धरौटी नलिइ कोरोनाको उपचार गर्नु: स्वास्थ्य मन्त्रालय

हेल्दीखबर

काठमाडौं,१६ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार धरौटी नलिई गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। 
कोरोनाको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको बताउनुभयो । गौतमले सक्ने व्यक्ति स्वयंले उपचार गर्ने र नसक्ने समूहको सरकारले नै उपचार गर्ने सरकारको पुर्ववत निर्णय यथावत् रहेको बताउनुभयो । 

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !