आइतबार थपिए दुई हजार ८२४ जना कोरोना सङ्क्रमित, कुल संख्या एक लाख ७३ हजार ५६७

हेल्दीखबर

काठमाडौं,१६ कात्तिक । नेपालमा शनिबार कोरोना भाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको बताएको छ। हाल ३७ ह्जार ७६५  जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !