थप १६ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ९२० पुग्यो

हेल्दीखबर

काठमाडौं,१४ कार्तिक ।  शुक्रबार नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। 

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !