काठमाडौं उपत्यकामा एकैदिन थपिए १८८८ जना संक्रमित

हेल्दीखबर

काठमाडौं,१४ कात्तिक । शुक्रबार काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर तिन हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्। 

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !