाखाले  नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ। निमोनिया रोगको समस्या निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो। श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्? साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा…

नसर्ने रोगको अवस्था भयावह

काठमाडौँ, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२…

चिकित्सक र अस्पतालमाथी बढ्दो आक्रमण

काठमाडौँ, २५ कात्तिक  । कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् । विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् । सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ । कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६…

मुगुका स्वास्थ्य संस्थालाई कोरियाको सहयोग, प्रसूतिमा सहज

मुगु,२४ कार्तिक ।   कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ। मुगुका चारवटै स्थानीय तह अन्तर्गतका विभिन्न १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साँझेदार संस्था कणाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए। युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुञ्गेधारा र थार्प वर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाउँपालिकाको नार्थपु वर्थिङ सेन्टरलाई प्रति वर्थिङ सेन्टर रु दुई लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो। स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै १० वटै स्वास्थ्य संस्थामा पुगी पूर्णरुपमा उपकरणको जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबिए तालीम प्राप्त कार्यरत एएनएमलाई तालिम दिइएको छ।…

संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो: डा. केसी

डडेलधुरा,२३कार्तिक।दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा. केसी बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरूका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो, ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा. केसी भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।’डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’ जुन अधिकार जनताका नाममा नेताले सहजै उपभोग गरिरहेका छन्, त्यो अधिकार सर्वसाधारणले नपाएको डा. केसीको…

६३ जिल्लामा फैलियो स्क्रब टाइफस : यो वर्षमा मात्रै ३ जनाको निधन

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ । स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३०…

पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

पोखरा १८, भदौ ।के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस । यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन् । पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने…

दतिवनको औषधीय महत्व के छ ? यसका फाइदा के हुन् ?

काठमाडौं,१७ भदौ । दतिवन एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ। छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ। यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउमा मलहमको रूपमा लगाउन सकिन्छ। कुकुर, सर्प र बिच्छीले टोकेको ठाउामा दतिवनको पातको रस तुरुन्तै लगाइदिदा विष शरीरभित्र छिटो फैलन पाउदैन। उपचार केन्द्र लैजादा गर्दा यो घरेलु उपाय प्रयोग गर्न सकिन्छ। दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ। त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ। मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स(साना टुक्रा पारी पिसाबबाट…

आइओएम डिन कार्यालय र परिक्षा शाखामा तालाबन्दी

काठमाडौँ,१६ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा  तालाबन्दी गरेको छ । आन्दोलनरत विद्यार्थीले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिन माग गर्दै तालाबन्दी गरेका हुन् ।    ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ । विश्वविद्यालय र प्रतिष्ठानहरूले पुरानै तरिकाबाट भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । दुई विश्वविद्यालयअन्तर्गत डिन कार्यालयका परीक्षा शाखामा समेत तालाबन्दी गरिएका कारण प्रवेश परीक्षा प्रभावित हुने सम्भावना बढेको छ । आईओएमले भदौ २१ देखि २३ लाई एमबीबीएसलगायत विषयका प्रवेश परीक्षाको समय तालिका तोकेको छ । स्कुल अफ साइन्सले असोज पहिलो सातालाई तोकेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले पनि आफूअनुकूल भर्ना कार्यक्रम अघि बढाएका छन् । विद्यार्थीले संघर्ष समिति गठन गरेर यसअघि नै आन्दोलनको चेतावनी दिँदै आएका थिए । स्वदेशी लगानीबाट सञ्चालित कलेजहरूले कुल सिट संख्याको कम्तीमा १० प्रतिशत र स्वदेशी/विदेशी संयुक्त लगानीमा खुलेका शिक्षण संस्थाले कुल २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका रूपमा नेपाल…

मदिरा पछि भारतमा पान मसलामाथि प्रतिबन्ध

बिहार,१६ भदौ । बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री-वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन। बिहारको राजधानी पटनाको बोरिङ्ग रोड चौबाटोमा रमेश गुप्ताको पान र चुरोट बेच्ने पसल छ। त्यही सानो पसलको भरमा उनको गुजारा चल्ने गरेको छ। करिब ५५ वर्षीय रमेशले भने, ‘सरकारले निर्णय गरेपछि त मान्नै पर्ने भयो।’ भिन्न-भिन्न मत ‘पान मसालाहरूको सोखिन मानिसहरूको सङ्ख्या निकै धेरै छ। सरकारलाई यसबाट घाटा हुनेछ। यस्तो व्यवस्था पहिले पनि भएको थियो। तर लत बसेकाहरूले जसरी पनि त्यसको व्यवस्था गर्ने गर्छन्।’ शहरका विभिन्न क्षेत्रमा रहेका दोकानदारहरूले सरकारको निर्णयबारे त्यस्तै टिप्पणी गरिरहेका छन्। उनीहरूले सरकारको निर्णयलाई व्यवहारिक मानेका छैनन्। तर, इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा. हर्षवर्धनले सरकारको निर्णय स्वागतयोग्य रहेको…

मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने

काठमाडौ, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव पुत्र प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध  आन्दोलन गर्ने चेतावनी दिएका छन । चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने बताएका छन् । पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा अाफुहरुले अान्दोलन गर्ने चन्दले पत्रकार सम्मेलनमा बताए । विप्लव पुत्रले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि रिपोर्टर्स क्लबमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियोे भने प्रहरीले पत्रकार सम्मेलन हुनुपुर्व कार्यक्रममा को को सहभागी हुने भन्दै केरकार गरेको थियो । सम्मेलनमा पार्टी सम्बद्घ पत्रकार संगठन जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीको सहभागीता रहेको थियोे । पत्रकार सम्मेलन पछि जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ  "सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।" चिकित्सा शिक्षा संघर्ष अभियान ! नेपालको इतिहासमा ठूलाठूला संघर्ष र बलिदानका महत्त्वपूर्ण उपलब्धि स्वर्णिम अक्षरमा लेखिएका छ्न । विभिन्न स्वरुपहरु बदल्दै यो संघर्ष अहिले पनि जारी छ…

1 2 15

भर्खरैको पोष्ट

Sign up for Newsletter !