देशभर थपिए तीन हजार ५१७ जना कोरोना संक्रमित

हेल्दीखबर

काठमाडौं, १४ कार्तिक ।  शुक्रवार देशभर तिन हजार ५१७ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ। 
मन्त्रालयका अनुसार देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ।
पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !