३१ हजार ८९८ जना सक्रिय संक्रमित घरमै

हेल्दीखबर

काठमाडौं,१३ कात्तिक । बिहीबार नेपालमा ३८ हजार ९५२ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ सय ९८ जना घरमै रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ८३, प्रदेश २ मा १ हजार १, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४१, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५७३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !