काठमाडौंमा एकैदिन थपिए ८४३ जना कोरोना संक्रमित

हेल्दीखबर

काठमाडौं,१२ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !