गम्भीर अवस्थाका ३६२ संक्रमितको आइसियु र भेन्टिलेटटरमा उपचार हुँदै

हेल्दीखबर

काठमाडौं,१२ कात्तिक । देशभर ३६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२ जना गम्भीर किसिमका संक्रमित भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी संख्या बागमती प्रदेशमा १७८ जना आइसियुमा उपचार भइरहेको छ । यस्तै ५७ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै प्रदेश १ मा ३१ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमामा उपचार भइरहेको छ । सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ४ जना आइसियु उपचाररत रहेका छन ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !