चर्चित सञ्चारकर्मी रवि लामिछाने र पत्नी निकितालाई कोरोना संक्रमण

हेल्दीखबर

कात्तिक,१३ काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र पत्नी निकिता पौडेलमा कोरोना भाइरस देखिएको छ ।
लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् आफू र आफ्नी पत्नीमा कोरोना देखिएको जानकारी दिनुभएको छ। गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको हो।
फेसबुकमा लामिछानेले लेख्नुभएको छ ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !