काठमाडौंका मेयर विद्यासुन्दर शाक्यकी छोरीद्वारा प्जाज्मा दान,७६ वर्षीया बृद्धाको उपचार हुँदै

हेल्दीखबर

काठमाडौं,१५ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले कोराना संक्रमित बिरामी बचाउनलाई प्लाज्मा दान गर्नुभएको छ। छोरी शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गर्नुभएको हो। उहाँले कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन प्लाज्मा दान गरेको बताउनुभयो।
कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकालाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले उहाँले प्जाज्मा दान गर्नुभएको हो।
पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गरारहेकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !